भर्खरै :

सतर्कता नअपनाएकोले नेपाल पनि सङ्क्रमित

 – गौरव प्रधान
कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने पहिलो उपाय बाहिरी मुलुकबाट नेपाल फर्केका कुनै नेपाली र विदेशीहरूको स्वास्थ्य परीक्षण नै हो । सङ्क्रमित मुलुकबाट नेपाल छिरेका कुनै पनि नागरिकको स्वास्थ्य परीक्षण नगरी घर या कुनै बस्तीमा छिराउनु हुँदैन । यसलाई सरकारले पहिले नै निगरानी राख्नुपर्ने हो या आवश्यक कदम चाल्नुपर्ने हो । चैत ४ गते कतार हुँदै फ्रान्सबाट नेपाल फर्केकी १९ वर्षीया एक युवतीको स्वास्थ्य परीक्षणमा कोरोना सङ्क्रमित भएपछिको घटनाले विदेशबाट नेपाल छिरेका नेपाली या विदेशीहरूलाई स्वास्थ्य परीक्षण नगरी नहुने स्थिति देखिएको छ । त्यसतर्फ सरकारले समयमै सतर्कता नअपनाएको हुँदा नेपाल कोरोना भाइरस सङ्क्रमणको जोखिममा परेको हो ।
नेपाल–भारत खुला सीमा भएको र विदेशबाट नेपाल पसेका सबै नेपाली र विदेशीहरूलाई चीनको उहानमा कोरोना भाइरसको सङ्क्रमण फैलेसँगै नेपाली हवाई मैदान र नेपाल–भारत सीमा नाकामा स्वास्थ्य परीक्षण गर्नुपथ्र्यो । त्यसतर्फ सरकारले बेलैमा ध्यान नपु¥याएको हुँदा यो भाइरसको सङ्क्रमण बढ्ने चिन्ता बढेको हो । नेपालीलाई रुघाखोकी लागेर या ज्वरो आएर कोरोना भाइरसले छुने होइन, छोएको छैन । नेपाल–भारत सीमामा भइरहेको आवतजावतमा विचार नपु¥याउँदा कोरोना भाइरस नेपाल छिरेको हो । हवाई मार्ग होस् या स्थलमार्ग जहाँसुकैबाट आएका सबैको स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
सरकारले स्वास्थ्य परीक्षणको दायरा बढाउनुपर्छ । शङ्का लाग्नेबित्तिकै स्वास्थ्य परीक्षण गर्नुपर्छ । त्यसो गरिएन भने कोरोना भाइरस नेपालमा भयावहको स्थिति आउँदैन भन्न सकिँदैन । सरकारले ढिलो गरी सोमबारदेखि एक सातासम्म नेपाल भारत–चीन सीमा नाका बन्द गर्ने निर्णय ग¥यो । सरकारले सीमा नाका बन्द नगर्दै भारतबाट पसिरहेका नेपालीहरूको लागि के गर्ने, कहाँ राख्ने भन्नेबारे स्थानीय प्रशासन र सरकार अन्योलमा परे । भारतमा कोरोना सङ्क्रमणको सङ्ख्या बढेसँगै भारतमा बसिरहेका नेपालीहरू धमाधम नेपाल फर्किरहेका छन् । सरकारले बेलैमा निर्णय गर्न नसक्दा नेपालको सीमासम्म आइसकेका नेपालीहरू अन्योलमा परे । सरकारले अत्यावश्यक सेवाबाहेकका सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गर्नुअघि नै सीमा नाका र उडानबाट नेपाल पसेका व्यक्तिहरूको स्वास्थ्य परीक्षणमा ध्यान पु¥याउनुपर्ने हो । हालसम्म नेपालमा दुई जना सङ्क्रमित भएका छन् तर दुवैजना विदेश पसेका नेपाली हुन् । चैत १० गतेदेखि लामो दूरीका यातायातका साधनमा रोक लगाउनु सरकारको सकारात्मक पक्ष हो । नेपालमा कोरोना भाइरस छिरे पनि नछिरे पनि परीक्षणको दायरा बढाउने र छिर्नसक्ने सम्भावनालाई मध्यनजर गरेर प्रत्येक प्रदेश र जिल्ला जिल्लामा आवश्यक सबै पूर्वाधार तयार गरिराख्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *