भर्खरै :

प्रजग कोरियामा कोरोना भाइरस नहुनुको कारण

काठमाडौँ, २१ चैत ।
कोभिड–१९ सङ्क्रमण नभएको एउटै देश प्रजग कोरिया हो । पश्चिमा समाचार माध्यमहरूले प्रजग कोरियामा कोभिड–१९ सङ्क्रमित पहिलो व्यक्तिलाई नै गोलीद्वारा उडाइएको झूटा समाचार फैलाए । विश्व स्वास्थ्य संगठनले नै प्रजग कोरियामा कोभिड–१९ नभएको सुनिश्चित गरेको छ । प्रजग कोरियामा कोभिड–१९ देखिएको समाचार देश बाहिरबाटै प्रचार गरिएको हो ।
प्रजग कोरियाले कोभिड–१९ रोक्न जनवरीमै सीमा बन्द र अन्तर्राष्ट्रिय यात्रा स्थगित गरेको थियो । चीनमा यो भाइरसको सङ्क्रमण डिसेम्बर ३१, २०१९ मा देखिएको थियो ।
सरकारी काममा प्रजग कोरिया पुगेका विदेशी मित्रहरूलाई सिमानामा निगरानीमा राखिएको थियो ।
सार्वजनिक यातायात र अन्य सेवाहरूमा सङ्क्रमित नहुने उपायहरू अपनाइएको थियो ।
सबै जनतालाई मास्क वितरण गरियो । सबैको स्वास्थ्य परीक्षण गरियो । प्रजग कोरियामा निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था छ । झन्डै दुई करोड ५० लाख जनसङ्ख्या भएको यो देशमा ६ लाख ५० हजार स्वास्थ्यकर्मी छन् । प्रजग कोरियामा बिरामी डाक्टरकहाँ पुग्ने होइन डाक्टर टोल–टोलका जनताबीच पुग्ने व्यवस्था छ । यसको लागि क्षेत्र–क्षेत्रमा डाक्टर राखिएको छ ।
प्रजग कोरियाका जनतामा एकमतको एकता छ । साझा हितको लागि सबैले एक आपसमा मद्दत गर्छन् । सामाजिक द्वन्द्व छैन । यसले कोभिड–१९ रोक्न प्रजग कोरियालाई धेरै सजिलो भयो । चीनलाई यो भाइरस नियन्त्रण गर्न सजिलो हुनुमा जनताको एकता र अनुशासन नै हो । अमेरिका र युरोपको समाज व्यक्तिवादी भएको हुँदा यो भाइरसको सङ्क्रमण बढ्दो छ । यी देशमा व्यक्तिगत गोपनियताको निहुँमा रोगलाई समेत लुकाइन्छ । चीनले समयमै कोभिड–१९ बारे विश्व स्वास्थ्य स·ठनको जानकारी गरायो । सड्ढटको बेला चीनले धेरै देशसँग स्वास्थ्य उपकरण सहयोग माग्यो । अमेरिकाले पेकिङस्थित आफ्नो दूतावासका कर्मचारीलाई सुरूमै फिर्ता ग¥यो र वैज्ञानिक ढंगले भाइरस नियन्त्रण गर्न सहयोग गरेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको फोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले विज्ञ टोलीसहित सहयोग गर्ने वाचा गरे, तर उनले ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनी चीनविरोधी साम्प्रदायिक आरोप लगाए । यो भाइरसको स्रोत अमेरिका नै भएको पुष्टि हुँदै छ भने अहिले अमेरिकी जनता नै संसारमा बढी पीडित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *