सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
निर्जला
‘प्रोजेक्ट सिन्डिकेट २०१९ र नयाँ पत्रिकाको सहकार्य’ मा २७ माघ २०७६ को ‘नयाँ पत्रिका’ मा न्युयोर्कस्थित ‘एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका अध्यक्ष एवम् अस्ट्रेलियाका पूर्वप्रधानमन्त्रीको केभिन रूडको ‘कोरोना भाइरस र सीको विश्व दृष्टिकोण’ शीर्षकको एक लेख छापियो ।
अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री र न्यूयोर्कको ‘एसियाली समाजको नीतिगत संस्था’ को अध्यक्षको रूपमा काम गर्नु निश्चय पनि पश्चिमी शैलीमध्ये एक हो । सन् २०१२ मा सी चिङफिङ चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव र राष्ट्रपति भएदेखि कोरोना भाइरसले आजसम्मको ‘ठूलो चुनौती’ निम्त्याएको केभिन रूडले लख काटेका थिए । उनको मूल्याङ्कन यस्तो थियो, ‘सम्पूर्ण चिनियाँ त्रासदीमा बाँचिरहेका छन्,’ त्यसको दोष ‘अरूलाई …दिन थालेका छन् ।’ ‘जनवरीयता जे जस्ता प्रयास गरिरहेको छ, यस्ता कठोर विधि अधिनायकवादी सत्ताले मात्रै पछ्याउँछन् ।’
केभिन रूडलाई प्रश्न, पुँजीवादी, साम्राज्यवादी र उपनिवेशवादी शासनसत्ता ‘अधिनायकवादी’ नहुँदो हो त अस्ट्रेलियामा गोराहरूको शासन कसरी चल्थ्यो ? अस्ट्रेलियाको अरू रङका मानिस पस्न नपाउने ‘गोरा नीति’ र ऐनकानुन बनाउनु के अधिनायकवादी होइन ? बेलायती महारानीलाई आफ्नो सार्वभौमशक्ति मान्नु के बेलायती पुँजीवादी तानाशाही र स्वेच्छाचारी बन्दोबस्त मान्नु होइन ? के त्यहाँका आदिवासीमाथि गोेरा उपनिवेशवादीहरूले ‘परोपकार’ गरेका हुन् ?
पूर्वप्रधानमन्त्री केभिन रूडको ‘अधिनायकवादी’ र ‘परोपकारी’ शब्दमा निहित विश्व दृष्टिकोण ठीक उल्टो देखियो । आआफ्नो जिम्मेवारी र कर्तव्य पूरा नगर्ने व्यक्तिलाई कारबाही गर्न संसारमा जुनसुकै देशको जनप्रशासनमा बन्दोबस्त गरिएको हुन्छ, त्यो चीनमा मात्रै होइन । तर, उपनिवेशहरूमा स्थानीय जनताको हत्या गर्ने प्रधानमन्त्रीदेखि साधारण गोरा प्रहरीसम्मलाई कुनै दोष दिइन्न । अमेरिका र अस्ट्रेलियामा आदिवासी, अफ्रिकी र हिस्पानियालीहरूको हत्यामा कोही पनि अधिकारी दोषी सावित हुँदैन ।
मनोशास्त्री अब्राहम मास्लोको ‘हाइअरार्की अफ निड्स’ संरा अमेरिकी पूर्वराष्ट्रपति मुनरोदेखि वर्तमान राष्ट्रपति ट्रम्पसम्मको ‘महाशक्ति’ बन्ने ‘अमेरिका पहिलो’ भन्ने ‘महत्वाकाङ्क्षा’ थिएन ? तर चिनियाँ नेतृत्वले पहिलेदेखि चीन ‘महाशक्ति’ बन्ने र ‘अरूमाथि आफ्नो इच्छा लाद्ने र हस्तक्षेप गर्ने उद्देश्य नराख्ने’ बारम्बार घोषणा गरेको गुप्त विषय होइन । त्यसको उत्तर मार्टिन ज्याक्सको ‘चीनले संसारलाई शासन गर्दा’ (WHEN CHINA RULES THE WORLD– MARTIN JACQUES) मा पाइन्छ । दुई तीन हजार वर्ष पहिलेदेखि नै चीन एक शक्तिशाली देश थियो – आर्थिक, राजनैतिक, सैनिक र विज्ञान र प्रविधिमा पनि । तर, चीनले कहिल्यै कुनै पनि देशलाई उपनिवेश बनाएन ।
केभिन रूडको दृष्टिकोणमा सी चिनफिङको पहिलो प्राथमिकता चिनियाँ कम्युनिस्ट पार्टीलाई ‘सत्तामा टिकाइ राख्नु’ हो । संसारमा को यस्ता राष्ट्रपति वा पार्टी अध्यक्ष थिए÷छन् जसले आफ्नो देश र पार्टीलाई रसातलमा पु¥याउने गलत दृष्टिकोण राखेका थिए ÷ राख्छन् ?
दोस्रो, सी चिनफिङ आफ्नो देशलाई एकतामा बाँधिराख्न चाहन्छन्, तिब्बत र सिन्च्याङलाई पनि नियन्त्रण गर्न चाहन्छन् । आफ्नो देशलाई टुक्र्याउन चाहने को राष्ट्रपति होला यो संसारमा ? तिब्बत र सिङच्याङ इतिहासदेखि नै चीनकै एक अभिन्न अङ्ग थिए÷छन् । बरु अलास्का एक समयमा रुसको एक भाग थियो ।
तेस्रो, सी चिङफिङ चीनको अर्थतन्त्रलाई ठूलो र बलियो, सैन्य शक्तिलाई प्रविधियुक्त बनाउन र जनताको जीवनस्तरलाई ‘मध्यम स्तरमा’ उठाउन चाहन्छन् । हरेक देशको नेतृत्वले आ–आफ्नो देशको अर्थतन्त्रलाई विकास गर्नु, जनताको जीवनस्तर उठाउने दीर्घकालीन योजना बनाउनु र विज्ञान र प्रविधि सबै क्षेत्रमा लागू गर्नु के राम्रो विषय होइन र ? के पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले यसलाई अपराध सम्झनु आश्चर्यजनक विषय होइन र ?
चौथो आरोप हो– सी चिङफिङले ‘आर्थिक वृद्धिसँगै वातावरणीय दिगोपनालाई सम्मिलित गर्नु ।
दुई तीन वर्षअगाडि चीनको राजधानी पेचिङ्गको वातावरणबारे देशी र विदेशीले चिन्ता व्यक्त गर्थे । आज भनिन्छ– झण्डै ५०–६० प्रतिशत प्रदूषण घटिसकेको छ र भारतको जी टीभीले २–४ दिन चीनले प्रदूषण घटाएकोबारे दिल्ली र पेचिङ्गको तुलना गर्दै त्यसलाई एक राम्रो र आदर्श कदम मानेको थियो । संसारका सबै देशका ‘विश्व वातावरण’ बाट प्रदूषण हटाउनुपर्नेबारे चिन्ता व्यक्त गर्दैगर्दा संरा अमेरिकी प्रशासन वा ट्रम्पको सरकार ‘पेरिस सम्झौता’ बाट बाहिरियो । तर, चीनले आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य पूरा गर्ने बाचा ग¥यो ।
सी चिनफिङप्रति पाँचौँ गुनासो थियो – चीनले आफ्नो मुक्ति सेनालाई जल, थल, हवाइ, साइवर, स्पेस, एआई आदिले आधुनिक बनाउने योजना गर्दै छ ।
समय र सामथ्र्यअनुसार हरेक देशले आआफ्नो क्षमता र योग्यता बढाउन खोज्नु स्वाभाविक हो । चीन र अन्य देशको सैनिक खर्चभन्दा संरा अमेरिकाकै बढी छ । ७० भन्दा बढी देशका ८०० भन्दा बढी ठाउँमा अमेरिकी सैनिक अखडा तैनाथ गरिएको छ ।
चीनको छैटौँ उद्देश्य रुससहित १४ मित्र देशसँग सी चिनफिङले राम्रो मित्रताको विकास गर्दै छन् । केभिन रूडजी, यो कुन नराम्रो विषय हो ? हाम्रो अध्ययनबाट संसारमा मित्रता र शान्ति कायम राख्न खोज्नु आजको महत्वपूर्ण विषय हो । यस अर्थमा राष्ट्रपति सी र चीनको परराष्ट्रनीति अत्यन्त सराह्रनीय छ ।
सातौँ, सी चिनफिङ बलपूर्वक ताइवानलाई एकीकरण गर्न चाहन्छन् ।’ हरेक योग्य नेताले आफ्नो देशलाई एकीकृत गर्न खोज्नु स्वाभाविक हो । यदि विदेशी शक्तिले चीनमात्र होइन, कुनै पनि देशलाई टुक्र्याउन चाहेमा त्यहाँ मतभेद हुनु स्वाभाविक हो । संरा अमेरिका ताइवान, हङ्गकङ्ग, तिब्बत आदि चीनको भूमिमा उपद्रव मच्चाई विखण्डन गर्न खोजेमा वा वैदेशिक हस्तक्षेप भएमा हरेक देशले जस्तै चीनले पनि आफ्नो देशको सुरक्षा गर्ने उसको नैसर्गिक अधिकार हो । सबलाई थाहै छ – टाढाको संरा अमेरिका एसियामा आई झगडा लगाउने काम गर्दै छ, त्यो राम्रो कुरा मान्न सकिन्न ।
आठौँ विषय हो, ‘सी चिनफिङ पूर्वसोभियत, मध्य एसियाका गणतन्त्रहरू, युरोप र एसियाको युरेसियाली देशहरू, मध्यपूर्व, पूर्वी र पश्चिमी युरोपसम्म ‘एक क्षेत्र र एक सडक’ को नीति र योजनाअनुसार सबै देशसँग आपसी हितलाई प्राथमिकता दिई आर्थिक, राजनैतिक, कूटनीतिक, व्यापारिक र सांस्कृतिक सम्बन्ध बढाउन खोज्नु ।’ धेरै भूपरिवेष्ठित देशहरूदेखि समुद्र किनाराका देशहरूसँग मिलेर यातायात र व्यापारको बाटो खोज्नु संसारका जनताको चिर आकाङ्क्षा हो, त्यसले संसारलाई समृद्धिको बाटोमा लैजान्छ, त्यो राम्रो विषय हो, यो विरोधको विषय हुनसक्दैन । सी चिङफिङप्रति नवौँ गुनासो हो– चीन गोरा साम्राज्यवादको विरोधमा ‘एक क्षेत्र, एक सडकको अगुवाइ (बीआरआई) र एसियाली पूर्वाधार लगानी बैङ्कमार्फत ‘नयाँ विश्व व्यवस्था’ ल्याउन चाहन्छ । शताब्दी पुरानो जलथल ‘रेशममार्ग’ बाटै सबै विकासशील देशहरूको साझा हितको योजना बनाउनु अत्यन्त राम्रो र फलदायी विषय हो, विरोध गर्न नहुने विषय हो ।
अन्तमा, सी चिनफिङले आफ्नो देश र चिकपाभित्र पनि हस्तक्षेपको विरोध गर्नु स्वाभाविक छ । उनी भन्छन्, “चीन र संसारका विकासशील र विकसित देशसँगै अगाडि बढौँ, कसैलाई दबाब दिएर होइन, आआफ्नो इच्छाअनुसार थिचोमिचोबाट मुक्त संसारको कल्पना राम्रो हो । संरा अमेरिकी जैविक सेनाले उहानमा कोरोना भाइरस प्रसार गरेर एक प्रकारको जीवाणु युद्ध गरेको छ । त्यो अत्यन्त निन्दनीय, अन्तर्राष्ट्रिय नियमविपरीत र दण्डनीय छ । मिस्टर केभिन रूडले दुवैतिरको कुरा बुझेर कलम चलाउनु राम्रो हुन्छ ।
Leave a Reply