भर्खरै :

के नाकाबन्दी नै संरा अमेरिकी मानवतावादी सहायता हो ?

शी ताएन
संरा अमेरिकाले इरानमाथिको एकपक्षीय नाकाबन्दी हटाउने यो उपयुक्त समय हो । कोभिड–१९ को महामारीले सबभन्दा आक्रान्त देशमध्ये एउटा देश इरान पनि हो । त्यहाँ हालसम्म कोभिड–१९ को संक्रमणको कारण दुई हजारभन्दा बढी मानिसको निधन भइसकेको छ । तर, यस्तो गम्भीर परिस्थितिमा समेत संरा अमेरिकाले भने इरानमाथिको नाकाबन्दी अझ पेचिलो बनाएको छ । यसो गर्नु नितान्त मानवताविरोधी भावना हो । यसले इरानको अवस्थालाई अझ भयावह बनाउनेछ ।
इरानमाथि संरा अमेरिकाले वर्षौं देखि दबाब दिइरहेको छ । विशेषतः सन् २०१८ को मे महिनामा इरान आणविक सम्झौताबाट संरा अमेरिकाले हात झिके पछि यस्तो दबाब अझ पेचिलो बनेको छ । इरानको तेल उद्योग छिन्नभिन्न बनाउन इरानमाथि संरा अमेरिकाले थुप्रै नयाँ नाकाबन्दी थोपरेको छ । इरानलाई भद्रगोल अवस्थामा पु¥याउनुका साथै अन्तर्राष्ट्रिय समुदायबाट इरानलाई एक्लो बनाएको छ । फलतः इरानका लाखौं लाख जनतालाई दुःखको सागरमा धकेलेको छ ।
इरानमा कोभिड–१९ भाइरसको संक्रमण अझ फैलिरहेको थियो । यस्तो अवस्थामा संरा अमेरिकाले इरान र इरानी जनतालाई सहयोग र सद्भावको हात बढाउनुपर्ने हो । तर, संरा अमेरिकाले उल्टो इरानमाथिको नाकाबन्दी अझै कडा बनाएको छ । गत साता संरा अमेरिकाले इरानसँग व्यापार गरेको भन्दै केही विदेशी कम्पनीलाई कालो सूचीमा सूचीकृत गरेको छ । यसो गरेर संरा अमेरिकाले इरानमाथि दबाब बढाएको छ । यसबाट संरा अमेरिका इरानप्रति कति पनि सद्भाव राख्दैन भन्ने सन्देश प्रवाह गर्न खोजिएको प्रष्ट देखिन्छ ।
संरा अमेरिकाले इरानमाथि बढाएको दबाबले कोरोना भाइरसविरुद्ध इरानको लडाईलाई मात्र प्रभावित बनाउनेछैन बरु इरानमा मानवीय सहायता पु¥याउन अन्तर्राष्ट्रिय समुदायलाई समेत अवरोध सिर्जना गर्नेछ । ट्रम्प सरकारले नाकाबन्दी थोपरे यता इरानले हालसम्म २० खर्ब बराबरको अमेरिकी डलर गुमाइसकेको छ । यसले अहिलेको महाविपत्ति विरुद्ध लड्ने इरानको क्षमतालाई अझ क्षीण बनाएको छ । महामारीको समयमा औषधिको आपूर्ति भनेको प्राणवायुजस्तै हो । संरा अमेरिकी नाकाबन्दीको कारण आज इरानको औषधि आपूर्ति निकै प्रभावित बनेको छ ।
औषधि बनाउन आवश्यक पर्ने एक तिहाई कच्चा पदार्थको लागि इरान विदेशप्रति निर्भर छ । संरा अमेरिकी नाकाबन्दीको कारण ती कच्चा पदार्थ इरानमा पठाउन निषेध गरिएको छ । इरानका विदेशमन्त्रालयका प्रवक्ताले संरा अमेरिकाले मानवीय सहायता इरान पठाउन कुनै रोकतोक नभएको भने पनि नाकाबन्दीले धेरै अवरोध सिर्जना गरेको छ ।
संरा अमेरिकाले आफूलाई सधैं मानवअधिकारको रक्षक भन्दै आएको छ । द डेली बिस्टमा सार्वजनिक एक सरकारी प्रतिवेदनले संरा अमेरिकाले आफूलाई अझै पनि मानवअधिकारको रक्षक दाबी गर्न छोडेको देखिन्न । प्रतिवेदनमा भनिएको छ,“संरा अमेरिका र अमेरिकी जनताले फेरि एकपल्ट संसारकै सबभन्दा बढी मानवतावादी भएको प्रमाणित गरेको छ ।”
तर, संरा अमेरिकाले इरानविरुद्ध चालेको कदमलाई नियाल्नुस् त । इरानमा संरा अमेरिकी कदम भनेको ‘मानवताविरुद्धको अपराध’ हो । रोयटर्स समाचार संस्थामा एक जना इरानी अधिकारीले यस्ता भने । संसारकै ‘सबभन्दा ठूलो मानवतावादी’ इरानी जनता प्राणघातक भाइरसको कारण मरिरहेको बेला कसरी यस्तो क्रुर बन्न सक्छ ? के नाकाबन्दी नै संरा अमेरिकी मानवतावादी सहायता हो ? इरानविरुद्ध संरा अमेरिकी नाकाबन्दीले अमेरिकी राष्ट्रपति कार्यालयको झुट मात्र उदाङ्ग बनाएको छ । ट्रम्प सरकार इरानी जनताको जीवनलाई केही पनि महत्व दिंदैन । उसलाई आफ्नै राजनीतिक खेलकै मात्र चिन्ता छ ।
सुखद् कुरा, केही देशले भने इरानमा चर्किंदो मानवीय संकटप्रति ध्यान दिइरहेका छन् । इरानमा महामारी फैलिएदेखि नै अन्तर्राष्ट्रिय समुदायले इरानलाई सहयोग गर्दै आएको छ । चीनले इरानमा विज्ञ चिकित्सक टोली पठाएको छ । चिकित्सकीय सामान विभिन्न माध्यमबाट इराान पठाएको छ । साथै इरानमाथिको नाकाबन्दी फिर्ता गर्न संरा अमेरिकालाई आग्रह गरेको छ । रुस, कुवेत, कतार लगायतका देशले पनि इरानलाई सहयोग गरिरहेका छन् ।
प्राणघातक कोभिड–१९भाइरस आज संसारले सामना गरिरहेको साझा शत्रु हो । यो भाइरसलाई कुनै पनि देशमा छिर्न नदिन कसैले पर्खाल लगाउन सक्दैन । यस्तो विश्वव्यापी चुनौती सामू पुरा सबै पूर्वाग्रह त्यागेर सबै देश एक ठाउँमा जम्मा भएर महामारीविरुद्ध लड्न जरुरी छ ।
संरा अमेरिकी अमानवीय नाकाबन्दी एउटा खराब उदाहरण बनेको छ । भाइरसविरुद्ध लड्न अरु देशले थालेको बिस्तृत प्रयासलाई यसले प्रभावित बनाउनेछ । जसले अन्ततः संरा अमेरिकी जनताकै स्वास्थ्यमा खराब प्रभाव पार्न सक्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *