भर्खरै :

भारतमा आज मध्यरातदेखि २१ दिन लक डाउन


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मध्यरातदेखि पूरा भारतमा लक डाउन घोषणा गर्नुभएको छ । तीन साताको लागि भारतमा लक डाउन घोषणा गरिएको हो । सामाजिक सञ्जालमार्फत् मोदीले मंगलबार दिनुभएको सम्बोधन मार्फत् यस्तो घोषणा गर्नुभएको हो । उहाँले भारतीय जनतालाई २१ दिन घर बाहिर नआउन आग्रह गर्नुभएको थियो । २१ दिन कटाउन सके भविष्य उत्तम हुने नभए धरासयी हुने उहाँको भनाई थियो । मोदीले निकै भावुक र अपिलिङ भाषण गर्नुभएको थियो । उहाँले भारतीय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीले संक्रमणको जोखिम उठाएर गरिरहेके त्यागलाई स्मरण गर्दै यी केही दिन घर बस्न अनुरोध गर्नुभयो ।
मोदीले महामारीविरुद्ध लड्न १५ हजार करोड भारु विनियोजन गरेको घोषणा गर्नुभयो । सो रकम स्वास्थ्य पूर्वाधार र स्वास्थ्यकर्मीहरूको तालिममा खर्च गरिने घोषणा गर्नुभयो । उहाँले यो समयमा सबै राज्य सरकारको प्रमुख ध्यान स्वास्थ्य नै हुने बताउनुभयो ।
मोदीले अफवाहको पछि नलाग्न र चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन नगर्न जनतासमक्ष अपिल गर्नुभयो ।
“एक्काइस दिनको लक डाउन लामो समय हो । तर यो तपाईको लागि तपाईको परिवारको लागि हो । हामीसँग यही एउटा मात्र विकल्प छ”, मोदीले भन्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *