कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
– आरोही श्रेष्ठ
कोरोना भाइरस सङ्क्रमणको त्रासले पूरै विश्व सचेत र सजग छ । तर, हामी नेपाली भने सा¥है लापरबाही गरिरहेका छौँ । अधिकांश कोरोना सङ्क्रमित देशबाट नेपाल फर्केका मानिसहरू क्वारिन्टाइनमा बस्न इन्कार गरेको खबर आइरहेका छन् । सहरका टोल–टोल र गाउँ–गाउँमा पनि विदेशबाट फर्केका छोराछोरीहरू अभिभावकले नै लुकाएर राखेको सुनिएको छ । कतिपय क्वारिन्टाइनबाटै भागेको भनेर पनि आएको छ, यस्तो लापरबाही गरे कानुनअनुसार कारबाही हुने कानुनी बन्दोबस्त छ । अब सरकारले त्यस प्रावधानलाई सक्रिय बनाउने भनेको छ ।
सरकारले विदेशबाट आएका व्यक्तिले कोरोना भाइरस (कोभिड–१९) अरु व्यक्तिमा सारे कडा कारबाही गर्ने भनेको छ । भारत या तेस्रो मुलुकबाट आएर क्वारिन्टाइनमा बस्न नमान्ने, भाग्ने, कोरोना सङ्क्रमित भएको थाहा हुँदाहुँदै पनि रोग लुकाएर अरु व्यक्तिमा सारे त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्ने निर्णय आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको बताइएको छ ।
मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ को १ अनुसार सङ्क्रामक रोग फैलाउन नहुने उल्लेख छ । यसरी रोग छ भन्ने थाहा हुँदाहुँदै नियतवस वा जानीजानी सङ्क्रामक रोग फैलाउने व्यक्तिलाई १० वर्ष कैद र १ लाख जरिवाना, लापरबाहीपूर्वक सङ्क्रामक रोग सारेमा ५ वर्ष कैद र ५० हजार जरिवाना र हेलचेक्राइँपूर्वक सङ्क्रामक रोग फैलाए ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ । सजगता अपनाउँदा आफै पनि सुरक्षित हुने र समुदाय पनि सुरक्षित हुने जाँदा जाँदै झन् पढेलेखेका र देशविदेश घुमेका नेपालीहरू किन बेपर्वाह बनेका हुन् ?
Leave a Reply