भर्खरै :

महामारी नियन्त्रण गर्न असफल नवउदारवाद

ह्वाङ तिकाई
पछिल्ला दिनमा कोभिड–१९ का संक्रमित र भाइरसको कारण मर्नेको संख्या दिन दुई गुणा रात चौगुणाको दरले बढिरहेको छ । विशेषतः संरा अमेरिका र युरोपेली देशमा यसरी संक्रमण तीब्रतर गतिमा फैलिरहेको छ । संरा अमेरिका र युरोपेली देशहरूले सधैं वकालत गर्दै आएको नवउदारवादसँग यो विश्वव्यापी महामारीको कुनै उपचार छैन । संक्रमित र मर्नेको संख्या बढेसँगै र शेयर बजार एवं तेलको मूल्य ओरालो लागेसँगै आर्थिक संकट र विश्वव्यापी मन्दी नजिकिरहेको देखिन्छ । सन् २०२० को लागि प्रमुख लगानी बैंकहरूले आफनो आर्थिक पूर्वानुमान घटाएका छन् । धेरैले यो वर्ष गम्भीर खालको आर्थिक मन्दी आउने अनुमान गरिएको छ ।
नवउदारवादले बजारमा खुला प्रतिस्पर्धाको वकालत गर्छ र सरकारी हस्तक्षेपको विरोध गर्छ । बितेका बीस वर्षदेखि पश्चिमा देशहरूले नवउदारवादी नीति अबलम्बन गर्दैआएको छ । अहिले त्यो व्यवस्था गम्भीर संकटमा परेको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी हरेक देशको लागि एउटा जनस्वास्थ्य संकट मात्र होइन । यो विश्व जनस्वास्थ्य प्रशासन प्रणालीको लागि ठूलो चुनौती हो । कुनै पनि देश आज एक्लै बाँच्न सक्दैन । हामीले विश्वव्यापी संकटका नकारात्मक प्रभावबाट विश्वको शासन व्यवस्थामा सक्रियतापूर्वक परिवर्तन गरेर मात्र जोगिन सक्छौं ।
जब चीनले कोभिड–१९ विरुद्ध लडाईको घोषणा ग¥यो, संरा अमेरिका र युरोपेली देशहरूका केही मानिसहरूले चीनका प्रयास र उपलब्धिमाथि हमला गर्ने वा कम आंकलन गर्ने काम गरे । नवउदारवादको झन्डा हल्लाउँदै ती मानिसहरूले महामारीको प्रतिरोधमा आफूले चालेका कदममा कमी कमजोरीको ख्याल नै गरेनन् । फलतः कोभिड–१९ भाइरसको संक्रमण विश्वव्यापी बन्न सम्भव भयो । संरा अमेरिका र युरोप कोभिड–१९ को जञ्जालमा फसेसँगै उनीहरूले दोषको भारी सबै चीनमाथि थोपर्न खोज्यो र भाइरसको नाम नै ‘चिनियाँ भाइरस’ राख्न खोजे । तर, उनीहरू यो काममा विफल भए ।

नवउदारवादले बजारमा खुला प्रतिस्पर्धाको वकालत गर्छ र सरकारी हस्तक्षेपको विरोध गर्छ । बितेका बीस वर्षदेखि पश्चिमा देशहरूले नवउदारवादी नीति अबलम्बन गर्दैआएको छ । अहिले त्यो व्यवस्था गम्भीर संकटमा परेको छ ।

नवउदारवादले व्यक्तिवादलाई प्राथमिकता दिन्छ । त्यसकारण यो व्यवस्थामा सामूहिक भावना सधैं कमजोर बन्छ । जनवरीमा चार जना संरा अमेरिकी सिनेटरहरूले बजार उत्कर्षमा पुगेको बेला आफ्नो शेयर विक्री गरे । कोभिड–१९ ले संरा अमेरिकी अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे पूर्वानुमान गरेर नै उनीहरूले त्यसो गरेका थिए ।
युरोपले पनि प्रजातन्त्र र स्वतन्त्रतालाई जोड दिने गरेको छ । तथापि कोभिड–१९ को महामारी फैलिए पछि धेरै युरोपेलीहरूले सरकारले जारी गरेको आपतकालीन सूचनाको पालना गरेनन् । युरोपेली सरकारले क्वारेन्टिन र सामाजिक पृथकीकरणको घोषणा गर्दा जनताले विभिन्न बहानामा सडकमा निस्किरहे । विभिन्न उत्सव र भेलामा सहभागी बनिरहे । त्यसले युरोपमा महामारीले अझ भयावह रुपमा लिएको छ । विश्वव्यापी कोभिड–१९ संकटको कारण नवउदारवादले अभूतपूर्व आन्तरिक विभाजन चर्किरहेको छ ।
चीनले सामुहिकताको सिद्धान्तमा चल्ने देश हो । उसले व्यक्तिलाई पनि सामूहिकतालाई जोड दिने गरेको छ । महामारीविरुद्ध लड्न जनताको हित गर्ने विषयमा चीनमा कुनै विवाद भएन । उसले सबै आर्थिक र सामाजिक गतिविधिमा पूर्णतः रोक लगायो । चीनमा व्यक्तिगत स्वार्थभन्दा सामूहिक स्वार्थ सधैं सर्वपरि रह्यो । चीनमा वसन्त पर्वको समयमा कोभिड–१९ भाइरसको संक्रमण फैलियो । तथापि उहान सहरमा त्यही लक डाउन घोषणा गर्न चीनलाई कति पनि संकोच भएन । उहानमा लक डाउनले भाइरसको संक्रमणमा नियन्त्रणमात्र भएन । बरु संसारलाई सजग पनि बनायो ।
चीन सरकारको आह्वानलाई चिनियाँ जनताले साथ दियो । घरभित्रै बसेर उनीहरूले देशलाई ठूलो सहयोग गरे ।
चीनले दिएको पूर्वसूचनालाई युरोप र संरा अमेरिकाले भने बेवास्ता ग¥यो । अवस्था भयावह बन्नुअघि आएका अनेकन अवसरलाई उनीहरूले खेर पठाए । यो नै नवउदारवादको असफलता हो ।
विश्व व्यवस्थाको सन्दर्भमा नवउदारवाद म्याद नाघेको सिद्धान्त भइसकेको छ । कोभिड–१९ को संक्रमणको मुखमा नवउदारवादले विश्व महामारीलाई अझ खराब बनाउन भूमिका खेल्यो । चीनमाथि दोषारोपण गर्नुको सट्टा उनीहरूले सहकार्यको हात अघि बढाउनु जरुरी थियो । भाइरसलाई कुनै सिमानाले रोक्न सक्दैन । यो महामारी सिङ्गो मानव जातिको साझा शत्रु हो । यो अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य बलियो बनाउने समय हो । कोभिड–१९ को साझा प्रतिरोध गरौं र अन्ततः लडाई जितौं ।
लेखक सिचुआन प्रहरी कलेजका विज्ञ हुनुुहुन्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *