प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
केभिन ब्यारेट
अफ्रिकी अमेरिकी मूलका अमेरिकी मानवअधिकारवादी नेता माल्कम एक्सले धेरै पटक अरूलाई टोकाउन छोडेका झगडालु कुखुराका भालेहरूले फर्केर आफँैलाई टोक्ने कथा उल्लेख गर्नुहुन्थ्यो । त्यो कथा सुनाएको केही समयपछि नै तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या भयो । माल्कम एक्सले त्यतिखेर फिडेल क्यास्ट्रोलगायत विभिन्न देशका नेताहरूको हत्याका लागि संरा अमेरिकाले परिचालन गरेको दस्ता फर्केर आएर राष्ट्रपति केनेडीको हत्या गरेको निष्कर्ष अगाडि सार्नुभएको थियो ।
उहाँको त्यही निष्कर्षका कारण त्यही दस्ताबाट उहाँको पनि हत्या भयो । तर, पछिबाट हामी सबैलाई हत्या कसले गरेको हो भनी निश्चित भयो । आज हामी सबैलाई थाहा छ कि पटक – पटक फिडेल क्यास्ट्रोको हत्याको असफल प्रयास गरेको सीआईएको हत्यारा स्क्वायड नै राष्ट्रपति केन्नेडीको हत्यामा संलग्न भएका थिए । त्यसैले माल्कम एक्सका अनुमान धेरै तर्कपूर्ण थिए । अहिले विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ सङ्क्रमणको केन्द्र (एपिसेन्टर) संरा अमेरिका बनेको बेला के माल्कम एक्सको उक्त मान्यता आजको कोरोना भाइरसको सन्दर्भमा पनि लागू हुनसक्ला ?
मलाई लाग्छ सान्दर्भिक छ किनभने कोभिड– १९ महामारी चीन र इरानविरुद्ध प्रयोग भएको जैविक हतियार भएको कुराको धेरै परिस्थितिजन्य प्रमाणहरू छन् र त्यो भाइरसको महामारी फर्केर आएर त्यसका सृष्टिकर्ताहरूलाई नै अप्ठ्यारोमा पारिरहेको छ । चीनले त एकदमै शिघ्रतापूर्वक र सक्रियतापूर्वक लागेर पारदर्शी तवरले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गरेर आफ्ना करोडौँ जनताको जीवन बचाएको मात्र हो ।
जैविक युद्धकलाका सबैजसो विज्ञहरूले भनेका छन् कि रणनीतिकारहरू जैविक युद्धका बारेमा धेरै नै सशंकित थिए कारण जैविक हतियारले दिशा परिवर्तन गर्ने र आफैविरुद्ध बज्रमुक्का उत्पन्न गर्ने प्रवृत्ति नै रहेको हुन्छ ।
यदि तपाईँले परम्परागत जातिको विशेष प्रकारको भाइरस नै बनाउनुभयो भनेपनि भाइरसहरू उत्परिवर्तन हुन्छन् । त्यसैखाले घटना यहाँ देखिन्छ । संरा अमेरिकीहरूलाई बदनामीपूर्वक चिनियाँ, रुसी र इरानीहरूको जैविक तत्व सङ्कलन गरिरहेको रङ्गेहात समातिएको थियो । तर, अहिले चिनियाँ, रुसी र इरानीविरुद्ध सिर्जित भाइरस हतियारले आफैलाई उत्परिवर्तन गरिसकेको छ र त्यसले अरू सबैलाई र सृष्टिकर्ताहरूलाई समेत सङ्कटमा पारेको छ । कोभिड– १९ भाइरसले निरन्तररूपमा बृहत् समूहका मानिसहरूलाई सङ्क्रमण गर्न खोजिरहेको देखिन्छ ।
त्यसैले अहिले ती भाइरस विशेषगरी सुरुको लक्ष्य बनाइएका मानिसहरूको समूह बाहेककाहरूको पछाडि लागेको देखिएको छ र यसले यहाँ के कति क्षति गर्ने हो अहिले नै भन्न सकिन्न । चिनियाँ सरकारले त आधिकारिकरूपमा नै संरा अमेरिकाले जैविक हतियार परिचालन गरेको आरोप लगाइसकेकै छ ।
रुसी सरकारले पनि आफ्ना मूलधारका सञ्चारमाध्यममार्फत उक्त दाबी सार्वजनिक गरेर त्यसलाई स्वीकार गरिसकेको छ । रुसी मूलधारका सञ्चारमाध्यमको धारणा भनेको रुसी सरकारको धारणा हो । रह्यो कुरा इरानको, इरानका नागरिक रक्षा मामिलाका प्रमुखलगायत उच्च अधिकारीहरू र इरानी सर्वोच्च नेता आयतोल्लाह अलि खामेनी स्वयम्ले त्यही आरोप लगाइसकेका छन् । हामीलाई त्यसबारे विस्तृतरूपमा केही थाहा छैन । मानौँ उक्त परिकल्पना सही होइन तर उक्त भाइरसको उद्गमबारे अनुसन्धान त हुनैपर्छ । तर, यसतर्फ अमेरिकी वैज्ञानिक र भाइरसविज्ञहरूको मौनता सन्देहजनक छ ।
हो, हामीसित कोरोना भाइरसको बारेमा र त्यो भाइरस जैविक हतियार बन्न सक्नेकाबारे पर्याप्त जानकारी छैन । तर, ठूलो जनसङ्ख्याविरुद्ध जैविक हतियार प्रयोगमा संरा अमेरिकाको कुख्यात ऐतिहासिक अभिलेख छ । अमेरिकी लेखक डेभ कोडोकको पुस्तक – दिस मस्ट बी द प्लेस – हाउ द यूएस वेज्ड जर्म वारफेयर इन द कोरियन वार एन्ड डिनाइड इट त्र सिन्स म्बखभ ऋजबममयअप’क दययप (Dave Chaddock’s book — This Must Be the Place[: How the US Waged Germ Warfare in the Korean War and Denied It Ever Since]. का अनुसार संरा अमेरिकाले कोरिया युद्धका क्रममा उत्तर कोरियाविरुद्ध १ लाखभन्दा बढी किटाणु बम खसालेको थियो । संरा अमेरिकाले दोस्रो विश्वयुद्धका क्रममा जापानले चीन र कोरियाविरुद्ध प्रयोग गरेको किटाणु युद्धकै कार्यक्रम लागू गरेको थियो । त्यसका लागि उही जापानी विज्ञहरूलाई भाडामा लिइएको थियो र पछि तिनीहरू नै अमेरिकी किटाणु युद्धकला कार्यक्रमका आधार बनेका थिए ।
संरा अमेरिकाले क्युवाविरुद्ध पनि निरन्तररूपमा जैविक हतियारको प्रयोग गरेको थियो । संरा अमेरिकासित किटाणु युद्धकै माध्यमले क्युवाको सम्पूर्ण जनसङ्ख्या उन्मूलन गर्ने असफल योजना थियो र त्यसले क्युवाको २० प्रतिशत जनसङ्ख्यालाई भने अनेक रोग लगाएर मार्नमा सफलता पायो । यदि यसो होइन भने क्युवाविरुद्ध आक्रमणमा प्रयोग भएका हतियारधारी जत्थाहरू, क्युवामा कूटनीतिक मिसनमा गएका हरेक व्यक्ति र ग्वान्टानामो खाडीको अमेरिकी आधार शिविरमा खटिने सैनिकहरूलाई विशेषखाले रक्षात्मक भ्याक्सिन र सधैँ मास्क लगाउनुपर्ने कारण के हो ? यदि राष्ट्रपति केनेडीले त्यस कार्यक्रमलाई नरोकेका भए क्युवाली समाजवादको सुरुआतदेखि नै उक्त योजना लागू हुने थियो र क्युवाले प्रतिरोध नै गर्नसक्ने थिएन । त्यसैले त बाधा पन्छाइयो र उक्त किटाणु युद्धको कार्यक्रम स्वीकृत गरियो ।
यसरी हाम्रो खराब ऐतिहासिक नजीर हामीसित छन् । नोबेल कोरोना भाइरस जैविक युद्ध नै हुनसक्ने सबैखाले परिस्थितिजन्य प्रमाणहरू हाम्रो विरुद्धमा छन् । त्योभन्दा खराब पक्ष त अहिले त्यो फर्केर आएर हाम्रै देशलाई असर पारिरहेको छ, हाम्रो देशले छोडेको हतियार हामीतिरै फर्केको छ भनिएको छ । यो हो वा होइन भनी हामीले नै पत्ता लगाउनुपर्दछ ।
त्यसका निम्ति हामीलाई पूर्ण अन्तर्राष्ट्रिय अनुसन्धान आवश्यक छ । यदि हामीले सेप्टेम्बर ११ । २००१ को घटनाबारे पनि त्यस्तै विस्तृत अनुसन्धान गर्न लगाउन सकिएको भए हामी आजको भन्दा राम्रो जीवन बाँचिरहेका हुने थियौँ । दुर्भाग्यवश सेप्टेम्बर ११ कै पछाडि रहेका नवरुढीवादीहरू नै कोरोना महामारीको पछाडि रहेका एकदमै बलियो सम्भावना देखिएको छ । यो समय अनुसन्धानको हो, सत्य पत्ता लगाउनुपर्ने र दोषीहरूमाथि मुद्दा चलाउनुपर्ने तथा सजाय गर्नुपर्ने समय हो ।
सीआईएका एक पूर्वसैनिक गुप्तचर अधिकारीले कोरोना भाइरस प्राकृतिकरूपमा उत्पन्न भाइरस नभई सम्भवतः जैविक युद्धको साधनको रूपमा प्रयोगशालामा उत्परिवर्तनमार्फत तयार पारिएको भाइरस भएको दाबी गरेका छन् ।
(केभिन ब्यारेट एक अमेरिकी लेखक, पत्रकार र रेडियो कार्यक्रम प्रस्तोता हुन् । उनले इस्लामिक र अरबिक अध्ययनमा विद्यावारिधी गरेका छन् ।)
Who’s behind the COVID-19 global pandemic
FPress TV online riday, 27 March 2020
अनुवाद ः प्रकाश
Leave a Reply