भर्खरै :

भक्तपुरमा कोभिड–१९ को लक्षण भएका विरामी भक्तपुुर अस्पताल र केएमसीले मात्र हेर्ने

भक्तपुर, १९ चैत । जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले भक्तपुर जिल्लामा कोभिड–१९ सँग सम्बन्धित सबै विरामी जिल्लाका दुई वटा अस्पतालले मात्र हेर्ने निर्णय गरेको छ । मन्त्रालयले दुधपाटीस्थित भक्तपुर अस्पताल र दुवाकोटस्थित काठमाडौं मोडल अस्पतालमा मात्र कोभिड–१९ सङ्क्रमित वा आशङ्का गरिएका विरामीको स्वास्थ्य परीक्षण गर्ने बताउनुभयो । बुधबार बिहान भक्तपुर अस्पतालमा भक्तपुरका सबै सामुदायिक तथा निजी अस्पताल र स्वास्थ्य केन्द्रका प्रतिनिधिहरूको बैठकले कोभिड–१९ को लक्षण देखिएका विरामी आए भक्तपुर अस्पताल र काठमाडौं मोडल अस्पतालमा पठाउने निर्णय गरेको छ ।

“३४ जनाको स्वाबमध्ये ३० जनाको निगेटिभ आएको छ । ४ जनाको स्वाब परीक्षण परिणाम बिहीबार आउनेछ”, डा.गौतमले भन्नुभयो । अस्पतालको आइसोलेसन कक्षमा हाल तीन जना विरामी रहेको बताउनुभयो ।

भक्तपुर अस्पतालमा हाल कोभिड–१९ को सङ्क्रमणलाई लक्षित गरी १० शैय्याको अलग कक्ष (आइसोलेसन वार्ड) छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले बुधबार साँझ ४ बजेसम्म अस्पतालबाट ३४ जना कोभिड–१९ को लक्षण देखिएका विरामीको स्वाब परीक्षणको लागि टेकु अस्पतालमा पठाइएको जानकारी दिनुभयो । “३४ जनाको स्वाबमध्ये ३० जनाको निगेटिभ आएको छ । ४ जनाको स्वाब परीक्षण परिणाम बिहीबार आउनेछ”, डा.गौतमले भन्नुभयो । अस्पतालको आइसोलेसन कक्षमा हाल तीन जना विरामी रहेको बताउनुभयो ।
विरामीको परीक्षणमा सक्रिय दुई जना स्वास्थ्यकर्मीमा सामान्य ज्वरो देखिए पछि उनीहरूको पनि स्वाब परीक्षणमा पठाइएको र परिणाम निगेटिभ आएको मेडिकल सुपरटेन्डेन्ट गौतमले बताउनुभयो ।
“एक जना चिकित्सक आइसोलेसनमा बस्नुभएको थियो । परीक्षण परिणाम निगेटिभ आए पछि अहिले क्वाटरमा सर्नुभएको छ”, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू घर–घरै पुगेर कोही विरामी भए अस्पताल जान प्रोत्साहित गरेको हुनाले गएको आइतबार र सोमबार अस्पतालमा ज्वरो आएका विरामीको सङ्ख्या धेरै देखिए पनि हाल त्यसता विरामीको सङ्ख्या निकै कम मात्र भएको बताउनुभयो ।
“बुधबार चार जना मात्र ज्वरोका विरामी आएको देखिन्छ”, डा.गौतमले भन्नुभयो ।
अस्पतालले केही संस्थाको सहयोग र आफ्नै पहलमा जोहो गरिएका व्यक्तिगत सुरक्षा वस्त्र(पीपीई)ले हालसम्म काम चलाइरहेको र हाल उपलब्ध पीपीईले आगामी केही दिन चल्ने बताउनुभयो ।
“अनावश्यक रुपमा अहिले नै पीपीई प्रयोग गर्दा भोलि धेरै सङ्ख्यामा विरामी आए ठूलो अभाव हुनसक्ने कुरा पनि ध्यान दिन पर्छ”, उहाँले भन्नुभयो ।
भक्तपुुर जिल्लामा हालसम्म कोही पनि कोभिड–१९ सङ्क्रमित विरामी भेटिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *