ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
धेरै वर्ष अगाडिको नगरपालिका ऐनमा एउटा बन्दोबस्त थियो, नगरलाई हानी–नोक्सानी पुग्ने कुनै नियम वा निर्णय नपा बोर्डले गरेमा त्यस निर्णयको पक्षमा मत दिनेहरूले आ–आफ्नो घर–घरानाबाट असुल उपर गर्ने । एक जनप्रतिनिधिलाई उत्तरदायी बनाउने बन्दोबस्त थियो त्यो ।
त्यस ऐनबारे आज पुनः छलफलको आवश्यकता छ । त्यसरी त्यस्तो बन्दोबस्त गरी जनप्रतिनिधिहरूलाई उत्तरदायी बनाउन सकिए नेपालमा देखिएको ‘डोजर आतङ्क’, ‘सामान खरिदमा भ्रष्टाचार’, र ‘ठेक्का पट्टा’ को अराजकता नियन्त्रण गर्न बाटो खुल्थ्यो ।
नेपालमा प्रजातन्त्र पुनः स्थापनापछिको संसद्मा प्रस्तुत हरेक निर्वाचन क्षेत्रबाट २–२ सय जना युवालाई विदेशमा श्रमिकको रूपमा पठाउने बजेट भाषण र म्यानपावर कम्पनीको कानुनी बन्दोबस्तको चर्काे विरोध नेमकिपाका प्रतिनिधिले प्रतिनिधिसभामै गरेका थिए । तर, तत्कालीन र त्यसपछिका सरकारहरूले त्यसलाई निरन्तरता दिए । त्यसले देशको विकास र समाजको संरचनामा निम्न खोटहरू देखाप¥यो –
क) ७० लाख युवाहरू बाहिरिँदा देशको कृषि उत्पादन, औद्योगिक उत्पादन र निर्माण सेवामा श्रमिकहरूको अभावको कारण देशको भौतिक विकासमा ठूलो नकारात्मक असर प¥यो,
ख) रेमिट्यान्सको व्यवस्थित उपयोगको बन्दोबस्त नहुँदा रकमको दुरुपयोग भयो र युवाहरूले पठाएको रकम र तिनका परिवारसमेत छिन्नभिन्न भई नेपाली समाजको मूल्य–मान्यतामा त्यसले ठूलो आघात पु¥यायो,
ग) आफ्ना युुुवाहरू विदेशमा र देशमा विदेशी श्रमिकहरू एवम् विदेशी ठग, लुच्चा, ठेकेदार तथा व्यापारीहरूको हालीमुहाली हुँदा देशको प्रशासन नै अलमलमा प¥यो ।
घ) निःशुल्क विदेश जान पाउने युवाहरूलाई घर–खेत बेच्न लगाएर राजधानीदेखि गाउँसम्मका जाली–फटाहा र शोषकहरूले परिवारको लाखौँ रुपैयाँको सम्पत्ति हिनामिना गरे भने केही हजार व्यक्ति करोडपति र अरबपति बने ।
ङ) अपाङ्ग, रोगी र असक्षम भएर फर्किएकाहरूको बन्दोबस्त कसले गर्ने ? सम्बन्धित म्यानपावर कम्पनीले गर्ने वा सरकारले गर्ने ? ठूूलो प्रश्न खडा भयो । आफ्नै देशमा काम गर्नेहरूको बन्दोबस्त गर्न नसक्ने सरकारले विदेशी कम्पनी र विदेशी मालिकको सेवा गर्नेहरूको बन्दोबस्त देशको कुन बजेटले गर्ने भन्ने प्रश्न तड्कारो छ । यसको उत्तर त्यसबेलाका अर्थमन्त्री, सरकार र समर्थक सांसदहरूले दिनु उपयुक्त हुन्छ, किनभने तिनीहरूले सोचेरै सदनमा प्रस्ताव राखेका होलान् !
विदेशीको भरमा आफ्नो अर्थतन्त्र चलाउने सोच वैदेशिक रोजगारमा जस्तै पर्यटन उद्योग र सेवामा पनि लागू हुन्छ । छिमेकी वा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्ने लडाइँ रोगब्याधी आर्थिक सङ्कट र अन्य कारणले पनि असर पर्नेबारे सरकार सचेत हुनैपर्छ ।
कोभिड–१९ को कारण अमेरिकामा ५ सय नेपाली सङ्क्रमितमध्ये एकै दिन ४ जना मरे । युरोपका देशमा पनि नेपाली पीडित छन् ।
(मजदुर, २४ चैत २०७६)
‘महाकालीपारि दुर्दशामा हजार नेपाली’, भारतीय प्रशासनले नेपालीलाई अमानवीय शिविरमा राखेको छ, हजारौँ नेपाली जोखिममा छन् । (नयाँ पत्रिका, २३ चैत २०७६)
भारतीय सीमाबाट डेढ लाख भित्रिए, २३ सयमात्र क्वारेन्टिनमा । ‘अस्ट्रेलिया गएको एक वर्ष नपुगेका करिब आठ हजार नेपाली विद्यार्थी समस्यामा’ ।
बन्दोबस्तविनाको ‘घरमै बस्ने’ (लकडाउन) को कारण ‘ललितपुरदेखि पैदलै सप्तरी’, ‘१४ दिन पुग्यो परीक्षण भएन’ ।
(कान्तिपुर, २४ चैत २०७६)
मजदुरहरूको कुनै बन्दोबस्त नगरी कारखाना बन्द, यातायात बन्द र पकेटमा पैसा छैन, लकडाउनको घोषणा भयो । यसकारण, काम गरी खानेलाई ‘रोगभन्दा भोकको पीर’ पर्नु स्वाभाविक छ ।
(कान्तिपुर, २३ चैत २०७६)
निर्णय गर्नुभन्दा पहिले सरकारले परिणामबारे सोच्नु र बन्दोबस्त गर्नु उत्तम – हाम्रो मत हो ।
Leave a Reply