लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, २१ चैत ।
विश्वव्यापी बनेको कोभिड–१९ को महामारीविरुद्ध संसारका सम्पूर्ण देशबीच सहकार्य र सद्भावको आह्वान गर्दै एक सयभन्दा बढी देशका राजनीतिक दलले बिहीबार संयुक्त वक्तव्य जारी गरेको छ । नेपाल मजदुर किसान पार्टी, चिनियाँ कम्युनिस्ट पार्टीलगायत २३० वटा राजनीतिक दलको संयुक्त वक्तव्यको पूर्ण पाठ प्रस्तुत छः
आज संसारभर तीब्रतर गतिमा कोभिड–१९ को महामारी फैलिरहेको छ । मानिसको स्वास्थ्य र विश्व शान्ति एवम् विकासको लागि यो महामारी आज सबभन्दा तड्कारो र गम्भीर चुनौती बनेको छ ।
यो अनपेक्षित परिस्थितिमा विभिन्न देशका हामी राजनीतिक दलहरूले जनताको जीवनस्तर उकास्ने, देशको विकास प्रवद्र्धन गर्ने र विश्व शान्ति एवम् स्थायित्व रक्षा गर्ने गहन जिम्मेवारीका साथ निम्नानुसारको संयुक्त अपिल जारी गरेका छौँ ः
१) हामी कोभिड–१९ को पीडा सहिरहेका र त्यही कारण जीवन खतरामा रहेका व्यक्तिहरू एवम् उनीहरूका परिवारजनप्रति गहिरो संवेदना र चिन्ता व्यक्त गर्न चाहन्छौँ । त्यस्तै जनताको जीवन रक्षा र सुस्वास्थ्यको लागि आफूलाई समर्पित गर्ने सबै व्यक्तिहरू, विशेषतः स्वास्थ्यकर्मीहरूप्रति अगाढ सम्मान व्यक्त गर्न चाहन्छौँ । महामारीको कारण दुर्भाग्यवश जीवन गुमाएका सबै मृतकप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
२) यदि कोभिड–१९ को महामारी अविलम्ब प्रभावकारी ढङ्गले नियन्त्रण गर्न नसके त्यसले अझ धेरै मानिसको जीवन, सुरक्षा र स्वास्थ्यमा थप क्षति पु¥याउनसक्ने कुरा हामीले बुझेका छौँ । त्यो अवस्थामा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यका साथै अधिकांश देशका आर्थिक र सामाजिक विकासमा गम्भीर प्रभाव पार्नेछ । हामी सबै देशलाई यतिबेला अरू कुनै पनि विषयभन्दा जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्न र महामारीको सङ्क्रमण रोक्न दृढ र सशक्त उपाय अपनाउन आह्वान गर्दछौँ ।
३) हामी सबै देशलाई आ–आफ्नो विशिष्ट परिस्थितिको सापेक्षमा महामारीविरुद्ध लड्न आपत्कालीन योजना र रणनीति तय गर्न आग्रह गर्न चाहन्छौँ । त्यस्तो योजनामा महामारीको थप सङ्क्रमण रोक्नुका साथै बिरामीको उपचार दुवैलाई समान जोड दिइनुपर्छ । सकेसम्म चाँडो सर्वोत्कृष्ट नतिजा सुनिश्चित गर्न आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरिन आवश्यक छ ।
४) हामी सबै देशका आम नागरिकलाई सामाजिक उत्तरदायी भावनाका साथ महामारी रोकथाम र नियन्त्रणका उपाय अवलम्बन गर्न आह्वान गर्न चाहन्छौँ । महामारीको प्रतिरोध गर्न सबै सामाजिक क्षेत्रको सामथ्र्यको उपयोग गर्न नागरिक समाज र स्वयम्सेवकहरूलाई पूर्ण सक्रिय बनाउन हामी सबै देशलाई आग्रह गर्दछौँ ।
५) महामारी नियन्त्रणमा लक्षित प्रयास गर्ने क्रममा आर्थिक र सामाजिक विकास सुनिश्चित गर्ने एवम् जनताको जीवनस्तर उकास्ने र सामाजिक प्रगति हुने एकीकृत अवधारणा अवलम्बन गर्न सबै देशलाई आह्वान गर्दछौँ । महामारी रोकथामको लागि अत्यावश्यक चिकित्सकीय तथा सुरक्षा सामग्रीको आवश्यकता पूर्तिको लागि विशेषतः अन्तरसीमा यातायात सहज बनाउनलगायत व्यापार, पुँजी र जनशक्ति आदानप्रदान गर्न विश्व स्वास्थ्य सङ्गठनको सल्लाहअनुसार देशहरूले उचित तहको अन्तर्राष्ट्रिय सहकार्य गर्न हामी आग्रह गर्दछौँ ।
६) भाइरसले कुनै देशको सिमाना मान्दैन र कुनै पनि देशले एक्लै यो महामारीको चुनौती सामना गर्न सक्दैन भन्ने कुरामा हामी सजग छौँ । देशहरूबीच मानव जातिको साझा भविष्यको लागि साझा समुदायको सचेतना बलियो बनाइनुपर्छ । परिस्थिति कठिन बन्दै जाँदा देशहरूले एकआपसमा अझ सक्रियरूपमा आपसी सहयोग र समर्थन प्रबल बनाउनुपर्छ । आजको परिस्थितिसम्म आइपुग्दा निकटतम अन्तर्राष्ट्रिय सहकार्यले मात्र मानव जातिको साझा शत्रु यो भाइरसलाई पराजित गर्न सक्नेछ ।
७) महामारी रोकथाम र नियन्त्रणमा चीन र केही अरू देशमा भएका उल्लेखनीय प्रगतिबारे हामी अवगत छौँ । यसले अन्तर्राष्ट्रिय समुदायलाई महामारी रोकथामको तयारी गर्ने समय र अनुभव प्रदान गरेको छ । हामी चीनलगायतका देशहरूलाई महामारीसँग सम्बन्धित जानकारी समयमै खुला, पारदर्शी र जिम्मेवार भई सार्वजनिक गर्न, महामारी रोकथामका अनुभव र बिरामीको उपचारसम्बन्धी अनुभव संसारलाई उपलब्ध गराउन आह्वान गर्दर्छौँ । विशेषतः अरू प्रभावित देशहरूमा चिकित्सकीय एवम् अन्य आवश्यक सामग्री आफ्नो गच्छेअनुसार प्रदान गर्न पनि आग्रह गर्दछौँ । महामारीविरुद्ध विश्वव्यापी लडाइँमा यसले प्रमुख योगदान गर्नुका साथै लडाइँ जित्न प्रभावित देशहरूमा आशा र आत्मविश्वास जगाउनेछ ।
८) महामारीमाथि विजय हासिल गर्न सबै देशहरूलाई विशेष औषधि र खोपको संयुक्त अनुसन्धान र विकासलगायत आफूसँग भएको अनुभव बाँड्न र चिकित्सकीय सहकार्य सशक्त बनाउन हामी आह्वान गर्दछौँ । हामी विकासशील देश र खाँचो परेका देशहरूमा अत्यावश्यक सामग्री, प्रविधि र अन्य सहयोग गर्न आग्रह गर्दछौँ । सहकार्यको प्रकाशले महामारीको कालरात्री पन्छाऔँ ।
९) महामारी रोकथामका उपाय र भाइरसको उत्पत्तिजस्ता विषयमा छलफल गर्न हामी सबै विज्ञानमा आधारित पेशाकर्मीहरूलाई आग्रह गर्दछौँ । जनस्वास्थ्यका विषयलाई राजनीतिकरण गर्ने र महामारी नियन्त्रणको नाममा अरू देशलाई लाञ्छना लगाउने कामको हामी कडा विरोध गर्दछौँ । कुनै पनि देश, क्षेत्र वा जातिविरुद्ध गरिएका सबै विभेदकारी टिप्पणी र व्यवहारको हामी कडा विरोध गर्दछौँ । साथै महामारी नियन्त्रणको लागि देशहरूबीचको सहकार्यलाई न्यूनाङ्कन गर्ने सबै प्रयासको विरोधमा दृढतापूर्वक खडा हुन्छौँ ।
१०) सबै देशबीच आपसी छलफल र सहकार्यमार्फत अझ अगाडि बढ्न र विश्व जनस्वास्थ्य क्षेत्रमा संयुक्त राष्ट्र सङ्घ तथा विश्व स्वास्थ्य सङ्गठनको मूल भूमिकालाई समर्थन गर्न विश्व व्यवस्थामा अझ सुधार गर्नुपर्ने आवश्यकता यो महामारीले सबैलाई बोध गराएको हाम्रो बुझाई छ । जनस्वास्थ्य क्षेत्रमा साझा भविष्यसहितको विश्व समुदाय बनाउनु हामी सबैको चाहना भएको हुनाले भाइरस रोकथाम र नियन्त्रणको लागि हामी सबै पक्षलाई जी २० र अन्य अन्तर्राष्ट्रिय संरचनाको ढाँचाभित्र सहकार्य र समन्वय प्रवद्र्धन गर्न आह्वान गर्दछौँ ।
संसारका विभिन्न देशका जिम्मेवार राजनीतिक दलहरूको नाताले हामीले महामारीको असामान्य परिस्थितिमा पनि आपसमा संवाद कायम राखेका छौँ । महामारीविरुद्ध विश्वव्यापी सङ्घर्षमा राजनीतिक ऊर्जा प्रत्यायोजन गर्न राजनीतिक दिशानिर्देश गर्ने जिम्मेवारी पूरा गर्न हामी आपसी संवादमा छौँ । जसरी हरेक आँधीबेहरी पछि सूर्यको प्रकाश नभमा प्रकाशित हुन्छ, त्यसरी नै आजका सबै कठिनाइ क्षणिकमात्र भएकोमा हामी विश्वस्त छौँ । अन्तर्राष्ट्रिय समुदायले आत्मविश्वास र दृढताका साथ विज्ञानमा आधारित लक्षित अवधारणासाथ काम गर्दासम्म महामारीविरुद्ध विश्वव्यापी अभियानको अन्तिम विजय निश्चित छ । यो महामारीपछि मानव जातिको लागि साझा भविष्यसहितको समुदाय अझ बलियो भएर उठ्नेछ र मानव समुदाय अझ उज्यालो भविष्यतिर अघि बढ्नेछ ।
Leave a Reply