अनुराधा थापामगर

महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट विश्वका दुईसत्न्दा बढी मुलुक जोखिममा छन् । यो महामारी फैलने क्रम बढ्दो छ । बिहीबार बिहानसम्ममा ४ लाख ७१ हजार ३११ जना कोभिड भाइरसबाट सङ्क्रमित भएको तथ्याड्ढ विश्व स्वास्थ्य स·ठनले प्रकाशित ग¥यो । यस भाइरसबाट मर्नेका सङ्ख्या पनि दिन दुईगुना रात चौगुनाले बढ्दो छ । मर्नेको सङ्ख्या २१ हजार ३०६ पुगिसकेको छ । सङ्क्रमितमध्ये १ लाख १४ हजार ६४२ जना उपचारपछि घर फर्किएका र ३ लाख ३५ हजार ३७१ व्यक्ति उपचाररत छन् । यस भाइरसको सङ्क्रमणबाट यतिबेला इटली र स्पेन निकै भयावह अवस्थामा छन् । संरा अमेरिकामा पनि तीव्ररूपमा सङ्क्रमण र मृत्यु सङ्ख्या बढिरहेको छ ।
यस अवधिमा इटलीमा मात्र ७ हजार ५०३ जनाको मृत्यु भइसकेको र ७४ हजार ३८६ जना सङ्क्रमित रहेको तथ्याड्ढ छ भने स्पेनमा ३ हजार ६७४ को मृत्यु भएको र ४९ हजार ५१५ जना सङ्क्रमित छन् । इरानमा पनि २ हजार १७ जनाको मृत्यु भइसकेको छ भने २७ हजार ७७ जना सङ्क्रमित छन् । इरानमा भाइरसबाट सङ्क्रमित र मृत्यु सङ्ख्या बढ्दै गइरहे पनि उसले साम्राज्यवादी अमेरिकाको सहयोग अस्वीकार गरेको समाचार छ । अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दी लगाइरहेको छ । यस्तो सड्ढटको घडीमा त्यो प्रतिबन्ध फिर्ता लिनुपर्ने हो तर साम्राज्यवादी अमेरिका आफ्नो मालिक्याइँ प्रदर्शन गर्दै सहयोग लिन दबाब दिँदै छ । गत जनवरीमा आफ्ना कमान्डर सुलेमानीको अमेरिकाद्वारा हत्या भएपछि इरानका सर्वोच्च नेता खामेनीले अमेरिकी सहयोगलाई अस्वीकार गर्नु अन्यथा होइन ।
यता अमेरिकामै १ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार ३६७ सङ्क्रमित रहेको तथ्याड्ढ छ । फ्रान्समा एक हजार ३३१ जनाको मृत्यु भएको र २५ हजार २३३ सङ्क्रमित रहेको तथ्याड्ढ छ । यीलगायत अन्य देशमा यो भाइरसबाट सङ्क्रमित र मर्नेको सङ्ख्या बढिरहेको छ । दक्षिण एसियामा कोभिड–१९ को सङ्क्रमणबाट २७ जनाको ज्यान गइरहेको छ, जसमा भारतमा १२, पाकिस्तानमा ८, ब·लादेशमा ५ र अफगानिस्तानमा २ जना रहेका छन् ।
तर, कोरोना भाइरस सुरू भएको भनिएको चीनमा सङ्क्रमितको सङ्ख्या एक हप्तादेखि करिब शून्यमा पुगेको तथ्याड्ढ प्रकाशित छ । यस भाइरसको सङ्क्रमणबाट चीनमा ३ हजार २८७ जनाको मृत्यु भएको र ८१ हजार २८५ जना सङ्क्रमित रहेको तथ्याड्ढ छ । बिहीबारसम्ममा ७८ हजार ५१ व्यक्ति उपचारपछि घर फर्किएका छन् । अहिले चिनियाँ अस्पतालहरूमा खाली शैय्या देखिन्छन् भने कतिपय अस्थायी अस्पताल बन्द गरिएका छन् । चीन सरकारले उहानमा लक डाउन हटाउने तयारी गरिरहेको समाचार छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चीनले उहान सहरलाई बन्दाबन्दी (लक डाउन) ग¥यो र त्यस वरपरका अन्य सहरमा बस्ने करिब ५ करोड मानिसलाई अनिवार्य क्वारेन्टिनमा राख्यो । यसो गर्दा सङ्क्रमित व्यक्ति देशका अन्य भागमा जान पाएनन् ।

कोरोना भाइरसबाट लगभग तङ्ग्रिसकेको समाजवादी देश चीनले विश्वका अन्य पीडित देशमा सहयोगी पाइला अगाडि बढाइसकेको छ । आफै सड्ढटमा रहेको बेला पनि कोभिड–१९ बाट अति प्रभावित मुलुक इटली, स्पेन, फ्रान्सलगायत देशमा सहयोगका लागि चिकित्सक टोली र स्वास्थ्यसामग्री पठाएको छ । बढी सङ्क्रमित र जोखिममा रहेको मुलुक इटलीमा त चीनले बुधबार तेस्रो टोली नै पठाएको छ । १४ स्वास्थ्यविज्ञसहितको टोली पूर्वी चीनको पुजिन प्रान्तबाट इटली पुगेको सञ्चारमाध्यममा आएको छ । कोरोना भाइरस सङ्क्रमित तर मुत्यु नभएका कम्बोडिया, नेपाललगायत देशमा पनि चीनले मेडिकल सामान र चिकित्सकको विज्ञ टोली पठाएको छ ।
कोरोना भाइरसविरूद्धको निकै कठिन र कष्टप्रद युद्धमा चीनको साहसिक विजयले आज संसारलाई एउटा उत्साह प्रदान गरिरहेको छ । आफ्नो देशलाई कोरोनाबाट बचाउन मार्गप्रशस्त गरिरहेको छ । यद्यपि, नेपाललगायत ती देशले चीनबाट कति शिक्षा लिए अनि कति व्यवहारमा उतारे भन्ने महत्वपूर्ण विषय हो । चीनले कोरोनाविरूद्धको युद्ध जित्नुमा वा कम समयमै आफू तङ्ग्रिएर अरू देशलाई सहयोगी हात बढाउनुमा त्यहाँको राजनीतिक व्यवस्था प्रमुख कारक रहेको भन्नेमा अब सायदै कसैमा दुईमत होला । साँचो कम्युनिस्ट पार्टीको सरकार भएकैले वा समाजवादी व्यवस्थाका कारण यो सम्भव भएको हो ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चीनले उहान सहरलाई बन्दाबन्दी (लक डाउन) ग¥यो र त्यस वरपरका अन्य सहरमा बस्ने करिब ५ करोड मानिसलाई अनिवार्य क्वारेन्टिनमा राख्यो । यसो गर्दा सङ्क्रमित व्यक्ति देशका अन्य भागमा जान पाएनन् । चीनका अन्य क्षेत्रमा पनि मानिस स्वेच्छाले क्वारेन्टिनमा बसे, उनीहरूलाई टोल–छिमेकका राजनीतिक नेतृत्वले निगरानीसमेत गरे । उहानमा कोरोना सङ्क्रमितलाई उपचारको लागि एक हप्तामै चीन सरकारले दुईवटा अस्पताल बनाई भ्याइएको थियो । चीनभरिका स्वास्थ्यकर्मीलाई उहान पठाएको थियो । कोरोना पुष्टि भएका मानिसको सम्पर्कमा आउने सबै व्यक्ति पत्ता लगाउन अभूतपूर्व प्रयास गरियो । उहानमा मात्र पाँच वा बढी मानिसका १८ सत्न्दा बढी समूहले दसौँ हजार मानिसलाई पत्ता लगाएको थियो । सामाजिक दुरी अपनाउन कडाइ गरियो । एक अर्थमा सरकारले आवश्यक सम्पूर्ण तयारी ग¥यो भने जनताले पनि पूर्णरूपमा सरकारको निर्णय वा निर्देशन माने वा तिनीहरू अनुशासित भए । चीनले कोरोना नियन्त्रणका लागि प्रविधिको पनि भरपुर प्रयोग गरेको थियो । व्यापक प्रयोगमा आउने मोबाइलका एपहरू अलिपो र वीच्याटलाई पनि यसमा प्रयोग गरियो । मानिसको आवागमन हिसाब राख्न ती एपहरूको सहयोग लिइयो । सङ्क्रमित प्रमाणितलाई अन्त जान नदिन पनि एपबाट सहयोग भयो । मोबाइल फोनहरूमै रङका कोडहरू दिएर कुन मान्छेको स्वास्थ्य स्थिति के छ भन्ने थाहा पाउने बनाई हरियो रङ हुनेलाई मात्र हिँड्न दिइएको प्रचारमा आयो । कोरोना सङ्क्रमणको नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू उत्पादन गरियो, प्रविधि वा अनलाइनबाटै विद्यालयदेखि विश्वविद्यालयको शिक्षा प्रदान गरियो । यस्ता अनेक उपाय अवलम्बनपछि चीन अहिले झनै बलियो भएर उभिएको छ ।
चीनका उपायहरूलाई अन्य देशले शिक्षाको रूपमा नलिइँदा वा व्यावहारिक प्रयोग नगर्दा वा गर्न नसक्दा यो भाइरसको सङ्क्रमणले विकराल रूप लिइरहेको बुझ्न कठिन छैन ।
करिब ६ करोड जनसङ्ख्या भएको इटलीमा सुरूमा सरकारले तयारी गरेन, पछि सरकारलाई जनताले टेरेनन् वा अनुशासनमा बसेनन् । अनि स्थिति भयावह भएपछि त सरकारलाई जनताले गुहार्दा पनि हेर्न सकेन । इटलीका एक चर्चित नायक लुका फ्रेन्जीले आफ्नी बहिनीको भाइरस सङ्क्रमणबाट निधन भएपछि सरकार र स्थानीय निकायलाई गुहार्दा पनि कोही नआएपछि दुई दिनदेखि लास घरमै राखेको भन्दै रूँदै मोबाइलमा भिडियो बनाएको अहिले सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ । उनको पछाडि बहिनीको मृत शरिर देखिन्छ । बहिनीलाई बचाउन आफ्नो मुखबाट श्वास दिएको कारण आफूलाई पनि सङ्क्रमण हुनसक्ने भनी सेल्फ क्वारेन्टिनमा बसेको र परीक्षणको लागि सम्बन्धित निकायलाई बोलाउँदा समेत कोही नआएको बताएका छन् । ७० वर्ष माथिका सङ्क्रमितलाई घरमै राखी मृत्यु कुर भनी सरकारले भनेको अवस्था इटलीको रहेको बताइन्छ ।

करिब ६ करोड जनसङ्ख्या भएको इटलीमा सुरूमा सरकारले तयारी गरेन, पछि सरकारलाई जनताले टेरेनन् वा अनुशासनमा बसेनन् । अनि स्थिति भयावह भएपछि त सरकारलाई जनताले गुहार्दा पनि हेर्न सकेन ।

हाम्रो देशका प्रधानमन्त्री ओली भन्दै छन्, “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँँ पनि घरमै बस्नुस् ।” प्रधानमन्त्रीज्यू घरमै बसेर सरकार चलाउन खोज्दा वा देश चलेको कल्पना गर्दा इटलीको हालत भोग्नुपर्ला । देश लक डाउनको अर्थ सरकार पनि लक डाउन हुनु पक्कै होइन होला । यो समयमा पनि दुईतिहाइको सरकार गफमात्रै गर्न तम्तयार छ । आवश्यक तयारी पूरा नभएको सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देखिन्छ ।
सडकमा खट्ने प्रहरी, ट्राफिक प्रहरीसँग एउटा गतिलो मास्क र पञ्जा छैन न त स्यानिटाइजर नै छ । अस्पतालहरूमा आवश्यक उपकरण छैन न त स्वास्थ्यकर्मीसँग पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) नै छ । निजी अस्पतालले कोही सङ्क्रमणको शड्ढामा जचाउन आए बेड खाली छैन– सरकारीमा जाऊ भन्दै टाढैबाट फर्काइरहेको अवस्था छ । कम्तीमा कोरोना सङ्क्रमणको जोखिम रहँदासम्म सम्पूर्ण निजी अस्पताल र क्लिनिक सबै सरकारले आफ्नो जिम्मा लिनुपर्ने आवश्यकता छ ।
भारतसँगको खुला सीमाबाट कति नेपाली, कति विदेशी नेपाल पसिरहेका छन्, ती कतिलाई कोरोना सङ्क्रमण होला, त्यसको अभिलेख राख्ने काम भएको छैन । बुधबारमात्र धनगढीको त्रिवेणीघाटबाट २४ जना नेपाली लुकिछिपी भित्रँदै गर्दा प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टिनमा राखेको समाचार आयो । विदेशबाट आएका कति नेपाली ढुक्कैले आफन्त भेटघाटमा लागेको, तास खेल्दै हिँडेको जस्ता समाचारले नेपालीलाई त्रसित बनाएको छ । विदेशबाट आएका, ल्याइएकालाई क्वारेन्टिनमा बस्नु है भनी छोडेको सरकारले बसे–बसेनन् अनुगमन गरेको छैन । चीनमा अध्ययन गर्न गएका विद्यार्थीलाई चीन सरकारले हामी सुरक्षितसाथ राख्छौँ, आत्तिनुपर्दैन भन्दा भन्दै जबरजस्ती ल्याएका ओली सरकारले भारत सरकारलाई नेपालीको सुरक्षा गर, आवश्यक सहयोग गर्छु भन्न सकेन । भारत सरकारकै दबाबमा खुला सीमा नियमित गर्नसकेन ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार चीनमा सङ्क्रमण सुरू भएदेखि १ लाख जनामा सङ्क्रमण सर्न ६७ दिन लागेको थियो । त्यसैगरी १ लाखबाट २ लाखमा पुग्न ११ दिनमात्र लाग्यो र २ लाखबाट ३ लाख पुग्न मात्र ४ दिन लाग्यो । कति तीव्रगतिमा यो भाइरस फैलिएको छ भन्ने प्रस्तुत तथ्याड्ढले पनि बुझ्न सकिन्छ । यसकारण नेपालीले सतर्कता अपनाउनैपर्छ, सुरक्षित बस्नैपर्छ ।
अझै पनि, नेपाल सरकारलाई मौका छ, समय छ, इटलीलाई हेर, सुन, बुझ, अनि चीनबाट सिक सरकार ¤