सिन्ह्वा समाचारअनुसार चीनको उहानमा पाँचौँ दिन पनि कोभिड–१९ सङ्क्रमित शून्य नै भयो । यो चिनियाँ जनता अनुशासित हुनुको परिणाम हो । चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले सबै जनतालाई घरमा बस्ने, बिहान र बेलुका ज्वरो नापेर मोबाइल एप्समार्फत सरकारलाई सूचित गर्ने, यसको अनुगमन चिनियाँ जनमुक्ति सेनामार्फत हुने व्यवस्था मिलाएको थियो ।
पश्चिमा समाचार माध्यमहरूले सुरूमा यो भाइरस चिनियाँलाई मात्र लाग्ने प्रचार गरे । ओल्र्डोमिटरअनुसार सोमबार दिउँसोसम्म १९२ देश र भूभागमा यो रोग सङ्क्रमण भइसकेको छ । चीनले ४५ दिनमा यो भाइरसको नियन्त्रणमा सफलता प्राप्त ग¥यो ।
जानकारहरू इटालीले लापरबाही गरेको बताउँछन् । युरोप र अमेरिका चिकित्सा क्षेत्रमा आफूलाई अब्बल ठान्छन् । तर, यो रोगबाट इटालीमा सङ्क्रमित ५९,१३८ र मृत्युको सङ्ख्या ५,४७६ पुग्यो । अमेरिकामा सङ्क्रमित ३५,०७० र मृत्यु ४५८ पुग्यो । जबकि चीनमा सङ्क्रमित ८१,०९३ र मृत्यु ३,२७० मात्र पुग्यो ।
सोमबार नेपालमा एउटा थप सङ्क्रमित देखियो । नेपाल–भारत खुला सीमाको कारण यो रोगको त्राससँगै आवत–जावत बढेको हुँदा दुवै देशमा सङ्क्रमित बढ्ने अनुमान गरिँदै छ । नेपाल र भारतले इटालीले जस्तै लापरबाही गर्नुहुँदैन ।
विज्ञहरूले यो रोग गर्मी मौसममा मात्र कम हुने र अर्को तीन महिनासम्म लम्बिने बताएका छन् । सम्पूर्ण नेपालीले अचानक १०२ डिग्री सेल्सियस ज्वरो आएमा, श्वास फेर्न गा¥हो भई मुटुमुनि र फोक्सोमाथि दुखेमा, सुक्खा रूघाखोकीसँगै ख्याक–ख्याक भएमा कोभिड–१९ हुनसक्ने भएकोले समयमा उपचारमा जानुपर्ने हुन्छ । नेपाली जनताले पनि चिनियाँ जनताजस्तै अनुशासित भएर घरभित्र बस्ने र हुलमुलमा नजाने प्रण गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *