आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौैं, १३ चैत । बुधबार मार्च पच्चीस तारिखमा भएको जी ७ विदेशमन्त्री सम्मेलन कोभिड–१९ लाई उहान भाइरस भन्नु ठीक हो होइन भन्ने विषयमा विवाद हुँदा संयुक्त विज्ञप्ति नै जारी नगरिकन सकिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोभिड १९ लाई उहान भाइरस भनेकोले अमेरिका र युरोपबीच मतभेद उत्पन्न भएको छ ।
सम्मेलनमा मूलतः कोभिड – १९ भाइरसको विश्वव्यापी फैलावट र प्रतिरोधको विषयमा छलफल भएको थियो । जी – ७ मुलुकका विदेशमन्त्रीले सहयोग गरी भाइरस फैलिन रोक्ने कुरामा सहमति गरेका छन् ।
कोभिड–१९ भाइरसलाई पूर्वाग्रहवस उहान भाइरस भन्नुपर्ने पोम्पेओको भनाइप्रति भने अमेरिकी पूर्वराजनीतिज्ञ र विद्वानले समेत कडा आलोचना गरेका छन् ।
पूर्व अमेरिकी राष्ट्रपतिको राष्ट्रिय सुरक्षा मामिला सहायक सुसन राइसले भन्नुभयोः यस्तो भनाइ विभेदपूर्ण रहेको छ । यो सरकार जिम्मेवार छैन ।
पूर्व नेटोको लागि अमेरिकी राजदूत ते डाल्डरले भन्नुभयो, “पहिले विश्वव्यापी सड्ढटमा, अमेरिकाले अरू मुलुकलाई नेतृत्व गरी संयुक्तरूपमा कारबाही चालेर समस्याको समाधान गरेको थियो । अहिले कोभिड १९ को फैलावटसमक्ष हामीले जातिवादको दोषारोपणमा सहयोगी खोज्दै छौं ।
अमेरिका ब्रुकिङस प्रतिष्ठानका उच्च स्तरीय अध्ययनकर्ता भाली नास्रले भन्नुभयो, “पोम्पेओको भनाइ अर्थहीन छ । चीनको व्यवहारले मानिसको मनलाई जित्दैछ ।
यसैबीच बिहीबार कोभिड–१९ को विश्वव्यापी प्रतिरोधको विषयमा छलफल गर्न जी–२० देशहरूको पहिलो भिडियो सम्मेलन हुने भएको छ । बैठकको समन्वय साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल साउदले गर्नुहुने भएको छ ।
सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ पनि सहभागी बन्नुहुनेछ । कोभिड–१९ को सङ्क्रमण थालनी भएयता सी सहभागी बन्नुभएको त्यो पहिलो बहुराष्ट्रिय कार्यक्रम हुनेछ । बैठकले महामारीविरुद्ध विश्वव्यापी प्रतिरोधको समन्वय र त्यसको मानवीय तथा आर्थिक क्षति न्यून गर्ने विषयमा महत्वपूर्ण प्रस्ताव पारित गरिने बताइएको छ ।
Leave a Reply