भर्खरै :

घरमै बसौँ ! लुकीछिपी वाहन नचलाऔँ !

निर्जला
साँझ ८–१० बजेपछि कमलविनायकको नयाँ आवास क्षेत्रमा वाहनहरूको ‘लकडाउन’ विरोधी कर्कश आवाजहरू सुनिन्छ । धेरै कालोपत्रे बाटाहरू नभएका हुँदा प्रहरी चौकी छल्न तिनीहरूलाई सजिलो पनि छ । ठेकेदारको बेइमानीले भनौँ वा ठेक्काको ऐन नै ठेकेदारको पक्षमा हुँदा स–साना काम गर्नसमेत वषौँ लगाउँदा वा ठूलो ठेकेदारबाट सञ्चालित सानो वा दलाल ठेकेदारको कारण त्यताका बाटा कालोपत्रे भएका छैनन् ।
ठाउँ – ठाउँका खाल्डाखुल्डीमा सवारीसाधन गुड्दाको घ्वाद्रयाक घ्वाद्रयाक आवाजले ती आवास क्षेत्रका जनताको निद्रा सधैँ खलबलिएको हुन्छ । आवासका जनता पनि सा¥है सोझा भएर मात्रै हो, नत्र ती मोटर, ट्रयाक्टर र मोटरसाइकल तथा ठेकेदारमाथि ढुङ्गामुढा बर्सन्थ्यो होला !
कोरोना भाइरस (कोभिड–१९) ले जनतालाई त्राही –त्राही पारेको बेला राती र बिहान सबेरै गुड्ने ट्रक, साना–ठूला वाहन एवम् मोटरसाइकले पनि त्रास थपेका छन् । ती सवारीसाधनले ‘लकडाउन’ को अवज्ञा गरेका पनि हुन् । तर, ‘लकडाउन’ अवज्ञा गर्नेहरूलाई थाहा छैन तिनीहरूको कारण धेरै जनता मरेमा तिनीहरू नै दोषी हुनेछन् ।
विदेशबाट फर्केका कति व्यक्तिले अस्पताल गई आवश्यक जाँच गराउनुपर्नेमा घरमा लुकेर बसेका पाइन्छन् । केही गरी सङ्क्रमित व्यक्ति आफ्नै नाता पर्ने (भाइ–भतिजा वा छोरा र बहिनी) भएमा तिनका आफ्नै आमाबुबामा रोग सर्ने भयो । हजुरआमा र हजुरबुबा वा कुनै ज्येष्ठ नागरिक भएमा रोग तुरुन्तै सर्छ र तिनको मृत्युको सम्भावना धेरै हुन्छ । विदेशको अनुभवअनुसार ज्येष्ठ नागरिकलाई यो रोग छिट्टै सर्छ र मृत्यु पनि छिट्टै हुन्छ । यसकारण, छर छिमेकहरूले पनि विदेशबाट आएका व्यक्तिको नाउँ, जात, उमेर फर्केको देशको नाउँ र घरसमेत नगरपालिका, अस्पताल वा प्रशासनलाई बताउनुपर्छ । नत्र त्यो रोग छिट्टै टोल–छिमेकीलाई समेत सर्ने सम्भावना हुन्छ । हेर्दा रोग लागेको नदेखिने तर केही दिनपछि मात्रै ज्वरो आउने र खोकी लाग्ने हुन्छ ।
रोगी नदेखिने मानिस मोटर, बस, ट्रक, ट्याक्टर आदि वाहनमा बस्दा ड्रात्र (चालक) लाई पनि छिट्टै सर्छ । यसकारण, दिनको २–४ पटक मोटर र मोटरसाइकल वा ट्रयाक्टरमा समेत विषादी छर्नुपर्ने हुन्छ । रोगी मानिसले पसल, झ्याल, ढोका, मोटर, ट्रयाक्टर जहाँ छोए पनि रोग सर्ने हुन्छ । सास, खकार, सिँगान, थुकले मात्रै होइन ऊसँग बस्दा वा छुँदा समेत रोग सर्ने सम्भावना भएको हुँदा तरकारी किन्न जाँदा समेत ४–५ हात टाढा रहनुपर्ने नियम बनाइएको हो ।

कोरोना भाइरस (कोभिड–१९) ले जनतालाई त्राही –त्राही पारेको बेला राती र बिहान सबेरै गुड्ने ट्रक, साना–ठूला वाहन एवम् मोटरसाइकले पनि त्रास थपेका छन् । ती सवारीसाधनले ‘लकडाउन’ को अवज्ञा गरेका पनि हुन् । तर, ‘लकडाउन’ अवज्ञा गर्नेहरूलाई थाहा छैन तिनीहरूको कारण धेरै जनता मरेमा तिनीहरू नै दोषी हुनेछन् । विदेशबाट फर्केका कति व्यक्तिले अस्पताल गई आवश्यक जाँच गराउनुपर्नेमा घरमा लुकेर बसेका पाइन्छन् । केही गरी सङ्क्रमित व्यक्ति आफ्नै नाता पर्ने (भाइ–भतिजा वा छोरा र बहिनी) भएमा तिनका आफ्नै आमाबुबामा रोग सर्ने भयो । हजुरआमा र हजुरबुबा वा कुनै ज्येष्ठ नागरिक भएमा रोग तुरुन्तै सर्छ र तिनको मृत्युको सम्भावना धेरै हुन्छ ।

रोग सङ्क्रमित देशबाट आएको व्यक्तिलाई घर वा डेरामा पस्न दिनुहुन्न । भारतमा बेलायतबाट आएको एक व्यक्ति सभा र भोजमा, नातागोताकहाँ पनि गएको रहेछ, ऊ आफैलाई रोग लागेको थाहा थिएन । तर, पछि ऊसँग भोज खाने, हात मिलाउने र सँगै बस्नेलाई समेत रोग लाग्यो । छानबिन गरेर हेर्दा बेलायतबाट आएको व्यक्ति स्वस्थ नै देखिन्थ्यो तर अरू बिरामी भए । पछि पत्ता लागेपश्चात् ऊ बसेको मोटर, हवाइजहाज र हवाईजहाजबाट यात्रा गरेका सबैको छानबिन गरी उपचारमा लगियो ।
यसकारण, टोल–छिमेक, नातागोतालाई समेत थाहै नहुने किसिमले रोग सर्ने, मोटरका अरू यात्रु र चालक एवम् सहयोगीलाई पनि सर्ने हुँदा ‘लकडाउन’ अर्थात् घरमा बस्न र बाहिर अरूसँग आवतजावत नगर्न भनिएको हो । त्यसैले ज्येष्ठ नागरिक, बालबच्चा, महिला, दाजुभाइ, दिदीबहिनी र युवाहरूलाई बाहिर नजान सम्झाइ बुझाइ गरौँ ! धन्यवाद !
एक शुभचिन्तक

Leave a Reply

Your email address will not be published. Required fields are marked *