भर्खरै :

घर घरमा साबुन वितरण

भक्तपुर
लक डाउनबीच भक्तपुरका जनप्रतिनिधि र स्वास्थ्य स्वयम्सेवकहरूले स–साना समूह बनाएर नगरका विभिन्न क्षेत्रमा सरसफाई गरेका छन् । उनीहरूले नगरबासीका घर घर गएर साबुन र कोरोना भाइरसको प्रतिरोधमा अपनाउनुपर्ने सावधानीसम्बन्धी जानकारी उल्लेखित पर्चा पनि वितरण गरे ।
जनप्रतिनिधिहरूले वडाबासीलाई अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै व्यक्तिगत र वरपरको सरसफाईमा ध्यान दिन आग्रह गरेका थिए ।
स्वयम् सेवक टोलीले माइकिङ गर्दै जनतालाई कोरोनाको महामारीबाट सावधान रहन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *