लुलाको जीतलाई विश्व नेताहरूले भने “ऐतिहासिक”
- कार्तिक १०, २०८३
उहान, ८ अप्रिल । अन्ततः कोभिड–१९ को महामारीलाई पराजित गरेर मध्य चीनको हुपे प्रान्तको उहान सहर बुधबारबाट खुलेको छ । उहानलाई कोभिड–१९ को महामारीलाई पूर्णतः पराजित गर्न ७६ दिन अर्थात् झन्डै एघार साता लाग्यो । बुधबारबाट उहानमाथि सरकारले लगाएका सबै बन्देज र रोक फुकुवा गरिएको छ ।
महिनौँदेखि सुनसान उहानका सडकमा फेरि गाडी गुड्न थालेका छन् । राजमार्गमा यात्रा शुल्क तिर्ने टोल गेटहरूमा कार र गाडीहरूको लामो लाम देखिन थालेको छ । मानिसहरू आफ्नो काममा फर्किन रेल चढ्न थालेका छन् । बजार खुल्न थालेको छ । पसलमा मानिसहरू किनमेल गर्न थालेका छन् ।
चीनको क्वानचाओको लागि उहानबाट मध्यरातमा हिँडेको रेलमा ४४२ जना यात्रु थिए । बुधबारमात्र उहानबाट विभिन्न गन्तव्यको लागि छुट्ने रेलमा ५५ हजारभन्दा बढी यात्रुहरूले यात्रा गर्ने त्यहाँका अधिकारीहरूले बताएका छन् । तीमध्ये झन्डै ४० प्रतिशत यात्रुहरू चीनकै प्रमुख उत्पादन केन्द्र दक्षिणी चीनमा गएका थिए । त्यस्तै साङ्घाई, सेनचेन र अन्य सहरका लागि २७६ वटा यात्रुवाहक रेल उहानबाट छुट्ने बताइएको छ ।
रेलमा यात्रा गर्ने यात्रुले रेलवे सेवाका कर्मचारीलाई आफ्नो स्वास्थ्यको अवस्था र तापक्रमबारे जानकारी दिनुपर्नेछ । साथै, सबै यात्रुलाई मुखमा मास्क लगाउन अहिले पनि अनिवार्य गरिएको छ । यात्रुहरू रेलभित्र पस्नु अगावै सबै रेल र रेलवे स्टेसनलाई सङ्क्रमणमुक्त बनाइएको थियो ।
त्यस्तै उहानबाट विभिन्न सहर जाने तीव्रगतिका रेलहरू पनि बुधबारबाट काममा फर्किएका छन् । सबभन्दा पहिलो तीव्रगतिको रेलले बुधबार बिहान ७ बजे उहान छोडेको थियो ।
उहानको तियानहे अन्तर्राष्ट्रिय विमानस्थलले पनि बुधबार सखारैबाट तीन महिनापछि काम पुनः काम थालेको छ । बुधबारमात्र उहानमा २ सयभन्दा बढी विमान भित्र–बाहिर गरेका थिए । विमानमा यात्रा गर्ने सबै यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गरिएको थियो । सिङ्गो चीनकै बीचमा पर्ने सहर भएकोले उहान हुँदै चीनका अन्य विभिन्न सहर र विदेशमा जाने–आउने यात्रु धेरै हुने गर्दछ ।
डिसेम्बरको अन्त्यतिर उहान सहरमा पहिलोपटक नोवेल कोरोना भाइरसको सङ्क्रमण फेला परेको थियो । जनवरी महिनामा सङ्क्रमणले सामुदायिक स्तरमा उचाइ लिएपछि जनवरी २३ मा पूरै सहरलाई लकडाउन गरिएको थियो । उहानबाट बाहिर वा भित्र जाने सबै यातायातका साधनमाथि पूर्णरूपमा बन्देज लगाइएको थियो । उहान सहरका मात्र ५० हजार मानिस कोभिड–१९ बाट सङ्क्रमित भएका थिए भने २ हजार ५७२ जना मानिसको निधन भएको थियो । चीनमा भाइरसको कारण निधन भएका कुल मानिसमध्ये उहान सहरमा मात्र आधाभन्दा बढी मानिसको निधन भएको थियो ।
सङ्क्रमण फैलिएलगत्तै चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकार र चिनियाँ जनताको संयुक्त लडाइँको कारण उहानमा कोभिड–१९ लाई पराजित गर्न सम्भव भएको चिनियाँ कम्युनिस्ट पार्टीको मुख पत्र पिपुल्स डेलीले बताएको छ ।
आज संसारका दुई सयभन्दा बढी देशमा कोभिड–१९ को सङ्क्रमण फैलिसकेको छ । बुधबारसम्ममा ८३ हजारभन्दा बढी मानिस यो भाइरसका कारण निधन भइसकेको छ । संसारलाई यो भाइरसबाट पूर्णतः मुक्ति पाउन अझै महिनौँ लाग्न सक्छ । तर, उहानमा भाइरसले ताण्डव नृत्य देखाएलगत्तै चीनले अन्तर्राष्ट्रिय समुदायलाई यो भाइरसको सङ्क्रमणबारे समयमै सूचना दिएको कारण अरू देशहरूले महामारी प्रतिरोधको लागि पूर्वतयारी गर्ने मौका पाए । तथापि केही देशहरूले भने महामारीको गम्भीरतालाई बेवास्ता गर्दै दोषारोपण र झूटो आत्मविश्वासका कारण भाइरसले अझै क्षति पार्ने मौका पाएको छ ।
तीन महिनाको कष्टसाध्य लडाइँपछि उहानले पुनःजीवन पाउनुबाट संसारलाई कोभिड–१९ भाइरसलाई पराजय गर्न सकिन्छ भन्ने कुरा स्पष्ट पारेको छ । उहानको विजयबाट सिकेर अब संसारले यो भाइरसविरुद्धको अन्तिम लडाइँ लड्नुपर्छ ।
मजदुर दैनिक, २०७६ चैत्र २६ गते
Leave a Reply