फर्कनेको होइन, बिदेसिनेको लर्को
- भाद्र १०, २०८३
जोराल
राजनीतिमा चिनिएका शत्रुले भन्दा घुसेका शत्रुले धेरै बिगार्छन् । कम्युनिस्ट राजनीतिमा विगतमा पञ्च र काङ्ग्रेसहरूले त्यति बिगारेका थिएनन् । जति ‘कम्युनिस्ट’ को बिल्ला भिरेकाहरूले बिगारे । रायमाझीदेखि वर्तमानसम्मको स्थितिमा ‘कम्युनिस्ट’को बिल्ला भिरेका र ‘ट्रेडमार्क’ बनाएकाहरूले सिद्धान्त र विचार, नीति र व्यवहारलाई ध्वस्त पार्दा सच्चा कम्युनिस्टहरूलाई रक्षात्मक स्थितिमा पु¥याएको छ । सोभियत सङ्घको विघटनको नेपथ्यमा साम्राज्यवादी र पुँजीवादीहरूको षड्यन्त्र रहे पनि ख्र्रुश्चेभदेखि गोर्भाचोभसम्म गैर‘कम्युनिस्ट’ थिएनन् ।
अहिले विश्वमा फैलिएको कोरोना भाइरसमा पनि रोगीले जति सङ्क्रमण फैलाएको छ रोगको लक्षण नदेखिएका वाहकहरूले पनि त्यत्तिकै फैलाउन सक्छन् । स्वास्थ्य विज्ञानअनुसार हरेक मानिसमा विभिन्न रोग लगाउने जीवाणु विषाणु हुन्छ । जो मानिससँग ती जीवाणुको प्रतिरोध गर्ने क्षमता हुन्छ त्यस्तो व्यक्तिमा रोगको चिह्न र लक्षण देखापर्दैन । ऊ रोगी ठहरिँदैन तर उसले ती जीवाणु–विषाणु विभिन्न माध्यमबाट अर्को व्यक्तिमा सारिरहन्छ । तीमध्ये जोसँग प्रतिरोध क्षमता न्यून हुन्छ तिनीहरूमा रोग देखापर्छ या रोगी बनाउँछ । यसलाई राजनीतिमा घुसेका शत्रुजस्तै भन्दा अतिशयोक्ति नहोला ।
किनमेलको लागि निश्चित समयमा अत्यावश्यक सामग्रीको बिक्री र खरिदको सूचना जारी भएको छ । यसबाट ‘लकडाउन’ मा केही राहत पुगेको छ । तर, भीड नगर्ने, एकमिटर टाढा बस्ने, माक्स लगाउने नियम निर्देशनको पालनामा कमी देखियो । त्यसले राहत कतै प्रत्युत्पादक हुने हो कि भन्ने चिन्ता थपिएको छ । सुरक्षाकर्मीहरूबाट ‘कस्तो भेडाजस्तो मान्छे’ भन्ने टिप्पणी सुन्नुपरेको छ । टिप्पणी गरिरहनुभन्दा सम्झाइ–बुझाइ, माइकिङ गर्नु र अटेरीहरूलाई कडाइ गर्नु उपयुक्त देखिन्छ । ‘लक डाउन’ रोकथामको लागि हो, केही गरी फैलियो भने त कफ्र्यूकै स्थिति निम्तिन सक्छ । यसतर्फ सबैमा पूर्व सचेतना अपेक्षित छ ।
कोरोना विषाणु सङ्क्रमण भएको सामान्यतयाः १४ दिनभित्र कोभिड–१९ को चिह्न र लक्षण देखाउँछ । तर, सङ्क्रमितमा चिह्न र लक्षण नदेखाउँदै वा देखानपरे पनि उसको शरीरमा भएका विषाणु खोक्दा, हाछ्यूँ गर्दा थुकका छिटामार्फत अर्कोलाई सर्नसक्छ । यस्ता वाहक सबभन्दा खतरनाक हुन्छ किनभने रोगीको सम्पर्कमा स्वास्थ्यकर्मीबाहेक अरू कोही जाँदैनन् । तर, चिह्न र लक्ष नदेखाएका वाहकलाई कसैले चिन्न सक्दैन, कसैको निधारमा लेखिएको त हुँदैन । त्यसैले एक व्यक्ति अर्को व्यक्तिबाट आजको अवस्थामा एक मिटर वा ३ फीट जति टाढा बस्न भनिएको हो । किनभने, महामारीको बेला रोगीहरू त अस्पतालमा रहन्छन् परन्तु जो कोही वाहक हुनसक्ने सम्भावनालाई अस्वीकार गर्नुहुँदैन । अमेरिका बसिरहेका एक साथीसँग कुरा गर्दा त्यहाँ एक मिटर टाढा बस्ने नियम वा निर्देशनलाई अवज्ञा गरेकै कारण ‘बुलेट ट्रेन’ को गतिमा कोरोना विषाणु सङ्क्रमण फैलिएको बताए । परिणाम अमेरिकामा सङ्क्रमितको सङ्ख्या सबभन्दा बढी देखिएको छ । त्यहाँका मानिसले सबभन्दा पहिले कोभिड–१९ रोग देखापरेको चीनको अनुभवलाई आत्मसात् गरेको देखिएन । आज चीनमा झण्डै नियन्त्रणको अवस्थामा पुग्दा अमेरिकालगायतका कतिपय देशमा भयावह स्थिति देखापरेको छ ।
यहाँनिर कोभिड–१९ को औषधी नभएकोले यसबाट बच्नुको विकल्प नभएको तथ्यलाई सबैले हृदयङ्गम गर्नैपर्छ । स्वस्थकर बानी व्यहोरा गर्न खोक्दा, हाछ्यूँ गर्दा नाक–मुख थुन्ने, बाहिरी वस्तु जथाभावी नछुने, नाक–मुख–आँखा हात सफा नगरी नछुनेका साथै मास्क लगाउने कुरालाई बिर्सनु हुँदैन । मास्क यस्तो र उस्तो धेरै भनिन्छ । तर, पाएसम्म स्तरीय मास्क लगाउने, नभए उपलब्ध मास्क नलगाई घरबाहिर जाँदै नजानु उपयुक्त देखिन्छ । केही नभए रूमालले भए पनि नाक–मुख छोप्नुपर्छ भनिरहेको बेला मास्कको स्तरियताको धेरै बयानले पनि मानिसलाई अल्मल्याएको छ । नेपालका स्वास्थ्यकर्मीहरूले प्लास्टिकबाट ‘गाउन’ बनाई काम लिन थालेका छन् । विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको वा नेपाल सरकारले भनेकै ‘पीपीई’ (पर्सनल प्रोटेक्ट इक्विपमेन्ट) खोज्ने हो भने सेवा प्रवाह थप बेहाल हुनेछ । ‘नभएको मामाभन्दा …’ भनेझैँ बिनामास्क भन्दा उपलब्ध मास्कलाई सधैँ साथमा राख्नु र अन्य व्यक्तिको सम्पर्कमा जाँदा एकमिटर टाढा बसे पनि मास्क लगाउनु अहिलेलाई उत्तम हुनेछ ।
किनमेलको लागि निश्चित समयमा अत्यावश्यक सामग्रीको बिक्री र खरिदको सूचना जारी भएको छ । यसबाट ‘लकडाउन’ मा केही राहत पुगेको छ । तर, भीड नगर्ने, एकमिटर टाढा बस्ने, माक्स लगाउने नियम निर्देशनको पालनामा कमी देखियो । त्यसले राहत कतै प्रत्युत्पादक हुने हो कि भन्ने चिन्ता थपिएको छ । सुरक्षाकर्मीहरूबाट ‘कस्तो भेडाजस्तो मान्छे’ भन्ने टिप्पणी सुन्नुपरेको छ । टिप्पणी गरिरहनुभन्दा सम्झाइ–बुझाइ, माइकिङ गर्नु र अटेरीहरूलाई कडाइ गर्नु उपयुक्त देखिन्छ । ‘लक डाउन’ रोकथामको लागि हो, केही गरी फैलियो भने त कफ्र्यूकै स्थिति निम्तिन सक्छ । यसतर्फ सबैमा पूर्व सचेतना अपेक्षित छ ।
Leave a Reply