भर्खरै :

चर्चित बन्ने भोकले निम्त्याएको अपराध

आरोही श्रेष्ठ
कोरोना भाइरसबारे भ्रामक सन्देश फैलाउने एक व्यक्तिलाई प्रहरीले शनिबार पक्राउ ग¥यो । प्रहरीले भक्तपुरको सिपाडोलमा बस्दै आएका रामेछापका विवेक थापा मगरलाई पक्राउ गरेको हो । झूटा प्रचार गरेको अभियोगमा साइबर ब्यूरोले नियन्त्रणमा लिएको बताइएको छ । शनिबार बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा कोरोनाका बिरामी भेटिएको भन्दै भ्रामक अडियो सन्देश सामाजिक सञ्जालमा भाइरल भएको थियो । अस्पतालले उपचारत कुनै पनि व्यक्तिमा कोरोनाको सङ्क्रमण नभएको स्पष्ट पारेको थियो ।
प्रहरीसँगको बयानमा विवेक थापामगरले कसैलाई हानी नोक्सानी पु¥याउने मनसायले नभई आफू चर्चामा आउनका लागिमात्र गरेको बताएको खबर आएको छ । थापामगरले चर्चामा आउनकै लागि झोर्ले न्युज डट कम चलाउँदै आएको समेत बताए । थापामगरको एक मात्र उद्देश्य चर्चामा आउनु देखिन्छ । चर्चामा आउने र चर्चित बन्ने भोकले मानिसलाई कतिसम्म पतन गराउँछ र अपराध गर्न लगाउँछ भन्ने कुराको एउटा उदाहरण यो घटना पनि बनेको छ ।
अर्की एक महिलाको स्वरमा राति १२ बजेपछि कोरोनाविरुद्ध हेलिकप्टरले औषधि छर्कने भन्ने भ्वाइस मेसेज पनि फेक भएको सेनाले जनाइसकेको छ । कतिपयले पत्याएर त्यसैलाई टेक्सटबोर्ड बनाएर प्रचार गर्न थालिसकेका छन् । यस्तो मानवीय विपद्को बेलामा पनि यसरी कृत्रिम चर्चामा आउने मान्छेको आकाङ्क्षा बढ्नुमा ती व्यक्ति स्वयम्को मात्र नभई सही गलत नसोची चर्चामा आउनेलाई हाइ हाइ गर्ने समाज पनि दोषी छ । थोरै चर्चामा आइसकेका नेताहरूको मात्र प्रचार गर्ने सञ्चारमाध्यम, जस्तै चर्तिकलाको माध्यमले चर्चामा अभिनेता, अभिनेत्रीलाई मात्र काम दिने निर्माता–निर्देशकहरू, चर्चामा आइसकेको वक्तालाई मात्र बोलाउने कार्यक्रमका आयोजकहरूलगायत समाज नै पनि दोषी छ । समाजमा विद्यमान गलत सोच र व्यवहारका कारण जसरी भए पनि चर्चामा आउने वा चर्चित बन्ने भोक मानिसमा जगाइदिएको छ र त्यसका निम्ति जस्तै हठकण्डा अपनाउन पनि हिच्किचाउका छैनन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *