भर्खरै :

संरा अमेरिका, कोभिड–१९ र आर्थिक विकास

 निर्जला
५०–६० वर्षको अनुभवले चीन, भारत, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूजस्ता ‘विकासशील देशको विकासः मौलिक मोडेल अपरिहार्यता’ भएको अनुभव गर्दै छन् । (नयाँ पत्रिका २७ फागुन २०७६) । तर, ‘अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्वबैङ्कको ताजा आर्थिक प्रक्षेपणले चीन, भारत, अफ्रिका र ल्याटिन अमेरिकाभर दीर्घकालीन मन्दी बहाल रहने औँल्याएका छन् ।’
पश्चिमी सरकार, पश्चिमी अर्थशास्त्रीहरू र विश्वबैङ्क एवम् अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्णय र निर्देशनबाट ६० वर्षसम्म संसार चल्दा आर्थिक असमानता झन्–झन् बढ्दै गएको प्रस्ट छ । यसकारण विकासशील मुलुकले आ–आफ्नै शैलीले आ–आफ्नो देशको विकासको उपाय अवलम्बन गरी प्रगति हासिल गर्दै छन् । तर, ‘कोरोना भाइरस’ वा ‘कोभिड–१९’(COVID-19) को कारण विकासशील देशमात्रै होइन† इटाली, फ्रान्स, जर्मनी, क्यानडा र जापानजस्ता देशहरू पनि सचेत भए । त्यसबाट विश्वको हवाई सेवा र पर्यटन उद्योग, व्यापार र औद्योगिक उत्पादनमा समेत ठूलो नकारात्मक प्रभाव पारेको छ ।
यसको निम्ति संरा अमेरिकी ‘जैविक सेना’ ले सन् २०१९ अन्ततिर उहान नगरमा गरेको गतिविधितिर सङ्केत गरिदैँ छ र चीनको परराष्ट्र प्रवक्ताले ‘कोभिड–१९’ कुन राज्यको कुन–कुन अस्पतालमा देखिएको भन्ने सबै विवरण माग गरेकोबारे सारा संसार आश्चर्यमा परे ।
पुँजीवादी बन्दोबस्तमा ‘पूर्ण’ वा ‘आदर्श प्रतिस्पर्धा’ हुन सक्दैन । ‘व्यापार युद्ध’ मा राजनैतिक र सैन्य सञ्चालनसमेत हुने यथार्थ कसैबाट लुकेको छैन । यसकारण सन् २०२१ सम्ममा चीनले अर्थतन्त्रमा संरा अमेरिकालाई उछिन्ने सम्भावना तथ्य–तथ्याङ्कले सावित गरेको अमेरिकी नवरत्न (थिङ्कट्याङ्क) वालस्ट्रीटले स्वीकार गरेकै विषय हो । यसकारण २ वर्ष अगाडि नै संरा अमेरिकी राजनैतिक पक्ष त्यस परिणामलाई ‘असम्भव’ र ‘कहिल्यै नहुने’ भन्दै विज्ञान, प्रविधि, व्यापार, कुटनैतिक क्षेत्र एवम् अघोषित र गुप्तरूपले ‘किटाणु सैन्य’ परिचालन गरेको खुलासा हुँदै छ ।
१९६० को दशकतिर संरा अमेरिकाले यू–२ (U–2) विमानद्वारा सोभियत सङ्घको सैन्य र उद्योग क्षेत्रको जासुुसी गर्दै गर्दा सोभियत सङ्घले आफ्नो हवाई क्षेत्र उलङ्घन गरेको आरोप लगाएको थियो । संरा अमेरिकाले त्यसलाई पुरै अस्वीकार ग¥यो । सोभियत सङ्घले यू–२ विमान समातेको समाचार दिँदा संरा अमेरिकाले मौसमको खराबीको कारण विमान रुस पुगेको सम्भावना भएको प्रसारण ग¥यो ।
विमानका पाइलट पावर पक्राउ परेको र उसले बिहान सबेरै टर्कीबाट उडेको र दिइएको नक्साअनुसार सोभियत सङ्घको हवाई सीमा उलङ्घन गर्दै रुस प्रवेश गरेको वयान समाचारमा आएपछि अमेरिका मौन बसेको थियो । पङ्खा नभएको यू–२ विमान विदेशी भूमिमा संरा अमेरिकाले पहिलो पटक प्रयोग गरेको थियो ।

पुँजीवादी बन्दोबस्तमा ‘पूर्ण’ वा ‘आदर्श प्रतिस्पर्धा’ हुन सक्दैन । ‘व्यापार युद्ध’ मा राजनैतिक र सैन्य सञ्चालनसमेत हुने यथार्थ कसैबाट लुकेको छैन । यसकारण सन् २०२१ सम्ममा चीनले अर्थतन्त्रमा संरा अमेरिकालाई उछिन्ने सम्भावना तथ्य–तथ्याङ्कले सावित गरेको अमेरिकी नवरत्न (थिङ्कट्याङ्क) वालस्ट्रीटले स्वीकार गरेकै विषय हो । यसकारण २ वर्ष अगाडि नै संरा अमेरिकी राजनैतिक पक्ष त्यस परिणामलाई ‘असम्भव’ र ‘कहिल्यै नहुने’ भन्दै विज्ञान, प्रविधि, व्यापार, कुटनैतिक क्षेत्र एवम् अघोषित र गुप्तरूपले ‘किटाणु सैन्य’ परिचालन गरेको खुलासा हुँदै छ ।

त्यस्तै किटाणु युद्ध संरा अमेरिकाले पहिलो पटक कोरिया युद्ध (१९५०–१९५३) मा प्रयोग गरेको थियो र त्यसबारे स्वतन्त्र अन्तर्राष्ट्रिय अदालतमा कुरा उठेको थियो । त्यस प्रगतिशील जनस्तरको अन्तर्राष्ट्रिय अदालतको प्रमुख एक क्युवाली पूर्व न्यायाधीश थिइन् ।
अर्थतन्त्र, व्यापार, कुटनीति र राजनैतिक प्रभावमा संरा अमेरिका पछि पर्दै गएको हुँदा आफ्नो सैन्य शक्तिमार्फत संरा अमेरिका अन्तर्राष्ट्रियरूपले ‘किटाणु’ युद्धमा गुप्तरूपले प्रवेश ग¥यो । संरा अमेरिकाको यो एक अन्तर्राष्ट्रिय अपराध र अनैतिक कार्य हो । अमेरिकाजस्तो शक्तिशाली राज्यले यस्तो अन्तर्राष्ट्रिय अपराध गर्नु लज्जास्पद विषय हो ।
अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा प्रश्न उठ्दै छ, “के अहिलेका विकासशील मुलुक अरूबाट प्रताडित नहुने क्षमता राख्छन् ?” के त्यहाँका नीति–निर्मातासँग आर्थिक विकासका नयाँ सोच संश्लेषण गर्ने र आफ्नो वस्तुस्थिति अनुकूलतालाई र अरूलाई तिरस्कार गर्ने बौद्धिक एवम् संज्ञानात्मक साधन छन् ?’ ‘उनीहरूसँग विकासका चुनौतिसँग जुध्ने निजी एवम् नविन सोच छन् ?’
यस्ता गम्भीर प्रश्नहरू भारत सरकारका पूर्वप्रमुख आर्थिक सल्लाहकार अरविन्द सुब्रामनियम हार्बर्ड विश्वविद्यालयको ‘जोन एफ केनेडी स्कूल अफ् गभर्मेन्ट’ का भिजिटिङ प्रोफेसर र जोन फेल म्यान ‘जे एच कन्सल्टिङ’ का निर्देशक हुन् ।
तिनीहरूको भनाइमा ‘विकासशील मुलुकको असमानताको रूप विकसित मुलुकमाभन्दा निकै भिन्न हुन्छ, त्यसैले उनीहरूलाई समाधान पनि विकसित मुलुकको भन्दा भिन्न खालकै चाहिन्छ ।’
‘के चाहिँ स्पष्ट छ भने अब उदियमान मुलुकका विकासे चुनौती एवम् आर्थिक बृद्धिका समाधानहरू, पश्चिमी विकसित मुलुक र संस्थाबाट निःसृत होइनन्, स्वदेशी नै हुनेछन् ।’ (नयाँ पत्रिका– २७ फागुन २०७६)
२०१९ को अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता अभिजित बनर्जी र इस्थर डुफ्लोको तर्क छ – आर्थिक बृद्धि वास्तवमा नीति परिवर्तनबाट प्रभावित हुन्न ।
छलफलमा ‘विकासशील मुलुकको राज्य र बजार हुँदै कमजोर हुन्छ । यही नै अविकसित मुलुकको परिभाषा हो ।’
तर, सन् १९८० र ९० को दशकको अनुभवले समेत उनीहरूको आर्थिक बृद्धिको आङ्काक्षा असम्भव कोरा कल्पना होइन भन्ने नै देखाउँछन् । वास्तवमा उपयुक्त नीति सुधारबाट आर्थिक बृद्धि हुन सक्छ ।
‘माटो अनुसारको अर्को विधि खोज्नु अहिले चीनका नीति निर्माताको आवश्यकता हो ।
छलफलमा गान्धीजीको भनाइ उल्लेख छ – म मेरो घरलाई चारैतर्फ पर्खाल लगाएर बन्द गरियोस् भन्ने चाहन्न । म चाहन्छु सबै ठाउँमा संस्कृति सकेसम्म निर्वाध मेरो घरमा प्रवेश गरुन् तर मेरा खुट्टा कसैलाई कुल्चन दिन भने म अस्वीकार गर्छु ।’
तर भाजपाको मोदी सरकारबारे टिप्पणी छ – ‘… स्वाभिमान भारत एवम् मेड इन इन्डियाजस्ता स्वदेशी सुरक्षा पर्खालभित्र बन्द हुन खोज्दै गरेको देखिन्छ ।
तर ‘स्वतन्त्र बजार’ नै पुँजीवादी व्यवस्थाको मूल मन्त्र सम्झनेलाई हालै क्याक्व्रिज विश्वविद्यालयका सार्वजनिक नीतिका प्राध्यापक डायने कोपल ‘विश्व’ अर्थतन्त्रबारे ‘स्वतन्त्र बजार’ एक त्रृटिपूर्ण अवधारण’ शीर्षकमा प्रस्ट गर्छिन् – खुला बजार केबल भ्रम मात्रै हो, मानिसले आफ्नो कार्यले अरुलाई के असर परेको छ भनेर पहिचान नगर्ने हो भने बजारको निर्धारण अब शक्ति र लालचले नै गर्दै जाने छ ।
उनको निष्कर्ष छ – “चालीस वर्षको दौरानमा आर्थिक समस्याहरू समाधानका लागि ‘बजारलाई छाडिदिनु पर्छ’ भन्ने अवधारणाले समाज र वातावरण दुवैमा अकथनीय क्षति पु¥याएको छ । त्यसैले, सन् २०२० यो अवधारणालाई विश्राम दिने दशक बन्नुपर्छ ।” (नयाँ पत्रिका – २७ फागुन २०७६)
संरा अमेरिकालाई संसारका सबै क्षेत्रको निर्णायक मान्नेलाई थोमस फिलिपोनको पछिल्लो पुस्तक ‘द ग्रेट रिभर्सल’ को एक टिप्पणी ‘नयाँ पत्रिका’ मा उल्लेख छ – “अमेरिकी अर्थ व्यवस्थाको बढ्दो अशक्तताको अध्ययन गर्दैगर्दा म यस देशको आर्थिक अनुसन्धान र आर्थिक नीति बीचको खाडल देखेर ताजुब भएँ ।”
संरा अमेरिका नाफाको निम्ति लडाइँ र लडाइँको निम्ति नाफा चाहन्छ । पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्ध साम्राज्यवादी देशको निम्ति नाफा र नैतिकता एउटै सिकाका दुई पाटा भए । बेलायती साम्राज्यवादले नाफाकै निम्ति भारत र पाकिस्तान बनायो र एसियामा ‘फुट गर र प्रभाव कायम गर’ भन्ने सिद्धान्तअनुसार संरा अमेरिका र बेलायती साम्राज्यवाद मिलेर भारत र चीनलाई सीमा भिडन्तमा पु¥याउन अमेरिकी केन्द्रीय गुप्तचर विभागले भारतीय सुरक्षाको प्रमुखलाई हातमा लिएको थियो । यस घटनाबाट सिक्न नसके साम्राज्यवादीको हातमाथि पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *