भर्खरै :

केही असमझदारीहरूबारे

– क्रिश्चिना
कोरोना भाइरस अर्थात् कोभिड–१९ बारे भारतका केही चर्चित विद्युतीय प्रचार माध्यमले पित पत्रकारिता गर्दै छन्– चीन संसारको पहिलो शक्ति हुने उद्देश्यले ‘चमेरोको रोग’ बाट संरा अमेरिका र संसारलाई रोग सार्दै छ र अर्कोतिर रोग फैलिएका देशहरूलाई स्वास्थ्यकर्मी र सामानहरूमार्फत सहयोगको नाटक पनि गर्दै छ । यो चीनको दोहोरो चरित्र भनी आलोचना होइन तल्लो स्तरको गाली–गलौज र आरोप लगाउँदै छन् । भारतका यी दक्षिणपन्थी प्रचारयन्त्र निश्चित अतिवादी धार्मिक र अन्ध राष्ट्रवादी चरित्र बोकेको एक राजनैतिक दल र सरकारको दृष्टिकोण अभिव्यक्त भइरहनु स्वाभाविक हो ।
पश्चिमी देशका केही प्रतिक्रियावादीहरूले विकासशील देश र त्यहाँका जनतालाई ‘पिछडिएको’, ‘संस्कृति नभएको’, ‘गरिब’, ‘उपचारको उचित बन्दोबस्त र तदारुकता’ ‘नभएको भनी हेला गर्थे र आज पनि गर्दै छन् । आखिर सत्य के हो ?
१) युरोपेलीहरू अमेरिकामा बसोबास गर्दै जाँदा त्यहाँका आदिवासी, ताम्र वर्णका मानिसहरू (जसलाई तिनीहरू इन्डियन भन्थे) लाई आफ्नो गाउँ र आवाद जग्गाबाट धपाउन र जातीय ¥हासको नीतिअनुसार बिफरका रोगीहरूले उपयोग गरेका ओढ्ने–ओछ्याउने र लुगालाई तिनीहरूका गाउँ नजिक राखिदिन्थे । ती लुगालाई आदिवासीहरूले उपयोग गर्दा तिनीहरू रोग लागेर मर्थे वा ठाउँ छोडेर भाग्थे, अनि गोराहरूले ती सबै जग्गा हात पार्थे ।
२) अस्ट्रेलिया, न्युजिलायन्ड र टस्मानियामा उपनिवेश बनाउँदा युरोपेलीहरूले त्यहाँका आदिवासीहरूलाई टाढा–टाढा टहरा बनाएर राख्थे । ‘सभ्य’ भनिनेहरूको सङ्घर्षले ती आदिवासीहरू रोगले मर्दै गए । सबभन्दा पहिले तिनीहरूलाई रुघा लाग्थ्यो ।
३) अङ्ग्रेजहरूले अन्डमान निकोवारका सेन्टनली जातिका आदिवासीहरूलाई कब्जा गर्दा र त्यहाँ कालापानीको जेल बनाएपछि धेरै मरेका थिए ।
४) युरोपेली ‘सभ्य’ हरूको व्यवहार कस्तो थियो भनी विचार गर्दा धेरै टाढा जानु पर्दैन, महात्मा गान्धीसित पहिलो दर्जाको टिकट भएर पनि उनलाई रेलबाट घिसारेर प्लेटफर्म फालेका थिए । के त्यो जातिवादी कर्तुत थिएन ?
५) चीनमा चमेरो भएको हुनाले त्यहाँबाट रोग सारेको आरोप लगाउने हो भने चमेरो त नेपाल र अन्य देशमा पनि छ, साथै दोस्रो विश्व युद्धताका संरा अमेरिकाले जापानको विरोधमा चमेरो प्रयोग गर्न खोजेको विषय अमेरिकी केन्द्रीय गुप्तचर विभागकै दस्तावेजमा पाइन्छ ।
६) को सभ्य र को असभ्य भन्नेबारे सोच्ने हो भने भारत र चीनको प्राचीन सम्पन्नता देखेर पश्चिमी उपनिवेशवादीहरूले ¥याल चुहाएकै हुन् । साथै गङ्गा किनारमा स्नानपछि अङ्ग्रेजहरूले दक्षिणा दिएर बाह्य गुरुबाटै चाणक्यको ‘अर्थशास्त्र’ र कूटनीति सिकेको हो, जुन ज्ञानलाई भारतकै विरुद्ध प्रयोग ग¥यो र उपनिवेश बनायो । मार्कोपोलोकै भ्रमण साहित्यमा अलग स्नान गृह, इँटा ओछ्याइएका सडक र अन्य आविष्कारहरूबारे उल्लेख थियो ।
७) पूर्वी सभ्यतामा दासप्रथा थियो भने पछि पश्चिमेली उपनिवेशवादीहरूले अफ्रिकाबाट कारखाना, दास–व्यापार सुरू गरे, युरोपमा घरेलु दास र अमेरिकामा खेतीपाती, उखु र कपासको खेती आदिमा अफ्रिकी दासहरू प्रयोग गरेका थिए–झन्डै सय–दुई वर्षसम्म ।
८) अनेक फ्लू र इबोला भाइरसबारे संरा अमेरिकाले चीनसँग सहकार्य गरेको थियो । अहिले पनि कोभिड–१९ बारे चीनसँग ट्रम्पले सहकार्य गर्नुपर्ने अमेरिकी सञ्चारमाध्यमहरू बताउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *