भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ बिहीबारदेखि सुरु हुने
- कार्तिक ११, २०८३
भक्तपुर, २६ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले यस वर्षको बिस्का जात्रालाई औपचारिकतामा सीमित गर्ने सम्बन्धमा बुधबार बिस्का जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठक बुधबार बस्यो ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरसबाट विश्वमा १४ लाखभन्दा बढीमा सङ्क्रमण र ८२ हजार जना भन्दा बढीको ज्यान गएको अवस्थामा जात्राको समयमा हुने सम्भावित जोखिमबाट बच्न सबैजना घरभित्रै सुरक्षित बस्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नगर प्रमुख प्रजापतिको अध्यक्षतामा बसेको उक्त बैठकले नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगिनको निम्ति चैत ११ गतेदेखि २०७७ वैशाख ३ गतेसम्म कुनै पनि नागरिक अति आवश्यक काममा बाहेक घरबार ननिस्कन ‘लकडाउन’ घोषणा गरेको र यस वर्षको बिस्का जात्रा पनि लकडाउनकै अवधिमा परेको हुँदा जात्रालाई औपचारिक पुजाआजामै सीमित गर्ने निर्णय गरेको छ ।
जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी यस अघि २०७६ चैत्र १० गते बसेको बिस्का जात्रा सञ्चालन कार्यदल २०७६ को बैठकले परम्परादेखि चलिआएको बिस्का जात्रालाई औपचारिक पुजाआजामा मात्रै सीमित गर्ने गरेको निर्णयलाई बैठकले उपयुक्त ठहर गर्दै बिस्का जात्रासँग सरोकार राख्ने जिम्मेवार पदाधिकारीहरूको बैठकले भैरवनाथ जात्रा, लि·ो उभ्याउने, टोल टोलमा हुने ब्रम्हायणी, माहेश्वरी, इन्द्रायणी, छुमा गणेश, बाराही जात्रालगायतका सम्पूर्ण जात्राहरू देवतालाई बाहिर ननिकाली देवता घर (द्योछेँ) मै सामान्य पुजा–आजामा मात्रै सीमित राख्ने निर्णय गरेको छ ।
बैठकमा प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, वडाध्यक्षहरू राजकृष्ण गोरा, कुमार चवाल, वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, भनपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याल, गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्य र जात्रासँग सम्बन्धित भैरवनाथ जात्रा सहयोग समिति, ब्रम्हायणी जात्रा, बाराही जात्रा, छुमा गणेश जात्रा, महाकाली जात्रा, याछें गणेश जात्रा, (लालाछे) गणेश जात्रा, इन्द्रायणी भजन, जेठा गणेश गुठीलगायतका गुठी नाइके तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकमा उपस्थित विभिन्न गुठी नाइके तथा प्रतिनिधिहरूले बिस्का जात्रालाई हुलहुज्जत नहुने गरी औपचारिक पुजाआजामा मात्र सीमित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
Leave a Reply