भर्खरै :

पानीले रोकेन चुनाव प्रचार

मंगलबार बिहानैदेखि दर्केर वर्षा भएता पनि चुनावी प्रचार अभियानमा लागेका राजनीतिक दलका कार्यकर्ताहरुलाई भने केही असर पारेन । भक्तपुर नगरपालिकाको लागि नेपाल मजदुर किसान पार्टीका प्रमुख पदका उम्मेदवार सुनिल प्रजापति र उपप्रमुख उम्मेदवार रजनी जोशीले तीन वटा कार्यक्रम भ्याउनुभयो । भारी वर्षाबीच स्थानीय जनताको व्यापक सहभागिताबीच ती कार्यक्रम भएका थिए ।
त्यसै वडा वडामा पूर्वनिर्धारित घरदैलो कार्यक्रमलाई पानीले रोकेको थिएन । छाता ओडेर चुनाव प्रचारमा लागेका कार्यकर्ताहरुले घर घरमा पुगेर मतपत्रमा छाप लगाउन सिकाएका थिए । एमाले र राप्रपाका कार्यकर्ताहरुलाई पनि चुनावी गतिविधि गर्न पानीले रोकेको थिएन । उनीहरुले पनि झण्डा राख्ने र घरदैलो कार्यक्रम गरेका थिए ।
चुनावको दिन नजिकिंदै गएसँगै उम्मेदवार र राजनीतिक कार्यकर्ताहरुले आ–आफ्नो दलको प्रचारलाई तीब्रता दिएका हुन् । प्रचारको लागि निकै थोरै समय भएकाले उनीहरुको व्यस्तता बढेको उनीहरुको भनाई छ ।

त्यस्तै सूर्यबिनायक नगरपालिकामा पनि नेमकिपाले बालकोट क्षेत्रमा सो नगरपालिकाका प्रमुख पदका उम्मेदवार मनशोभा त्वाती र उपप्रमुख पदका उम्मेदवार महेन्द्र बखुन्छेको नेतृत्वमा  घरदैलो कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *