कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
राजन
दिकदार लाग्छ, बारम्बार एउटै कुरा सुन्नु पर्दा, हेर्नु पर्दा । टेलिभिजनदेखि सामाजिक सञ्जाल जता हेरे पनि, कुनै फरक समाचार भेटिन्न अहिले । त्यही कोरोना । हुँदाहुँदा फोन गर्दा वा उठाउँदासमेत त्यही कोरोना सुन्नु पर्ने । कोरोनाका लक्षण भन्दै कान खाने गरी कराउँछ । सुन्दा सुन्दै सम्पूर्ण लक्षण आफैमा भएकोजस्तो हुने । अहिलेको समय नै यस्तो छ सद्दे मानिस पनि बिरामीजस्तो देखिने । कोरोनाको संक्रमणको सुरुवाती दिनहरूमा धेरै युवायुवतीहरूमा के विश्वास थियो भने कोरोना ६० नाघेकालाई मात्र लाग्ने रहेछ । जब कोरोनाले आफ्नो हैसियत देखाउदै २२ वर्षको तन्नेरी खेलाडि समेत आफुमा समाहित ग¥यो तब धेरै बलिया बाङ्गाको अवस्था पनि इन्तु न चिन्तु बनाइ दियो । हिजो अस्तिसम्म मै हुँ भन्नेहरू पनि सिल्टीरमुर खाएका छन् । बेलायतका प्रधानमन्त्री समेत आइसियुमा थला परेपछि जस्तोसुकै रोग लागे पनि विदेश गएर निको पार्छु भन्ने हाम्रा ठूला ठूला नेताहरूको पनि होस गुम भएको छ । जब अमेरिकी राष्ट्रपति ट्रम्पका धनाढ्य साथीलाई पनि कोरोनाले बढारेर लग्यो पैसाको भरमा रोगलाई पेलेरै निको पार्ने अहंम बोकेका ढनाढ्यहरूको पनि मुखमा पानी सुकेको छ । केही समयअघि सम्म गर्मी याम आएपछि कोरोना आफै हराउँदै जान्छ भन्ने आम विश्वास थियो । तर गर्मी बढेसँर्गै म पनि के कम’ भने पारमा कोरोनाले पनि आफ्नो उग्ररुप देखाउँदै गएकोे छ । यसले गर्दा धेरै मानिसहरू कोरोना सम्झेरै आत्मविश्वास गुमाउँदै छन् ।
तर महामारी भन्दैमा “न रातको निद्रा, न दिनको भोक” झैँ चिन्तित भएर आत्मविश्वास गुमाउनुु पनि त ठीक होइन । यस्तो बेला झन हामीले आत्मविश्वास जगाउनु पर्छ । सकारात्मक सोचको विकास गर्नुपर्छ । कसरी जगाउने, कसरी विकास गर्ने त ? कोरोनाले कस्ता कस्ता खालका मानिसहरूलाई आक्रमण गर्न सक्दैन भन्ने बुझेर त्यस्तो गुण आफूमा रहेको ठान्नु पर्छ । कोरोना भाइरसलाई साह्रै मनपर्ने मानिसको फोक्सो रहेछ । त्यसैले धूम्रपान गर्नेहरू संक्रमित भएमा धुम्रपान नगर्नेहरूभन्दा १४ गुणा बढी जोखिममा पर्ने रहेछ । यदि तपाईमा धुम्रपानको लत छैन भने तपाई ढुक्क हुनसक्नु हुन्छ र्कि मलाई कोरोनाले छुन सक्दैन ।’ यही कुरालाई मनन गरेर कोरोनाको महामारी शुरु भए पछि थुप्रै मानिसहरूले धुम्रपान त्यागेका छन् । यदि तपाईं अझै धूमपान गरि राख्नु भएको छ भने तपाईंले पनि आजैदेखि सो बानी त्याग्नु उचित हुनेछ ।
महामारी भन्दैमा “न रातको निद्रा, न दिनको भोक” झैँ चिन्तित भएर आत्मविश्वास गुमाउनुु पनि त ठीक होइन । यस्तो बेला झन हामीले आत्मविश्वास जगाउनु पर्छ । सकारात्मक सोचको विकास गर्नुपर्छ । कसरी जगाउने, कसरी विकास गर्ने त ? कोरोनाले कस्ता कस्ता खालका मानिसहरूलाई आक्रमण गर्न सक्दैन भन्ने बुझेर त्यस्तो गुण आफूमा रहेको ठान्नु पर्छ ।
यदि तपाईं पूर्ण रुपले स्वस्थ हुनुहुन्छ भने सानोतिनो सतर्कता अपनाउँदा पनि संक्रमणले छुनै सक्दैन भन्ने आत्मविश्वास जगाउनु पर्छ । विशेष गरि तपाईंमा उच्च रक्तचाप, मधुमेह वा श्वासप्रश्वास सम्वन्धी समस्या छ भने थोरै सतर्कता अपनाउनु पर्छ । आफ्नो तौल डाक्टरले सुझाव दिएभन्दा बढी वा घटी छ भने वा अन्य कति आफैले सुधार गर्न मिल्ने समस्या छन् भने आजैदेखि तिनलाई सुधार गर्न थाल्नु सान्दर्भिक हुन्छ । उमेर त कसैले नियन्त्रण गर्न सकिने कुरा भएन तर धेरै अन्तरर्निहित स्वास्थ्य समस्या भने केही हदसम्म मानिस आफैले लाग्न नदिन वा नियन्त्रण गर्न सक्तछ । पैत्रिक दुर्भाग्यबाट जन्मिदै लिएर आएका केही रोग, क्यान्सर जस्ता समस्या र अङ्ग प्रत्यारोपणजस्ता कुराबाहेक अन्य धेरै रोगबाट मानिस आफ्नो जीवनशैलीमा सुधार गरेर मुक्त हुन सक्छ । त्यसको साथसाथै सधैं स्वस्थ रहनका लागि सन्तुलित भोजन, दैनिक आवश्यक व्यायाम तथा स्वस्थ सोचप्रति पनि ध्यान दिनु अपरिहार्य छ । यस्ता महामारीहरू विगतमा पनि कहिले प्लेगका रूपमा, कहिले स्पेशिन फ्लुको रूपमा त कहिले औलोका रूपमा धेरै आएका थिए र करोडौं मान्छे मरेका थिए । अहिले सूचना र सञ्चारको युग भएर बढी हल्ला भएको मात्र हो । त्यसैले यो महामारीबाट हामीले ठूलो पाठ सिक्न सक्छौं र सधैं सक्दो स्वस्थ रहन प्रयास गर्न सक्छौं ।
नेपाली भनाई छ नि “बोल्ने को पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।” त्यसरी नै बोलिराख्ने ठगको फन्दामा परेर हामी तिनीहरूकै लहलहैमा लाग्छौँ । हुनत सर्वसाधारणको के कुरा प्रधानमन्त्रीजस्तो पदमा आसिन व्यक्तिहरू समेत यस्ता ठगहरूको पछि लागि देश र जनतालाई भड्खालोमा जाँकिसके ।
वास्तवमा नेपालमा वार्षिक सामान्य मृत्यु दर १ दशमलव ५ प्रतिशत छ । यसैलाई आधार मान्ने हो भने नेपालमा हरेक दिन ११ सय मान्छेको स्वभाविक मृत्यु हुन्छ । तर यो माहोलमा कसैको मृत्यु हुँदा मान्छे अाँत्तिई हाल्छ, कोरोनाले हो कि भनेर । भर्खरैको कुरा मेरा आदरणिय मामाबाजेको निधन भयो । अन्तिम संस्कार सकेपछि म हनुमान घाटबाट फर्कैदै थिए । बाटोमा एकजना चिनेकै मान्छे भेट भयो । कुरै कुरामा मामाबाजेको मृत्युको कुरा सुनाउँदा उनले अनायासै कोरोना हो कि भनेर जिज्ञासा राखि हाले । यस कुराले प्रष्ट पार्छ की हामी कोरोनाको त्रासले कति भयभीत रहेछौ ।
तर आत्मविश्वास जगाउने नाममा अन्धविश्वासलाई बढावा दिने कुनै काम हामीले गर्नु हुँदैन । केही दिनअघि देखि नेपाली सामाजिक सञ्जालमा दुई वटा भिडियो भाइरल भएका छन्, एउटामा “राका साका लाका” आदि नबुझिने मन्त्र फूकेर एक जना पास्टरले “कोरोना भाग, कोरोना भाग” भन्दै थियो भने अर्कोमा त्यस्तै भगवानका दूतले स्वर्ग जानको लागि भगवानबाट प्रमाणपत्र दिइएको, पापबाट मुक्त हुनका लागि त्यस्तै अर्को प्रमाणपत्र वितरण गरिएको । यो तनाबको माहोलमा एकजना क्रिश्चियन पादरी भन्ने आचार्यले स्वर्गको नागरिकता वितरण समेत गर्न भ्याए । अन्धविश्वासी जनता त्यसैलाई विश्वास गर्दै कोरोनाबाट मर्नु परे पनि ढुक्कै मरुजस्तो गरी स्वर्गको नागरिकता लिन तछाडमछाड गरे । झार फूक गरेर, माताजी कहाँ गएर वा धामीझाँक्री गरेर रोग निको पार्ने त पुरानै चलन हो । आआफ्नो धर्मप्रति आस्था राख्नुको अर्थ यो होइन कि धर्मका रहेको हरेक कुरालाई आँखा चिम्लेर विश्वास गर्ने ।
नेपाली भनाई छ नि “बोल्ने को पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।” त्यसरी नै बोलिराख्ने ठगको फन्दामा परेर हामी तिनीहरूकै लहलहैमा लाग्छौँ । हुनत सर्वसाधारणको के कुरा प्रधानमन्त्रीजस्तो पदमा आसिन व्यक्तिहरू समेत यस्ता ठगहरूको पछि लागि देश र जनतालाई भड्खालोमा जाँकिसके । यस्ता धर्मका ठेकेदारहरूले अनेक आश्वासन दिन्छन् र त्यसैमा विश्वास गरेर सर्वसाधारण जनता आत्मविश्वासका साथ रोग लाग्दा पालन गर्नु पर्ने नियमको वेवास्ता गर्छन् । हो, यहीबाट समस्या शुरु हुन्छ । अन्धविश्वासमा लागेर थुप्रै मानिसहरूको ज्यान समेत गएको छ । यस्तो अन्धविश्वासमा लागेर आउने आत्मविश्वास हामीले पाल्नु हुँदैन । यस्तो विषम परिस्थितिमा पनि आत्मविश्वास जगाउँ, सम्पूर्णमा नयाँ वर्षको शुभकामना ।
Leave a Reply