भर्खरै :

नेकपाका कार्यकर्ताद्वारा निर्वाचन सामग्री नष्ट

मुगु ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान १०.३० बजेतिर निर्वाचन सामग्री लुटेर नष्ट गरेका छन् ।
सदरमुकाम गमगढी बजारदेखि तीन घन्टाको पैदल दूरीमा पुगिने रारा छायानाथ नगरपालिका–१२ मा पर्ने शोभा गाउँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतपत्र, मतपेटिकालगायत सबै निर्वाचन सामग्री लुटेर नष्ट गरिएको हो ।
सुरक्षाकर्मी खाना खाइरहेका समयमा करिब चार सयको सङ्ख्यामा आएका तिनले मतदान केन्द्र नियन्त्रणमा लिई सबै निर्वाचन सामग्री लुटेका हुन् । घटनापछि नेपाली सैनिकलगायत आवश्यक निर्वाचन सामग्री तथा थप सुरक्षाकर्मी उक्त मतदान केन्द्रमा पठाइसकिएको र आइतबार निर्धारित समयमा नै मतदान प्रक्रिया सुरु हुने प्रजिअ शरदकुमार पोखरेलले बताउनुभयो । उक्त मतदान केन्द्रमा तीन सय २४ मतदाता छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *