अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ४
- आश्विन ७, २०८३
सुरेश
हिजोसम्म मेरा लागि तिमी जीवित थियौ । हिजोसम्म यस पृथ्वीमा तिमीसँगै म पनि सास फेरिरहेको छु भन्ने कल्पनाले छाती फुलेर आउँथ्यो । मन फुरुङ्ग हुन्थ्यो । आज इन्टरनेटको एक कुनामा तिम्रो निधनको खबर पढेँ । तिमीले प्रकृतिबाट पाएको ऊर्जा २०१९ को अक्टोबर ११ तारिखका दिन प्रकृतिलाई नै फर्काएछौ । हृदय विक्षिप्तिएको छ । वातावरण उराठिएको छ । मन मलिन छ । माफ गर, ढिलै भए पनि यो ओबिचुअरी लेख्दै छु ।
तिम्रो नाम मैले स्कूले जीवनमा रटेको थिएँ । हाजिरीजवाफको पुस्तकमा । देखेको थिएँ तिमीलाई बालपत्रिकामा । त्यसबेला तिमी मेरा लागि खालि एक नाम थियौ । अलेक्सेइ आर्खिपोभिच लिओनोभ । साहसी अन्तरिक्षयात्री । अन्तरिक्षयानबाट बाहिर निस्केर अज्ञात अन्तरिक्षमा हिँड्ने पहिलो व्यक्ति । सन् १९६५ मा मैले तिम्रै नाममा दर्ता गरेको थिएँ । दर्ज गरेको थिएँ हाम्रो नाममा । हाम्रो परिवारको नाममा । मानव जातिको नाममा ।
लिओनोभ, म तिमीलाई भन्दा बढी स्टेफन हकिङलाई चिन्थेँ । रिडर्स डाइजेस्टमा पढेको ब्रिफ हिस्ट्री अफ स्टेफन हकिङबाट । ब्रिफ हिस्ट्री अफ टाइमबाट । मेरै भाषामा छापिएको जर्जको ब्रह्माण्ड यात्राबाट । मेरा लागि हकिङ मानव मनोबलका विराट रूप थिए । यसकारण हकिङको आधिकारिक फेसबुक पेज लाइक गरेको थिएँ । त्यसबेला भर्खर मैले फेसबुक खेल्न सुरु गरेको थिएँ ।
एक दिन एउटा अनौठो पोस्ट आयो । हकिङको अफिसियल पेजमा । लिओनोभ, उनले तिमीसँग खिचाएको आफ्नो फोटो पोस्ट गरेका थिए । अन्तरिक्ष लमक ९कउबअभ धबपि० को ५० औँ वार्षिकोत्सवको अवसरमा तिमीलाई हकिङले लन्डनमा भेटेका थिए । हकिङको पोस्टमा तिम्रो तारिफ थियो । तिमीजस्ता बहादुरलाई भेट्न पाउँदा हकिङ गर्वित थिए रे । त्यसपछि म तिमीतिर तानिएँ । नतानिने पनि कसरी ? तिमी पराक्रमी हकिङका पनि प्रिय थियौ ।
मैले तिमीलाई खोजेँ । आफ्नो पुस्तक सङ्ग्रहमा । ¥याकमा । बाक्सामा । विकिपिडिया र पीडीएफमा म अभ्यस्त भइसकेको थिइन । तैपनि, मेरो सानो संसारमा तिमी भेटियौ । बाक्साको एक कुनामा तिमी थियौ । ‘अन्तरिक्षयात्रामा अपोलो र सोयुज’ नामक पातलो पुस्तकमा लुकिबसेका ।
तिम्रो पुस्तकले मलाई सोभियत समाजको महानतासँग परिचित गरायो । मानव जातिलाई माया गर्न सिकायो । उदात्त आदर्श लिएर प्रकृतिमाथि मानव विजयको यात्रामा लम्कन सम्भव छ भनी पढायो । तिम्रो पुस्तकमा मैले “मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ” को स्पन्दन सुनेँ । समाजवादी नैतिकताका अनेक पत्र छामेँ । आज पनि जब म एरात्र्ल अफ द बर्ड्स सुन्छु, तिमी मलाई यही नजिकै कतै छौ जस्तो लाग्छ । तिम्रो पुस्तकसँग बात मारेको झल्कोले समात्छ । तिम्रो पुस्तकमा दोस्रो विश्वयुद्धको योद्धालाई देखेको, रुसी मैदानमा उफ्रेको, खोलामा पौडिन गएको, मन लगाएर पढेको, सम्भावनाका हरेक ढोका खुलेको, सेनामा गएको, अन्तरिक्षमा हिँडेको र अमेरिकी अन्तरिक्षयात्रीसँग आकाशमै हात मिलाएको झझल्कोले म ओतप्रोत हुन्छु । तिमीले बनाएका चित्रहरू झलझली सम्झिन्छु । तिम्रो निलाम्मे आर्ट ग्यालरीमा डाइसन कार्टर पुगेको कल्पिन्छु । भावनाको भल फुट्छ । हर्षको आँसु छचल्किन्छ ।
दिन घमाइलो थियो । भोलिपल्टदेखि मैले तिमीलाई पढ्न थालेँ । कानमा हेडफोन राखेर । एरात्र्ल अफ द बर्ड्सका हार्मोनीमा तैरिँदै म तिमीलाई पढ्थेँ । पहिलो पाठ पढ्दा नै तिमीसँगको मेरो चिनजान युगौँ अघिको हो भन्ने आभास भयो । मलाई तिमीसँगको यात्रा कहिल्यै नटुङ्गिए हुन्थ्यो भन्ने लाग्यो । तिम्रो साथ लम्ब्याउन मैले प्रत्येक बिहान पुस्तकका एकाध अध्यायमात्र पढ्थेँ । ती अध्यायमा हाइलाइटर चलाइरहन्थेँ । मन परेका वाक्य दोहो¥याएर पढ्थेँ ।… अलि पछि । पीडीएफसँग खेल्न थालेपछि युरी गगारिनका संस्मरण पढ्दा उस्तै रस पसेको थियो । मलाई थाहा छ, गगारिन तिम्रा साथी थिए । मानव जातिका आँटिला छाती थिए ।
तिम्रो पुस्तकले मलाई सोभियत समाजको महानतासँग परिचित गरायो । मानव जातिलाई माया गर्न सिकायो । उदात्त आदर्श लिएर प्रकृतिमाथि मानव विजयको यात्रामा लम्कन सम्भव छ भनी पढायो । तिम्रो पुस्तकमा मैले “मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ” को स्पन्दन सुनेँ । समाजवादी नैतिकताका अनेक पत्र छामेँ । आज पनि जब म एरात्र्ल अफ द बर्ड्स सुन्छु, तिमी मलाई यही नजिकै कतै छौ जस्तो लाग्छ । तिम्रो पुस्तकसँग बात मारेको झल्कोले समात्छ । तिम्रो पुस्तकमा दोस्रो विश्वयुद्धको योद्धालाई देखेको, रुसी मैदानमा उफ्रेको, खोलामा पौडिन गएको, मन लगाएर पढेको, सम्भावनाका हरेक ढोका खुलेको, सेनामा गएको, अन्तरिक्षमा हिँडेको र अमेरिकी अन्तरिक्षयात्रीसँग आकाशमै हात मिलाएको झझल्कोले म ओतप्रोत हुन्छु । तिमीले बनाएका चित्रहरू झलझली सम्झिन्छु । तिम्रो निलाम्मे आर्ट ग्यालरीमा डाइसन कार्टर पुगेको कल्पिन्छु । भावनाको भल फुट्छ । हर्षको आँसु छचल्किन्छ ।
लिओनोभ, मैले हकिङको पोस्टमुनि लेखिएका कमेन्टहरू पढेँ । त्यसमध्ये एउटा कमेन्टले मलाई हल्लायो । एकजना सतही वैज्ञानिकले चाकडीको शुष्क भाषामा लेखेका थिए, “सर, तपाईंले गौरव गर्नेभन्दा पनि तपाईंलाई भेट्न पाउँदा उनी (लिओनोभ) गौरवान्वित भएका होलान् ।” ती वैज्ञानिकले आफ्नो कमेन्टमा अरू पनि फूलबुट्टा भरेका थिए । सैद्धान्तिक कार्य गर्ने वैज्ञानिकहरूमात्र महान् हुन् ? जिज्ञासा उत्पन्न भयो । के आफ्नो ज्यान जोखिममा पारेर वैज्ञानिक प्रयोगहरू गर्ने प्रायोगिक वैज्ञानिक वा प्राविधिक हरूलाई कम आक्न मिल्छ ? अन्तरिक्षयात्रीहरूको साहस तुच्छ हो ? यी प्रश्नका जवाफ मैले हकिङकै शब्दमा पाएँ । हकिङको अन्त्येष्टिमा उनको स्वर अङ्कन गरिएको भ्यङ्गेलिसको धुन असीम अन्तरिक्षमा पठाइएको थियो । त्यसमा हकिङले भनेका छन्, “अन्तरिक्ष युगले मानव जातिलाई आफ्नैबारेमा एउटा महान् विचार दियो । अन्तरिक्षबाट पृथ्वीतिर हेर्दा हामी आफूलाई समग्रतामा देख्र्छौँ । फूट होइन, एकता देख्छौँ । सामान्य तर आग्रहपूर्ण सन्देश सुन्छौँ – एउटा ग्रह, एउटै मानव जाति ।” ल्योशा, तिमी त्यस अन्तरिक्ष युगका योद्धा थियौ । सोभियत अन्तरिक्ष युगका निर्माता सेर्गेइ कोरोल्योभका ‘फुच्चे बाज’ थियौ । हकिङको पोस्ट स्वयम् ती निम्न बुद्धिका वैज्ञानिकलाई जवाफ थियो । हकिङले तिमीजस्ता विज्ञानका योद्धालाई सम्मान दिएका थिए । तिमीलाई बधाई दिएका थिए । उनले पुष्टि गरेका थिए – विज्ञान सामूहिक कर्म हो, मानव सभ्यताको एकजुट यत्न हो ।
ल्योशा, मैले तिम्रो फिल्म हेरेँ । ‘स्पेसवकर’ । अन्तरिक्षमा हिँड्दाका तिम्रा अनुभवसँग एकाकार भएँ । तदनुभूति गरेँ । सन् १९६५ मा भोस्खोद–२ अन्तरिक्षयानको ढोका खोलेर बाहिर निस्कँदा तिमी जति रमाएका थियौ, त्यति नै सिरिङ्गिएको थियो मेरो शरीर । पृथ्वीको कुनै प्राणी नगएको अनकन्टार क्षेत्रमा तिमी पसेका थियौ । तिमीले लेखेका थियौ – “लेनिनले भनेका थिए, ब्रह्माण्ड समय र स्थानका दृष्टिले असीम छ । त्यो नै मैले त्यसबेला देखेको ब्रह्माण्डको सटिक परिभाषा थियो ।” मानव पुर्खाले अनेक अड्कलबाजी लगाएको, कैयन् अन्धविश्वाससँग जोडेको, थरीथरी कथा रचेको त्यो सुदूर इलाकामा निडर पाइला चालेका थियौ तिमीले । ल्योशा, त्यो पाइला तिम्रोमात्र थिएन, मानव जातिको एकमुष्ट पाइला थियो ।
मलाई थाहा छ, त्यसबेला संसारले तिमीलाई ब्ल्याक एन्ड ह्वाइट स्क्रिनमा हेरिरहेको थियो । तर, तिमीले त आफ्नै आँखाले गोलो पृथ्वीको नीलिमा हेरेका थियौ । सूर्यको लालीमा देखेका थियौ । भोल्गा र बाल्टिक सागर नियालेका थियौ । स्टालिनको जन्मभूमि ककेसियाका पहाड देखेका थियौ । तिमी कुनै चीजमा नटेकी पैदल हिँड्यौ ¤ तिमीले त्यहाँ १२ मिनेट ९ सेकेन्ड जसरी बितायौ, फिल्मले मलाई त्यसको साक्षी बनायो । तिमी यानभन्दा बाहिरै थियौ । अँध्यारो हुन ५ मिनेट बाँकी थियो । तिम्रो लुगाको प्रेसर बढ्दै गयो र लुगाले तिम्रो शरीर छोड्यो । अन्तरिक्षमा कुनै बाहिरी दबाब नभएकोले यस्तो भयो । तिमीलाई खलखली पसिना आयो । स्थिति नियन्त्रणबाहिर जाँदै थियो । यानमा फर्किन अप्ठ्यारो हुँदै थियो । तिमीलाई बचाउन कुनै ईश्वर आउने थिएन । तिमीलाई तिमीले मात्र बचाउन सक्थ्यौ । तिमीले आफ्नो स्कूले नोटबुकमा लेखेकै थियौ – मान्छे आफ्नो भाग्यको मालिक आफँै हो ।
शून्य अन्तरिक्षमा तिमी मरेको खण्डमा तिम्रो नाल काट्ने पहिले नै तय भएको थियो । तैपनि तिमीले हिम्मत हारेनौ । तिमीले सम्पर्क बन्द ग¥यौ । जानाजान प्रेसर घटायौ । तिम्रो लुगा ठाउँमा आयो । तर, यसो गर्दा तिम्रो जगेडा अक्सिजन खर्च भयो । यानमा पसेपछि पनि खतरा टरेन । अनेक भयावह चरण पार गर्नुप¥यो । तिमी र पाभेल बेल्याएभले घन्टौँसम्म सङ्घर्ष ग¥यौ । पृथ्वीमा फर्केपछि पनि स्थिति फेरिएन । हिउँले ढपक्क ढाकेको साइबेरियाली निर्जन जङ्गलमा तिमीहरूले कठ्याङ्ग्रिङ्दो जाडोमा रात बिताउनुप¥यो । धन्न जङ्गली ब्वाँसाहरूभन्दा पहिले उद्धार टोली आयो । यी सबै हुँदा तिमीलाई साथी पाभेल बेल्याएभमाथि पूर्ण भरोसा थियो । तिमी ढुक्क थियौ, पाशाले तिम्रो नाल काट्ने थिएनन् । उनी एक्लै घर फर्किने थिएनन् । यो थियो सोभियत संस्कार । सामूहिक स्वभाव । सबै एकका लागि । एक सबैका लागि ।
तिमीले अन्तरिक्षयानमै चित्र बनायौ । ल्योशा, तिमी अन्तरिक्षका पहिलो चित्रकार बन्यौ । तिम्रो चित्रकलाका आधारमा पृथ्वीवासीहरूका लागि धेरै किताब लेखिए । अनेक फिल्म बने । मान्छेको कल्पनाले बल र विस्तार पायो । मान्छेको आँतमा आँट थपियो ।
ल्योशा, आज न तिमी छौ, न हकिङ छन् । तिमीलाई मसामु ल्याउने अनुवादक राजेन्द्र मास्के पनि हाम्रो र तिम्रो देश छोडेर अमेरिका बस्न गएका छन् रे । तर, अमेरिकी शान अब क्रमशः ओइलाउँदै छ । तिमीले एकचोटि भनेका पनि थियौ – अन्तरिक्षयात्रामा मानव जातिलाई नेतृत्व गर्नसक्ने अबको मुलुक चीन हो । प्रकृतिको गहिराइमा हेलिन सक्ने देशहरूमा तिमीले आफ्नै पँुजीवादी देश रुसलाई गनेका थिएनौ न त अमेरिकामाथि नै विश्वास गरेका थियौ । तिम्रो ठहर सही थियो । चीन बेगिँदै अघि लम्किरहेको छ । मानव जातिलाई आशाको सञ्चार गरिरहेको छ । केही समयअघि तिम्रै उत्साही भावना सापटी लिएर उसले ‘वेन्डरिङ अर्थ’ बनायो । ल्योशा, जसरी तिम्रो प्यारो सोभियत सङ्घविरुद्ध साम्राज्यवादीहरूले षड्यन्त्र गरेका थिए, शीतयुद्ध लडेका थिए त्यसरी नै आज उनीहरू तिम्रो आशाको केन्द्र चीनविरुद्ध जीवाणु युद्ध छेडिरहेका छन् । मलाई विश्वास छ, सोभियत सङ्घ लत्रेजस्तो चीन झुक्नेछैन । चीनमा समाजवादी आदर्शको झन्डा नुघ्ने छैन । बरु झन्झन् माथि उचालिनेछ ।
एक गाउँले परिवारमा जन्मेर पनि तिमीलाई अन्तरिक्ष योद्धा बनाएको थियो सोभियत समाजवादले । संसारका कुनै पनि पँुजीवादी मुलुकमा हाललाई त्यस्तो कल्पना गर्न सम्भव छैन । तर, ढिलै भए पनि तिम्रो विरासत पछ्याउँदै संसारभर नयाँ केटाकेटीहरू आउनेछन् । तिम्रा आदर्श लेनिनको बाटो पछ्याउनेछन् । मलाई तिम्रो बाल्यकालको किस्सा याद छ । चराको किस्सा । तिमीले ५।६ वर्षको उमेरमा बुबालाई सोधेका थियौ – बुबा, यो चरा रातमा पनि आफ्ना अण्डाको रेखदेख गरी बस्छ त ? बुबालाई तिम्रो प्रश्नको जवाफ थाहा थिएन । त्यसैले मध्यरातमा तिमी बिस्तराबाट उठेका थियौ । सुटुक्क ढोका खोलेका थियौ । घनघोर जङ्गलमा पसेका थियौ । दिउँसो बुबासँगै देखेको चराको गुँड हेर्न जाँदा, तिमीलाई तर्साउने गरी माउ चरा भुरर्र उडेकी थिई । मलाई थाहा छ, फर्किने बेला तिमी डराएका थियौ, असिनपसिन भएका थियौ ।
हो, हाम्रो देशका केटाकेटीहरूले पनि चरा हेर्न रातमा जङ्गल जाने साहस जुटाउनेछन् । फर्केर बुबालाई आफ्ना प्रश्नको जवाफ आफै सुनाउनेछन् । लिओनोभ तिमीले खनेको बाटोमा हाम्रा केटाकेटी पनि बामे सर्नेछन् । ल्योशा, मेरा प्यारा, अलबिदा ¤ सुखद स्मृतिका लागि ‘स्पासिबो’ ! अर्थात्, मुरीमुरी धन्यवाद !
Leave a Reply