भर्खरै :

शिष्ट र सभ्य व्यवहार आवश्यक

राजेश जोशी, भक्तपुर
भक्तपुर–काठमाडौँ चल्ने एउटा मिनिबसमा यात्रुलाई ‘ड्रात्र साहेब’ भनी शिष्ट व्यवहार गर्न सूचना टाँसिएको छ । तर, थुप्रै बस–मिनिबसका ड्रात्र र खलासीको व्यवहार अशिष्ट, असभ्य, अभद्र र अव्यवहारिक छ भने यात्रुले कसरी शिष्ट र सभ्य व्यवहार गर्नसक्छ ?
यात्रु चढाउने बेलामा खलासीले भित्र जाऊ भनी घचेट्छ, साँघुरो ठाउँमा हावा पनि नछिर्ने गरी दोहोरो लाइन राख्छ । बीचमा ओर्लने यात्रु छिटो आएन भनेर त्यहीँ खलासी झर्किन्छ । के यो मानिसको गुण हो ?
यात्रु चढ्न पाएको हुँदैन, चढेर कतै समातेर राम्ररी उठ्न पाएको हुँदैन ड्रात्रले गाडी हुइँक्याउँछ । अनि चलाखले, अग्लो मानिसले कुनै डण्डी समाउन भ्याउँछ र बल्ल लड्नबाट जोगिन्छ । तर, वृद्धवृद्धा, नानी बोकेका महिला–पुरुष, केटाकेटी भने कि लड्छ कि कतै ठोकिन्न पुग्छ । के यो मानिसको विवेक र व्यवहार हो ?
ड्रात्र र खलासीका यस्तो अविवेकी र निकृष्ट व्यवहार नभोग्ने यात्रु विरलै होलान् । कतिले सभ्य, शिष्ट र विवेकपूर्ण व्यवहार गर्न अनुरोध गरे, सम्झाए तर ड्रात्र र खलासीले विवेक पु¥याएको देखेनन् । के गाडी धनी बस–मिनिबस समिति, ट्राफिक प्रहरीले तिनीहरूलाई सम्झाइबुझाइ गर्नुपर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *