भर्खरै :

तरकारी बजार व्यवस्थापन

 
भक्तपुर
कोरोना(कोभिड १९) भाइरसको सम्भावित संक्रमण रोकथाम गर्न भक्तपुर नगरपालिकाले बजार व्यवस्थापन गर्ने प्रयासलाई निरन्तरता दिएको छ । शनिबार बिहान टौमढीका तरकारी पसलमा हुलमुल र भिडभाड भएकोले टौमढीका केही स्थायी तरकारी पसल हटाएर गहिति र क्वाछेंमा सारेको छ । पा“च फिटको पसल र दश फिटको फरक दुरीमा पसल राख्ने गरी मिलाएको वडा सदस्य पूर्णगोपाल राजचलले भन्नुभयो । शुक्रबार टौमढीमा कम्तिमा एक मिटरको दुरीमा बसेर किनमेल गर्ने र ग्राहकहरु एक एक मिटरको दुरीमा बसेर पालो लिने गरी मिलाएकोमा भीडभाड भएको जनगुनासो आएकोले नगरपालिकाले यस्तो पहल थालेको हो । शुक्रबार भगवतीस्थाननिर निश्चित दुरीमा बसेर पसल संचालन गर्न अनुरोध गर्दा अटेर गरेकोले एक जना कुखुरा पसलेको ११ वटा कुखुरा नियन्त्रणमा लिएका नगरपालिकाले स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *