भर्खरै :

इटालीका बस्तीमा सुनिन्छन् आशाका गीत

इटालीका जनता आज ‘लकडाउन’मा छन् । झन्डै ६ करोड इटालीका जनता कोठाबाट निस्केका छैनन् । प्राणघातक कोभिड–१९ को सङ्क्रमण रोक्न इटाली सरकारले गरेको आह्वानलाई सम्मान गर्दै ती जनता घरमै बसेका हुन् । इटालीका जनतासँग यतिबेला कोठाभित्र बन्द रहनुको विकल्प पनि छैन । अनिश्चितकालसम्म चार पर्खालभित्र कैद भएर बस्नु कोही पनि व्यक्तिको लागि उदेकलाग्दो हुन्छ । तथापि कला–संस्कृतिको समृद्ध देश इटालीका जनताले भने ‘लकडाउन’को अवधिलाई हतास र निराशामा बिताउन तयार भएनन् । ‘लकडाउन’मा बसेका इटालीका जनता आ–आफ्नो फ्लायट्को बरन्दामा निस्केर ताली बजाउने, राष्ट्रिय गीत र देशभक्तिपूर्ण गीत गाउने, साङ्गीतिक प्रस्तुति गर्ने रचनात्मक काम गरिरहेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट संसार त्रसित बनेको आजको परिस्थितिमा पछिल्लो समय सबभन्दा बढी प्रभावित देशका जनताले यस्तो रचनात्मक काम गरेर समय व्यतीत गर्दा संसारभर सकारात्मक सन्देश प्रवाहित भएको छ । सङ्कटलाई निराश बनेर वा त्रसित भएर होइन, रचनात्मक र दृढ सङ्कल्पका साथ सामना गर्ने सन्देश इटालीले विश्वलाई दिएको छ ।

निःसन्देह कोभिड–१९ को प्राणघातक सङ्क्रमण संसारको चिन्ताको विषय बनेको छ । तर, सङ्कटको यो घडीलाई कुनै समूह वा देशप्रति घृणा फैलाउने, आरोप–प्रत्यरोप गरी घृणा र वैमनस्यता फैलाउनुभन्दा रचनात्मक गतिविधिमा सरिक भएर महामारीलाई पराजित गर्न सबै एकजुट हुनुपर्छ । कोभिड–१९ को महामारी सम्पूर्ण मानव जातिमाथिको हमला हो । तसर्थ पृथ्वीका सबै मानिस यसको प्रतिरोध गर्न आपसमा हातमा हात मिलाउनुको अर्को विकल्प छैन । एक–अर्काप्रतिको सहानुभूति र ऐक्यबद्धता नै सबैजना बाँच्ने बाटो हो ।

अरू बेला घरको बरन्दामा समेत निस्कने फुर्सद नपाएका मानिसले लकडाउनको समयमा आफ्नो छिमेकी चिन्ने अवसर पाएका छन् । उनीहरूसँग बरन्दाबाटै विभिन्न कुरा आपसमा साटिरहेका छन् । कोठामा बस्नुको नियास्रो मेटिरहेका छन् । इटालीका सहरहरूको वास्तुकलाले पनि यसमा मद्दत ग¥यो । बरन्दाबाट निस्कँदा पल्लो घरको बरन्दामा उभिएको छिमेकीसँग भलाकुसारी गर्न सकिने खालको सहरको वास्तुकलाले अहिले सङ्कटको समयमा टेवा पु¥याएको छ ।
कोभिड–१९ भाइरसलाई हालै पराजित गरेर तङ्ग्रिदै गरेको चिनियाँ समुदायमा पनि यस्ता रचनात्मक गतिविधि भएका समाचार क्रमशः प्रकाशमा ल्याइँदै छ । अस्पतालमा कोभिड–१९ बाट सङ्क्रमित बिरामी र चिकित्सक मिलेर नाचगान गर्ने, सामुदायमा व्यायाम सिकाउने, विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गर्नेजस्ता रचनात्मक काम गरेर चिनियाँ जनताले पनि ‘लकडाउन’को निरस समयलाई रचनात्मक बनाएका थिए ।
निःसन्देह कोभिड–१९ को प्राणघातक सङ्क्रमण संसारको चिन्ताको विषय बनेको छ । तर, सङ्कटको यो घडीलाई कुनै समूह वा देशप्रति घृणा फैलाउने, आरोप–प्रत्यरोप गरी घृणा र वैमनस्यता फैलाउनुभन्दा रचनात्मक गतिविधिमा सरिक भएर महामारीलाई पराजित गर्न सबै एकजुट हुनुपर्छ । कोभिड–१९ को महामारी सम्पूर्ण मानव जातिमाथिको हमला हो । तसर्थ पृथ्वीका सबै मानिस यसको प्रतिरोध गर्न आपसमा हातमा हात मिलाउनुको अर्को विकल्प छैन । एक–अर्काप्रतिको सहानुभूति र ऐक्यबद्धता नै सबैजना बाँच्ने बाटो हो ।
सङ्कटको यस्तो घडीमा इटालीका जनताको प्रफुल्ल सामाजिक भावनाले संसारका जनतामा कोभिड–१९ विरूद्ध लड्ने ठूलो ऊर्जा प्राप्त गरेको छ । संसार अँध्यारो छैन, आशा र उत्साहका स्रोत पनि अथाह भएको एउटा उदाहरण आज इटाली बनेको छ । सङ्कटको सामना आत्तिएर र डराएर होइन, एकजुट र ऐक्यबद्धताका साथ गर्नुपर्छ । विज्ञानले पुष्टि गरेका कुराको पालना गरौँ । महामारीसँग खेँलाची राज्य र नागरिक कसैले पनि नगरौँ । तर, समस्याको चौघेराबीच पनि उज्यालो भविष्यको खोजी गर्ने मार्गमा अघि बढ्न नछोडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *