भर्खरै :

८३ देशमा चिनियाँ सहयोग

काठमाडौ
चीन सरकारले नोबेल कोरोना भाइरसको प्रतिरोधमा संसारभर लडिरहेका ८३ वटा देश र अन्तर्राष्ट्रिय संगठनलाई आपतकालीन सहयोग गरेको चिनियाँ उपविदेशमन्त्री लो चाओ हुईले बताउनुभएको छ ।
कोभिड–१९ विरुद्ध लडिरहेका अन्तर्राष्ट्रिय समुदायसँग चीनको सहकार्यबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार भेटघाटमा मन्त्री लोले यस्तो जानकारी दिनुभएको हो ।
“चीनले सहायता र अनुभव प्रदान गरेर बाँकी विश्वसँग नजिकबाट सहकार्य गरिरहेको छ”, नेशनल हेल्थ कमिशनका उपनिर्देशक चेङ यिसिनले भन्नुभयो ।
उहाँले कोभिड–१९ को विषयमा चीनसँग भएका जानकारी दिनुका साथै अन्तर्राष्ट्रिय विज्ञहरूसँग प्राविधिक सहयोग पनि गरिरहेको चेङले भन्नुभयो । चीनले विभिन्न देशमा भइरहेका प्रतिरोधमा सहयोग गर्न विज्ञहरू परिचालन गरेको उहाँले बताउनुभयो ।
पत्रकार भेटघाटमा चिनियाँ अधिकारीहरूले हालसम्म एक देशका अधिकारीसँग चीनले झन्डै बीस वटा भिडियो कन्फरेन्स गरिसकेको जानकारी दिनुभयो । चीनले एकातिर आफ्नै घरमा पनि कोरोना संक्रमणको विरोधमा लडिरहेको छ भने अर्कोतिर एकसय भन्दा बढी देशलाई आफूले सकेको सहयोग पु¥याइरहेको छ ।
चीनले हालसम्म महामारीबाट सबभन्दा बढी प्रभावित इटालीमा तीन टोली, इरान, इराक, सर्विया र कम्बोडियामा चिकित्सकीय टोली र सहायता सामग्री पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *