कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
सुजी ह्यंगोजू, एसईई परीक्षार्थी
सन् २०१९ को डिसेम्बर ३१ का दिन चीनका हुपैई प्रान्तको उहान सहरमा कोरोना भाइरस पत्ता लाग्यो । हाल हरेक क्षेत्रमा कोरोना भाइरस चर्चाको विषय बनेको छ । कोरोना भाइरस श्वास–प्रश्वासको माध्यमबाट एक सङ्क्रमित व्यक्तिबाट अरू व्यक्तिलाई सजिलै सर्ने सरूवा रोग हो । चीनमा पत्ता लगेको यस भाइरसले चाँडै नै महामारीको रूप लियो र व्यङ्ग्यात्मक हिसाबले भन्नुपर्दा कोरोना भाइरसको विश्व भ्रमण सुरू हुने क्रम अघि बढ्यो । सन् २०२० फेब्रुअरी ११ का दिन विश्व स्वास्थ्य स·ठनले यस भाइरसबाट लाग्ने रोगलाई कोभिड–१९ को नाम दियो । चीनमा भाइरसको प्रवाह घटेसँगै इटली, संरा अमेरिका, स्पेनजस्ता देशहरूमा यसको प्रवाह बढ्दै छ । विश्व स्वास्थ्य स·ठनका अनुसार नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा पर्ने मुलुकहरूमध्ये एक हो ।
हुन त, कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालमा ‘भ्रमण वर्ष २०२०’ लगायत थुप्रै सहायक महोत्सवहरू स्थगित भए । सरकारको निर्णय र आदेशबमोजिम चैत ५ गतेसम्म देशभरका कक्षा ९ सम्मका विद्यार्थीहरूको अन्तिम परीक्षा सकिएको थियो । तर, कक्षा १० को एसईई परीक्षा चैत ६ गतेदेखि सुरू हुने तालिका थियो । मजस्ता ४ लाख ८० हजारभन्दा बढी एसईई परीक्षा हुने भनिएको अघिल्लो दिन अर्थात् चैत ५ गतेसम्म कोही कति डराइरहेको हुँदो हो त कोही कति उत्साहित भएर मन लगाएर परीक्षाको लागि मेहनत र तयारी गर्दै हुँदो हो । चैत ५ गते बेलुका ६ः३० बजेतिर मलाई साथीको फोन आयो र भन्न थाली, “समाचार हेर त, एसईई पोस्टपोन्ड भएछ” ठट्टा गरेको जस्तो लागेर म हाँसे । तर, टीभी खोलेर हेरेर हेर्छु त जता पनि ‘ब्रेकिङ न्यूज’ थियो, “भोलिदेखि हुने भनिएको एसईई परीक्षा अहिलेलाई स्थगित ।” अन्तिम क्षणमा आएर किन यस्तो भन्दै म आत्तिएँ, साथीहरू पनि आँत्तिएका थिए । स्वाभाविकै थियो, भोलि बिहान ८ बजेदेखि हुने भनिएको आज बेलुकी आएर परीक्षा नहुने खबर सुन्दा नआत्तियोस् पनि कसरी ? जसरी म र मेरा केही साथीहरू आत्तिए, त्यसरी सबैजना आत्तिएका रहेनछन् । कोही–कोही त खुसी पनि रहेछन् ! म अचम्भित भएँ, तर त्यहीँ एकदिन मात्र ।
परीक्षा नहुने भएपछि कोठामा छरिएका किताब–कापीहरू एक ठाउँमा राखेँ । दुई–तीन दिन साथीकोमा आउनु–जानु रह्यो । एक ठाउँमा राखेका किताब–कापीहरू दुई–तीन दिन हुँदै हप्तौँसम्म उहीँको उहीँ रहे । परीक्षा कहिले, के–कता कसरी हुन्छ कसैलाई केही खबर थिएन । एक महिना पछि हुन्छ रे भन्ने हल्ला सुनेँ । कुनै कुरामा पनि विश्वास लागेन । लाग्नु पनि कसरी र ? परीक्षा हुने भनिएको केही हप्ताअगाडि जहाँ कहीँ एसईई स्थगित हुन्छ भनिएको थियो, सबै हल्लामात्र भई एसईई तोकिएको मितिदेखि नै हुन्छ भनिएको थियो । तर, त्यस्तो त भएन ।
मजस्तै कतिले सोचेका होलान् एसईईपछि यो गर्छु, त्यो गर्छु भनेर । कतिले कति मेहनत र तयारी गरेका हेलान्, सबै एकैछिनमा भताभु·जस्तै भयो । के भयो के ! त्यस्तो अवस्थामा रिस उठ्नु अचम्मको कुरा थिएन । तर, मैले त्यतिबेला अन्तिम क्षणमा आएर स्थगित भएको मात्र देखेँ वा हेर्न खोजेँ, किन भयो भन्ने कुरा बुझ्नै खोजिनँ । भारतमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दो थियो । नेपाल र भारतको खुला सिमानाका कारण नेपालको अवस्था भयावह थियो । एसईई परीक्षामा धेरैजना विद्यार्थी र शिक्षकहरू एकै ठाउँमा भेला हुने अवस्था थियो । इटाली र संरा अमेरिकाजस्तो देशमा त्यस्तो बेहाल हुँदो हो त नेपालमा के हुने हो भन्ने कुरा बुझ्न मलाई अलि बेर लागेको अनुभूति भयो । चैत १० गते नेपाल सरकारले चैत १८ गतेसम्मको लागि बन्दाबन्दी (लकडाउन) घोषणा गर्यो । दिनभरि घरमै बस्ने दिनहरू आए । यस्तो बेला पढ्नका लागि पर्याप्त समय थियो र छ । कति त अझ बढी कम्मर कसेर अझ राम्रो ग्रेड ल्याउन भनेर पढ्दै होलान् । कति भने परीक्षा कहिले हो, केही खबर छैन, पढ्छुभन्दा पनि मन नै नहुने, अल्छि लाग्ने भनेर सोच्दै होलान् । निश्चित नभएको परीक्षा कहिले पो हुने हो र, बन्दाबन्दीको समय लम्बिँदै आएको हुँदो हो, चैत १८ गतेबाट चैत २५ गते, फेरि चैत २५ बाट २०७७ वैशाख ३ गतेसम्म पुगिसकेको अवस्था छ । बिस्का जात्रा, मच्छिद्रनाथको रथयात्रा, घोडे जात्रा आदि जात्राहरू स्थगन भइसकेको यस्तो कठिन अवस्थामा बितिरहेका लामालामा दिनहरूमा कति परीक्षार्थीहरूले आफ्नो तयारी रोकिराखेको अवस्था भएको होलान् ।
फेसबुक खोली साथीहरूसँग बोल्दा जसको पनि प्रश्न हुन्छ, “कतिको पढ्दै छौ त ?”, “खै के हो के ? पढेकै छैन” भनेर जवाफ फर्काउँदा पनि पत्याउँदैनन् । पत्याउँदै नपत्याएको भए सोध्छन् नै किन भनी सोच्नपुग्छु । उही प्रश्न मैले दोहोर्याउँदा भन्छन्, “छैन पढेकै ।” अब म पत्याउने कि नपत्याउने ?” म त पत्याउँछु ।
कोभिड–१९ ले शिक्षा, पर्यटन, धर्म, खेलकुद, अर्थतन्त्र, सामाजिक जनजीवन, संस्कृति, राजनीतिलगायत सबै पक्षमा नकारात्मक असर परेको घामजत्तिर्कै छर्ल· छ । अनि अहिलेको यो कठिन समय हरेक चीजमा सकारात्मकता खोज्नुपर्ने समय बनेको छ । परीक्षा आउन पर्याप्त समय छ, मेहनत गरौँ र तोकिएको समयमा भएको भए आउने ग्रेड र जीपीए भन्दा बढी ल्याउनको लागि तयारी र मेहनत गर्ने समयको रूपमा समयको सदुपयोग गर्नु नै बेस हुनेछ । यसैमा सबै एसईई परीक्षार्थीहरूको भलाइ हुनेछ ।
Leave a Reply