नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
– राजा नेपाल
कोरोनाले संसारभर संत्रास फैलाइरहेको वर्तमान अवस्था, त्यसले निम्त्याएका अन्तर्राष्ट्रिय हलचल र खैलाबैलाको कारण हामी चिन्तित छौं । त्यसैले त्यसकोबारे र कोरोनाबारे केही कुरा जानिराख्न उचित होला । कोरोना भाइरस सात प्रकार छन् । तीमध्ये सबैभन्दा डरलाग्दो SARS-CoV2 हो जसलाई अहिले Novel Corona Virus-19 भनेर थाहा भइसकेको छ । तिनीहरू निम्न प्रकारका छन् ः
सबैलाई ज्ञातै छ– अमेरिकाको उक्साइमा यस वर्षको अन्तर्राष्ट्रिय महोत्सव हुनेछ भनि ठानिएको 2020 Tokyo Summer Olympic Gamesलाई जसरी भएनि सफलतापूर्वक आरम्भ गर्नसक्ने कुरामा जापानले विश्वास लिएको थियो । Medical Science मा अपार प्रगति गरेकै कारण जापानमा मृत्युदर कम छ । त्यसैले ज्येष्ठ नागरिकहरूको सङ्ख्या त्यहा“ धेरै छ । उनलाई विश्वास थियो– कसैगरी त्यस मुलुकमा कोरोना फैलिहाले पनि अमेरिका र जापानको विज्ञान र प्रविधिको उच्च विकसित परिणामको कारण चीनको उहान सहरमा जस्तो डरलाग्दो अवस्था सृजना हुन नदिनेतर्फ जापान ढुक्क थियो । तर, कोरोनालाई सजिलै काबुमा लिई 2020 Tokyo Summer Olympic Game सफलतापूर्वक सम्पन्न गरी दुनियाँलाई तीनछक्क पार्ने ती विकसित देशहरूको अभिमानयुक्त उच्च आत्मविश्वास धेरै दिन टिकेन । कुनै पनि महासङ्कटको बेला सानाले ठूलालाई ठूलाले सानालाई अथवा सक्नेले नसक्नेलाई मानवीय भावनाले बिनाकुनै द्वेष एक आपसमा सहयोग गर्नु नै धर्म हो वा पुण्यकार्य हो ।
एक हजारभन्दा बेसी यात्रुसवार बेलायती पानीजहाजका प्रायःसबैजनाको स्वास्थ्य अवस्था कमजोर हु“दै जा“दा बेलायतस“ग राम्रो सम्बन्ध भएका कुनै पनि क्यारिवियन बन्दरगाहले कोरोनाकै डरका कारण उक्त जहाजलाई आश्रय दिन नमानेकै बेला सानो समाजवादी मुलुक क्युवाले आफ्नो नौकाश्रयमा हार्दिक स्वागत गरी मानवताको राम्रो पाठ सबैलाई सिकायो । र पनि कोरोना महामारीबाट गस्त देशहरूले क्युवा र चीनको भैषज्र्य सहयोग अस्वीकार गर्न अमेरिकाको आह्वानलाई शौचालयमा प्रयोग गरिने कागजझै डस्टविनमा मिल्काइदिए । आज आएर आप्mनै मात्र बल–बर्कटले नभ्याएर उक्त रोगव्याधिबाट आक्रान्त भएपछि कोरोनास“ग लड्न र आफ्ना देशका नागरिकको रक्षा गर्न अमेरिका स्वयम् चीनको सहयोगलाई स्वीकार गर्न मञ्जुर भइसकेको छ । कोरोनाविरुद्ध सामूहिक लडाइँमा सबै एकजुट भई एक्यबद्धता जाहेर गर्न नसकेकोमा संयुक्त राष्ट्र सङ्घका प्रमखसमेत त्यस सङ्गठनका सदस्य राष्ट्रहरूप्रति असन्तुष्ट बनेका छन् । त्यसैले सङ्कटको बेला सबै मानव जाति एक भई कुनै पनि विपत्तिस“ग सामना गर्न एक हुनैपर्ने समयको माग हो ।
अनैतिकरूपले, राजनीतिक भ्रष्टाचारको माध्यमले, जनताको खुनपसिनाले कमाएको परिश्रमले तिरेको कर अपचलन गरी रातारात धनी भई मै हुँ भन्नेलाई पनि कोरोनाले भेटायो भने विदेशमा औषधोपचार महँगो औषधि उपचार गरी सामान्य नेपालीजनभन्दा बढी स्वस्थ भई जीवन जिउने तिनीहरूको सुन्दर सपना हिजो अस्तिकै मितिबाट कर्कलाको पानी भएको छ । हवाईजहाज चार्टर गर्नसक्ने हैसियत भएकालाई पनि अहिले कनै पनि देशले घोक्रेठ्याक लगाउँछ । गलाको दस तोलाको, हातको पाँच तोलाको सुनको ब्रास्लेट र औंलाका हिराका औंठीले केही लछारपाटो लाउँदैन अब चाहे गरिब होस् या धनी सबैलाई आफ्नै मातृभूमि । बरु छापामा आइरहेका उपायबाहेक पनि उहानका जनताले अपनाएका विभिन्न उपायहरूको बारेमा जानकारी लिई सोको अविलम्ब प्रयोग गर्न सरकारले सबै नेपाली जनतालाई आह्वान गर्न अनिवार्य भइसकेको छ ।
यस Novel corona virus-19 (nCoV) ले विश्वव्यापी निम्त्याएको सन्त्रास मानव जातिकै लागि भारी भइरहेको छ । विशेषतः एसियाली र अफ्रिकीहरूलाई हेयको दृष्टिकोणले व्यवहार गरी उनीहरूउपर शोषण र हैकम लाडिरहन पल्केका संरा अमेरिका र नेटो राष्ट्रहरू समेतलाई nCoV को सामना गर्न हम्मेहम्मे परेकै छ । यतिबेला ज्ञान विज्ञानका क्षेत्रमा अपार उपलब्धि गर्न सफल ती विकसित मुलुकहरूलाई परिरहेको सङ्कट र मानव क्षतिका कारण हामी पनि मर्माहत छौ“ ।
कोरोनाका कारण ती मुलुकहरूको त्यस्तो कहालिलाग्दो अवस्था छ भने नेपालजस्तो गरिब र ज्ञान विज्ञानमा हविगत देशमा उक्त महामारी फैलियो भने सम्पूर्ण नेपाली जनताका लागि ब्रजपात हुने वास्तविकतामाथि हामी सबैले चिन्तित भएर स्वास्थ्यसम्बन्धी नियमहरू अनुशासित बनी पालना गर्नुपर्छ जसरी १ अर्ब ६५ करोड जनसङ्ख्या भएको छिमेकी मुलुक चीनका नागरिकहरूले गरे, अन्यथा हेलचेक्र्याइँका कारण आजसम्म ६ करोड जनसङ्ख्या भएको विकसित देश इटालीमा १२,४२८ जना र लगभग ५ करोड जनसङ्ख्या भएको स्पेनमा ८४६४ जनाको ज्यान गए जस्तैको भयावह हामीले पनि भाग्न नपर्ला भन्न सकिन्न । अमेरिका स्वयम्ले २६ युरोपियन मुलुकका कुनै पनि नागरिकले आफ्नो देशको भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ । यस्तो महाविपत्त आइलागे हाम्रो अवस्था के होला र अनुमान गर्न गा¥हो छैन ।
अतः अनैतिकरूपले, राजनीतिक भ्रष्टाचारको माध्यमले, जनताको खुनपसिनाले कमाएको परिश्रमले तिरेको कर अपचलन गरी रातारात धनी भई मै हुँ भन्नेलाई पनि कोरोनाले भेटायो भने विदेशमा औषधोपचार महँगो औषधि उपचार गरी सामान्य नेपालीजनभन्दा बढी स्वस्थ भई जीवन जिउने तिनीहरूको सुन्दर सपना हिजो अस्तिकै मितिबाट कर्कलाको पानी भएको छ । हवाईजहाज चार्टर गर्नसक्ने हैसियत भएकालाई पनि अहिले कनै पनि देशले घोक्रेठ्याक लगाउँछ । गलाको दस तोलाको, हातको पाँच तोलाको सुनको ब्रास्लेट र औंलाका हिराका औंठीले केही लछारपाटो लाउँदैन अब चाहे गरिब होस् या धनी सबैलाई आफ्नै मातृभूमि । बरु छापामा आइरहेका उपायबाहेक पनि उहानका जनताले अपनाएका विभिन्न उपायहरूको बारेमा जानकारी लिई सोको अविलम्ब प्रयोग गर्न सरकारले सबै नेपाली जनतालाई आह्वान गर्न अनिवार्य भइसकेको छ ।
त्यसैले हाललाई देशका प्रत्येक नगरपालिकाहरूलाई रङ्गशाला होइन, बौद्धिक क्षमता भएका गरिब नेपाली नागरिकका लालाबालाले पनि विनाभेदभाव अध्ययन गर्न पाइने, इमानदार र देशभक्त चिकित्सक उत्पादन गर्नसक्ने मेडिकल कलेज सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार गर्न यो सरकारले कम्मर कस्ने बेला आएको छ । दुईतिहाइको बलियो ओली सरकारले मेडिकल माफियाहरूका चक्रव्युहबाट उम्केर भौतिक पूर्वाधार, शिक्षा क्षेत्रमा उचित अनुभव र योगदानको दृष्टिकोणले सामर्थ र हैसियत विकास गरिसकेको कुनै पनि स्थानीय सरकारलाई सस्तो शुल्कमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्ने शुभ कार्यको श्रीगणेशको कम्मर कसे आफ्नो कार्यकालमा एउटा भए नि उत्तम र मननयोग्य अगुवाइको लागि गरिब–निमुखा र इतिहासले सम्झिरहला । जनताको सेवाउपरको आफ्नो दायित्वलाई बिर्सी एकै आह्वानमा होली वाइनको सम्मेलनमा एउटै पोशाकमा भेला भएर पार्टीको हनुमान प्रवृत्ति प्रदर्शन गर्ने जनप्रतिनिधिहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा इमानदारीका साथ लागिपर्ने कार्यलाई अब त होली वाइनमा भएजस्तै झिल्के कुरा नठान्न सक्छ । यतिबेलासम्म वाग्मतीमा धेरै पानी बगिसकेको तथ्य उहाँहरूले बुझेकै हुनुपर्छ ।
आजको भयावह परिस्थितिमा सरकारले कम्तीमा पनि यस्तो दुःखद अवस्थामा अति गम्भीर भएर मानवीय भावनाका साथ कार्य गर्न र लऋयख् स“ग सामना गर्न अत्यावश्यक औषधि र पीपीईदेखि चिकित्सा सामग्रीहरू हरूको खरिदमा कुनै पनि प्रकारको घोटाला, भ्रष्टाचार र अनिमियता नगर्न विभिन्न सरकारी पदमा बसिरहेका जिम्मेवारी पदाधिकारीहरूलाई आग्रह होइन आदेश जारी गर्न ढिलो भइसकेको छ । धनी वर्ग, इँटाभट्टा मालिक, बिचौलिया, घरजग्गा दलाल र चुनावका बेला जनतालाई दिएको आश्वासनलाई गाउँघरको पँधेरी गफ ठान्ने अनि गर्न नहुनेसम्मको भ्रष्टाचार गरी अकुत सम्पति जम्मा गरी धनी कहलिएकाहरूका विभिन्न मन्त्रालय र विभागका हाकिम सावहरूका लागि मात्र बनेका अस्पतालका मालिकहरूलाई समेत रोगव्याधिबाट ग्रस्त जनतालाई व्यवहारमा लागू हुनेगरी यसपल्ट सेवा प्रदान गर्न कडा ओली सरकारले खुट्टा कमाउनु भएन । ती मालिकहरूले चुुनाउको बेला गरेको आर्थिक सहयोग र गुणलाई अहिले जनताका कल्याणको लागि बिर्सिदिए केही फरक पर्दैन । भनिन्छ, “सफा गर्न सहयोग नगरे पनि फोहर नगर्नु धर्मै हो ।”
यही २०२० मार्च २८ का दिन जर्मनीको हैसे (Hesse) राज्यको अर्थराज्यमन्त्री त्जयmबक क्अजबाभच को दुःखद निधन आत्महत्या नै हो भनी पुष्टि भएको वास्तविकता सबैले बुझेकै हुनुपर्छ । उनको मृत शरीर प्रहरीले रेलको लिकमा भेटाएको थियो । कोरोनाले निम्त्याएका विविध विकसित अन्तर्राष्ट्रिय घटनाक्रमले साँच्चै मानिसलाई समाजवाद र पुँजीवादको भिन्नताबारे गहन अध्ययन गर्न फेरि एकपल्ट दिलचस्पी जगाइदिनुका साथै क्युवाले जस्तै मानव सभ्यताको विनास गर्ने परमाणु हतियार र क्षेप्यास्त्र निमार्णमा कुनै महत्वनदिई औषधि विज्ञानको विकासमा जोड दिंदै देशभक्ति, इमानदार, क्रान्तिकारी र दक्ष चिकित्सकहरू उत्पादनमा लागिपर्न एउटा नयाँ पाठ सिकाएको छ । आखिरमा संरा अमेरिकाजस्तो महाशक्ति राष्ट्रमा सञ्चित विनासकारी परमाणु हतियारले दुनियालाई तर्साए पनि नाङ्गो आँखाले देख्नै नसक्ने कोरोनाको जीवाणुसँग मुकाबिला गर्न बेकाम भए र ऊ आफै ती सूक्ष्म जीवाणुसँग आज तर्सिनु प¥यो । त्यसैले सबै मिली यस महामारीसँग जुझ्न एक हांैं ।
Leave a Reply