विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
प्रज्जवल
बेवास्ताकै कारण अमेरिकामा भयावह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चैत १९ गते आरोप लगाए– चीनले कोभिड–१९ भाइरस सङ्क्रमित र यसबाट मृत्यु हुनेको सङ्ख्या लुकायो । यसअघि ट्रम्पले चैत ४ गते कोभिड–१९ लाई ‘चिनियाँ भाइरस’ भनी चीनविरूद्ध साम्प्रदायिक आरोप लगाएका थिए । ट्रम्पका विदेशमन्त्री पोम्पेओले चैत १२ गतेको जी–७ का विदेशमन्त्रीहरूको भिडियो सम्मेलनमा यो भाइरसको नाम ‘उहान भाइरस’ उल्लेख गर्नुपर्ने जिद्दी गरेपछि सम्मेलनबाट संयुक्त वक्तव्य नै प्रकाशित भएन । विश्व स्वास्थ्य सङ्गठनले माघ २८ गते यो भाइरसको नाम कोभिड–१९ राखेको हो । चीनले यो भाइरस सङ्क्रमणबारे विश्व स्वास्थ्य सङ्गठनलाई पुस १५ गते जानकारी गराएको थियो । ट्रम्पले चैत १२ गते चीनले सुरूमै यो भाइरसलाई पहिचान गरी रोक्न वा सार्वजनिकरूपमा जानकारी गराउन नसकेको आरोप लगाएका थिए ।
विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी भएपछि अमेरिकालगायत बाँकी विश्वलाई सूचित भएको छैन भन्नु ट्रम्पले आफ्नो कमजोरी लुकाउनुमात्र हो । यो भाइरस नियन्त्रणको लागि चीनले माघ ९ गते उहानका जनतालाई घरभित्रै बस्नुपर्ने अनुशासन लागू गरेको थियो । त्यसबेला अमेरिकालगायत पश्चिमा देशहरूले चीनविरूद्ध प्रजातन्त्र र मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएका थिए ।
अहिले यो भाइरसको महामारी सङ्क्रमणसँगै संसारकै मानिस घरभित्र बस्ने अनुशासनमा छन् । चीनमा यो भाइरस देखापर्ने बित्तिकै अमेरिकाले भाइरस नियन्त्रणको कार्यमा सहकार्य गरेको भए विश्वमा यति तनाव र विनाश हुने थिएन । अमेरिकाले नै सबभन्दा पहिले चीनस्थित राजदूताबासबाट आफ्ना कर्मचारी फिर्ता लगेको थियो । त्यसपछि युरोपका देशहरू र भारतसँगै नेपालले पनि उहानमा अध्ययनरत विद्यार्थी फिर्ता गरे । अमेरिकाको जोन ह्याप्किन्स विश्वविद्यालयले सोमबार प्रकाशित गरेको तथ्याङ्कअनुसार अमेरिकी जनता ३,३६,८३० जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या ९,६१८ पुग्यो ।
अमेरिकी वैज्ञानिकहरूले नै यो भाइरसबाट अमेरिकामा मात्र १० लाखभन्दा बढी सङ्क्रमित हुने र दुई लाखभन्दा बढी मृत्यु हुने अनुमान गरेका छन् । यो विश्व सङ्कटको स्थितिमा चीन यो भाइरस नियन्त्रण गरी सामान्य जीवनमा फर्कँदै छ । चीनमा यो भाइरसबाट सङ्क्रमित ८१,७०८ जना र मृत्यु हुनेको सङ्ख्या ३,३३१ मात्र पुग्यो भने ७७,०७८ जना उपचारपछि निको भए । अहिले चीनका ९० प्रतिशतभन्दा बढी उद्योग–कलकारखाना पुनः सञ्चालनमा आएको छ । चीनको सहयोगले मात्र अमेरिकालगायत बाँकी विश्वमा यो भाइरस नियन्त्रण गर्न सकिने अमेरिकी समाचार संस्था सीएनएनको सुरक्षा विश्लेषकले बताए ।
एक महिनायता चीनले विभिन्न देशलाई मास्क १ अर्ब ९ करोड डलर, स्वास्थ्यकर्मीको सुरक्षा पोशाक १२ करोड ८० लाख डलर र भेन्टिलेटर ४ करोड ४० लाख लडरको बिक्री ग¥यो । न्युयोर्कका गभर्नर कोमोले दुई दिन अघिमात्र ३०० थान भेन्टिलेटर चीनसँग लिए । यो दोस्रो पटकको हो ।
जर्मनीले अमेरिकी कम्पनी थ्री एमसँग २ लाख एन १५ मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा ६ लाख पन्जा खरिद ग¥यो । उक्त सामग्री बैङ्कक पुगेपछि ट्रम्पका अधिकारीहरूले डिफेन्स प्रोडक्सन एक्टअनुसार अमेरिकामा प्रयोगको लागि खोसे । यसबारे जर्मन मन्त्री गिजरेलले अमेरिकाले आन्ध्र महासागरपारिका साझेदारहरूसँग गरेको व्यवहार उपयुक्त शैलीको नभएको र आधुनिक डकैतीसरह भएको भनी विरोध गरे ।
अमेरिकामा नेपालीको स्थिति
अमेरिकामा ५ लाख नेपाली रहेको अनुमान छ । सङ्क्रमित ५०० पुगेको र ८० प्रतिशत घरबाट ननिस्की बसेको बताइन्छ । न्युयोर्कमा ४० हजार नेपाली छन् । नेपालीहरू धेरै बस्ने अन्य ठाउँमा क्यालीफोर्निया, न्यूजर्सि, पेन्सिलभेनिया, टेक्सास, मेरिल्यान्ड, न्यूह्याम्सायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिन, कोलोराडो, वासिङ्टन डीसी, इलोनोइज आदि हुन् ।
वैशाखको मध्यतिर मेरिल्यान्डमा यो भाइरस सङ्क्रमण बढ्ने, १५०० सामान्य शैय्या र ५५० आईसीयू नपुग्ने एवम् दिनको ५३ जनासम्म मर्ने अनुमान गरिएको छ ।
वैशाखको सुरू हप्तामा कोलम्बियामा यो भाइरसको सङ्क्रमण बढ्ने र त्यसबेला आईसीयू शैय्या नपुग्ने भएकोले त्यहाँका मेयरले स्वास्थ्य योजना घोषणा गर्न लागेको बताइन्छ ।
जेठको पहिलो हप्तामात्र भर्जिनियामा यो भाइरस सङ्क्रमण बढ्ने र त्यसबेला आईसीयू शैय्या अभावमा त्यहाँका ३,१०० मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।
ट्रम्पले यो भाइरसबारे चीनले गोप्य राखेको आरोप लगाए पनि अमेरिकीहरू नै अमेरिकामा स्वास्थ्यबारे गोपनियताको हक हुने उल्लेख गर्दै कति मानिस यो भाइरसबाट सङ्क्रमित भएपनि सार्वजनिक नभएको बताउँछन् । यसकारण विश्वमा यो भाइरस महामारी बढ्नुमा अमेरिकाकै कमजोरी भएको देखिन्छ । यो भाइरस अमेरिकी जल सेनामार्फत उहानमा फैलिएकोबारे ट्रम्पले हालसम्म तार्किक जवाफ दिएका छैनन् ।
प्रजग कोरियाले आफ्नो देशमा कोभिड –१९ नभएको घोषणा ग¥यो तर अमेरिकालाई विश्वास लागेन । दक्षिण कोरियाको निम्ति अमेरिकी सैन्य अधिकारी रोवर्ट अब्राम्सले प्रजग कोरियाले कोभिड–१९ सङ्क्रमण नभएको बताए पनि त्यो सम्भव नहुने बताए । अमेरिका आफ्नो पक्षमा नरहेका देशको यथार्थलाई पनि सम्भव देख्दैन । बरु यसले झूट बोले पनि बाँकी विश्वले समर्थन गर्नुपर्ने दबाब दिन्छ । दक्षिण कोरियामा २८ हजार ५ सय हतियारधारी अमेरिकी सैनिक तैनाथ छन् ।
ट्रम्पले विज्ञान र प्रविधिमा अमेरिका बलियो भएको दाबी गरे पनि यो भाइरस रोक्न हालसम्म अमेरिकाको कुनै प्रभावकारी भूमिका देखिएको छैन ।
भारत अन्धविश्वासमा
भारतका प्रम मोदीले भारतीय जनतालाई चैत २३ गते राती ९ बजेर ९ मिनेटको समयमा बत्ती निभाएर टर्च, दियो, मैनबत्ती बाल्न लगाए । सन् १९८० अप्रिल ६ का दिन भारतीय जनता पार्टीको स्थापनाको दिनको अघिल्लो रातको अवसर जुराएर सारा भारतीयलाई बिजुली निभाउन लगाएको र टर्च, मैनबत्ती, दियो बाल्न लगाएको रहस्य खुल्यो । त्यस्तै सन् १९८० मार्च २२ का दिन साँझ ५ बजेर ५ मिनेटमा भाजपाको राष्ट्रिय स्वयम्सेवक सङ्घ गठनको साइत जुराएर मोदीले गत मार्च २२ का दिन जनता कफ्र्यु घोषणा गरी साँझ ५ बजेदेखि ५ मिनेट ताली, थाली, घण्टा बजाउन लगाए । तर, मोदीले ती दुवै कार्यक्रम यो भाइरस नियन्त्रणको लागि गरेको दाबी गरे ।
यो भाइरस नियन्त्रण गर्न सङ्क्रमित व्यक्तिलाई उपचार गर्नुपर्ने र उनको सम्पर्कमा पुगेका सबैलाई अलग्ग राखेर परीक्षण गर्नुपर्ने हुन्छ । मोदीले चैत ११ गते भारतमा मानिसलाई २१ दिन घरबाहिर ननिस्कन आदेश दिए । तत्पश्चात् राजधानी दिल्लीलगायत सहरबाट लाखौँ श्रमिकहरू ५–७ सय किलोमिटर हिँडेरै आ–आफ्नो घर फिर्ता भए, हुँदै छन् । त्यहीबेला कतिपय नेपालीहरू भारत रोजगारीबाट नेपाल फिर्ता भए । यसले भारत र नेपालको खुला सीमा भएर लाखौँ नेपाली नेपाल पसे । यसले नेपाल र भारतमा कति सङ्क्रमण बढाउने हो आगामी दिनमा देखिनेछ । र, दुवै देशको खुला सीमा नियमित गर्नुपर्ने आवश्यकता थप टड्कारो भयो ।
ठगहरूको कारण नेपालमा पनि खतरा
नेपालमा यो भाइरस सङ्क्रमण नियन्त्रणको लागि आवश्यक स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको सार्वजनिक भयो । यो भ्रष्टाचारमा मन्त्री, मन्त्रीका छोराहरू, प्रमका सल्लाहकारहरू मुछिएको समाचार छ । यसबारे विवेकशील पार्टीको तर्फबाट बाग्मती प्रदेशका सदस्य रमेश पौडेलले चैत १९ गते अख्तियारमा उजुरी दिए । उजुरीबारे सञ्चारमाध्यममा बोल्नेक्रममा पौडेलले स्वास्थ्य उपकरण खरिद पारदर्शी नभएको उल्लेख गर्दै प्रजग कोरियामा जस्तो गर्न खोजेको आरोप लगाए । प्रदेश सांसद पौडेललाई प्रजग कोरियामा भ्रष्टाचार नभएको, शिक्षा–स्वास्थ्य निःशुल्क भएको र कोभिड–१९ सङ्क्रमितसमेत कोही नभएकोबारे जानकारी रहेनछ ! आप्mनो देशको घरेलु मामिलाबारे बोल्दा मित्र देशलाई चोट पु¥याउनु उचित होइन ।
प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदबार, सरकारी निवास बालुवाटार र राष्ट्रपतिको सरकारी निवास शितल निवास ठगहरूको घेरामा रहेको धेरै अगाडि नै सडक र सदनमा उठेको विषय हो । अहिले पनि विराटनगर जुट मिलको मेसिन अड्याउने सालको काठ, पार्टपूर्जा, कुरूवाघर, पर्खालसमेत भत्काएर इँटा बेच्नेहरू नै प्रधानमन्त्री ओलीलाई जनतासँग च्यानल बनाउन नसकेको, पार्टीभित्रको गुटलाई निस्तेज पार्न नसकेको, सरकारसँग सम्बन्ध राखी कुम्ल्याएका व्यवसायीलाई नियन्त्रण गर्न नसकेको सुझाव दिँदै छन् !
यसकारण, नेपालमा कोभिड–१९ भाइरस भुसको आगोजस्तै फैलिने खतरा बढेको र नियन्त्रण गर्न कठिन हुने सर्वसाधारणको अनुमान छ । नेपाल सरकारले स्वयम् घरबाट ननिस्कने आप्mनो आदेशलाई ठट्टाको रूपमा लिँदै सङ्क्रमणको आशङ्कित र निगरानीमा बसेकाहरूको स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन नसकेको देखिन्छ ।
२०७६ चैत २४
Leave a Reply