फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
– लक्ष्मी पोखरेल
धनगढी, २१ चैत । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोक्नका लागि गरेको लकडाउन सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा उल्लङ्घन हँुदै गएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय कैलालीले एक विज्ञप्ति जारी गरी लकडाउन कैलालीमा प्रभावकारी नभएको भन्दै लकडाउनलाई थप कडा बनाइने जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा भनेको छ । लकडाउनलाई प्रभावकारी बनाउने भन्दै हाल सञ्चालनमा रहेका खाद्य पसल समेत पूर्ण रूपमा बन्द गर्ने तयारी भइरहेको छ ।
सङ्घीय सरकारले बिहीबार लकडाउनलाई खुकुलो बनाउने भन्दै खाद्य, कृषि र दानामा खुकुलो गर्ने निर्णय गरे तापनि कैलालीमा भने लकडाउनलाई थप कडाइ गर्न सरोकारवालाबीच छलफल भएको छ । लकडाउनको बा¥हाँै दिन पुग्दा मानिसहरू सामान खरिदका लागि भन्दै साँझ बजारमा निस्किने क्रम बढेको छ ।
विभिन्न बहाना बनाएर मान्छेहरू बाहिर निस्किने क्रम बढेसँगै कोभिड–१९ को सङ्क्रमण फैलिने खतरा बढ्दा सङ्क्रमणबाट जोगिन एकमात्र उपाय लकडाउनलाई प्रभावकारी बनाइने भएको छ । धनगढी उप–महानगरपालिका र उद्योग वाणिज्य सङ्घको समन्वयमा घुम्ती पसल सञ्चालन गरी अत्यावश्यकीय सामानहरू घुम्ती पसलमार्फत घरघरमा पु¥याउने तयारी गरिने भएको छ ।
विभिन्न बहानामा मान्छेहरू सडकमा निस्किएर जोखिम बढाउन थालेपछि आफूहरू यस्तो निर्णय गर्न बाध्य भएको धनगढी उप–महानगरपालिकाका मेयर नृवबहादुर बडले बताउनुभयो । खाद्य पसल सञ्चालनमा हुँदा लकडाउन कार्यान्वयनमा चुनौती बढेको भन्दै हाल सञ्चालनमा रहेका तरकारी, मासु र किराना पसल समेत बन्द गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मिडियाकर्मी र पत्रकार समेतलाई कार्यालयमै बसेर समाचार सङ्गलन गर्न समेत अनुरोध गरेका छन् । शुक्रबार अघि सञ्चारकर्मी लगाएतले अत्यावश्यक भन्दै लिइएका गाडीका पासहरू समेत आजबाट खारेज गरेको कैलाली प्रशासनले जनाएको छ । तीन दिनयता मात्रै तीन सय बढी सवारी साधन समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Leave a Reply