भर्खरै :

कोरोना भाइरसको जोखिम र हाम्रो दायित्व

सुनिल प्रजापति,
प्रमुख, भक्तपुर नगरपालिका
कोरोना भाइरसको कारण अहिले सारा विश्व आक्रान्त छ । हरेक दिन दसौँ हजार मानिसमा थप सङ्क्रमण, हजारौँको मृत्युजस्ता समाचारहरू सुनेर जनता त्रसित छ्न् । संरा अमेरिका अहिले कोरोनाको केन्द्र बनेको छ । चैत २६ गतेसम्मको तथ्याङ्कअनुसार विश्वमा १४ लाख बढीमा सङ्क्रमण भइसकेको र ८२ हजार बढीको मृत्यु भइसकेको छ । संरा अमेरिकामा मात्र ४ लाख बढीमा सङ्क्रमण भएको र १२ हजार ८ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । सङ्क्रमितहरूको सङ्ख्या संसारको कुनै पनि देशको भन्दा यो सबभन्दा बढी हो । इटालीमा १७ हजार, स्पेनमा १४ हजार, फ्रान्समा १० हजार बढीको मृत्यु र लाखौँको सङ्ख्याका सङ्क्रमितहरूले त्यहाँको भयावह स्थितिलाई देखाउँछन् । इरान, जर्मनीलगायत विश्वभरि आगोसरि फैलिएको यो रोग सारा मानव जातिको निम्ति अत्यन्त खतरा बन्दै छ ।
चीनले छोटो समयमै कोरोनालाई नियन्त्रणमा लियो । विश्वको २ सत्न्दा बढी देशमा रोग फैलिसक्दा प्रजग कोरियाले आफ्नो देश कोरोनामुक्त घोषणा ग¥यो र क्युवाले कोरोनाको उपचारको निम्ति आफ्ना चिकित्सकहरूलाई विभिन्न देशमा पठाउँदै छ ।
समाजवादी र पुँजीवादी राज्य व्यवस्थामा राज्य आफ्ना नागरिकप्रति कति जिम्मेवार हुन्छ भन्ने अहिले स्पष्ट देखिएको छ । चीनले उहानमा कोरोना सङ्क्रमित भएको चाल पाउनासाथ ‘लकडाउन’ ग¥यो । सरकारले दिएको आदेशलाई त्यहाँका जनताले पालना गरेर कोही घरबाट ननिस्की सहयोग गरे । सरकारले पनि नागरिकप्रतिको कर्तव्यलाई ध्यानमा राखेर घर–घरमा खाना पु¥याउने व्यवस्था ग¥यो । विदेशी नागरिक र विद्यार्थीलाई पनि राम्रो बन्दोबस्त गरेर लकडाउनको अवस्थामा कोही पनि विदेशीलाई बाहिर नपठाई घरमै क्वारेन्टिनको व्यवस्था ग¥यो । सरकार र जनताको एकताले चीनले अत्यन्तै छोटो समयमा कोरोना भाइरसलाई नियन्त्रणमा लिन सम्भव भएको हो ।
अमेरिका, इटालीजस्ता देशहरूले चीनले गरेको कामबाट शिक्षा लिन चाहेनन् वा सकेनन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेर चीनप्रति घृणा फैलाउने कोसिस गरे । चीनमा यो रोग फैलिएकै बेला अमेरिका, इटालीलगायतले सतर्कता र सजगता अपनाउन सकेको भए सायद ती देशहरूले आजको स्थिति भोग्नुपर्ने थिएन ।
अमेरिकामा बस्ने नेपालीहरूको भनाइअनुसार अहिले न्युयोर्कलगायतका राज्यहरूमा डिपार्टमेन्टल स्टोरहरूमा खाद्यान्नको अभाव छ, अस्पतालहरूमा भेन्टिलेटर नपुगेर बिरामीको बेहाल छ र कैयौँ गरिबहरू उपचार नपाएर मृत्युको मुखमा छन् । घोषितरूपमा सरकारले लकडाउन नगरे पनि जनता बाहिर आउन डराइरहेका छन् ।
न्युयोर्क राज्यमा ३ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मेरिल्यान्ड राज्यका नेपाली मूलका विधायक ह्यारी भण्डारीका अनुसार अमेरिकामा बस्ने ५ सय जनाभन्दा बढी नेपालीमा कोरोना भाइरसको सङ्क्रमण भइसकेको छ ।
भनिन्छ, समय अत्यन्त बलवान् हुन्छ । चीनले रोगको गम्भीरतालाई समयमै चिनेर ‘लकडाउन’ ग¥यो । केही समय ठूलो आर्थिक क्षति व्यहो¥यो । नागरिकको स्वास्थ्त्न्दा ठूलो आर्थिक हुनसक्दैन भन्ने विश्वलाई शिक्षा दियो । अहिले कोरोनाविरूद्ध विश्वलाई चिकित्सक र स्वास्थ्य उपकरणहरू पठाई सहयोग गर्दै छ । अमेरिका, इटाली, स्पेनलगायतले रोगप्रति बेवास्ता गरे, समयमै रोगबाट नागरिकलाई बचाउने सुरक्षाका उपायहरू अपनाउनेतर्फ ध्यान दिएनन् । त्यतिञ्जेल रोग भित्रभित्र भुसको आगोसरि फैलियो । आज युरोपकै विकसित देशका सरकारहरू कोरोनासित लड्न असमर्थ हुँदै छन् ।
अमेरिकामा रोगको सङ्क्रमणमा वृद्धिसँगै अस्पतालहरूमा स्वास्थ्यसम्बन्धी उपकरणहरूको माग बढ्दो छ । राष्ट्रपति ट्रम्पले बिरामीको लागि आवश्यक भेन्टिलेटर उत्पादनमा जोड दिनुको सट्टा बजेटमा हातहतियार उत्पादनमा जोड दिएको भन्दै जनताको विरोध खेपिरहेका छन् । हो, पुँजीवाद नाफाप्रधान हुन्छ । नाफा नहुने कुनै पनि क्षेत्रमा पुँजीपतिहरू लगानी गर्न चाहँदैनन् । गरिब जनताको जीवन पुँजीपति वर्गको निम्ति कीराफट्याङ्ग्राभन्दा पनि मूल्यहीन हुन्छ ।
कोरोना भाइरसले भौगोलिक सीमा, जातजाति, वर्ग र धर्म चिन्दैन । आज सिङ्गो मानव जातिकै निम्ति कोरोना एक चुनौती बनेको छ । विश्वको कुनै भागमा कोरोनाको अस्तित्व रहुञ्जेल त्यसले कुनै पनि बेला विश्वभर दुःख दिनसक्छ अर्थात् विश्व सुरक्षित भएको सुनिश्चितता हुँदैन । त्यसैले विश्वका मानव जातिकै रक्षाको निम्ति सबै एक भएर कोरोना भाइरसविरूद्ध लड्नु आजको आवश्यकता हो ।
नेपालमा अहिलेसम्म ९ जना नागरिकसँग कोरोना भएको पुष्टि भएको छ । कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको पुष्टि नभए पनि नेपाली समाजमा यो रोग भित्रभित्रै फैलिरहेको त होइन ? कुनै पनि बेला विस्फोट हुने त होइन ? भन्ने धेरैको आशङ्का छ ।
नेपालीहरूसँग चीनले गरेको कोरोना नियन्त्रण, संरा अमेरिका, इटाली, स्पेनलगायतका देशमा नियन्त्रण हुन नसक्नाका कारणबारे अध्ययन गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने प्रशस्त समय थियो र छ । नेपाल सरकारले चैत ११ गतेदेखि २०७७ वैशाख ३ गतेसम्म लकडाउनको घोषणा ग¥यो । यसलाई चैत १ बाटै लागू गरेको भए हामी आजको अवस्थामा पुग्दैनथ्यौँ कि भन्ने अनुमान गर्न सकिन्छ । किनभने चैत ४ गते कतार एयरबाट आएका नागरिकबाट सङ्क्रमण भएको देखिएको छ ।

नागरिकहरूमा स्वअनुशासनमा बस्ने बानीको विकास गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो ।
ठूलाठूला र विकसित देशहरूले समेत कोरोनाविरूद्ध लड्न गा¥हो मानिरहेको बेला साँच्चै नेपालमा त्यस्तो भयावह स्थिति आयो भने के होला ? आजैबाट हामी सबैले सोच्नु जरूरी छ । लकडाउनको अवधिभर कोही पनि नागरिक घरबाट ननिस्केर कोरोनाविरूद्धको महामारी फैलिनबाट जोगाउन सकिन्छ । यो नै कारोनाबाट बच्ने सहज उपाय हो । केन्द्र, प्रदेश र स्थानीय तहका सरकार र नागरिकहरू सबैले समाज र देशप्रतिको आ—आफ्नो दायित्व निर्वाह गरे कोरोना भाइरसको सम्भावित जोखिमबाट नेपाल र नेपालीहरूलाई सुरक्षित राख्न सकिन्छ ।

अरू कति देशहरूले त अध्ययन गर्ने र सोच्ने समय पनि पाएनन् । नेपालले अरूको सफलता र असफलताको अध्ययन गर्ने समय पाएको छ । त्यति हुँदाहुँदै समयमा चिकित्सकहरूको लागि आवश्यक पीपीई, मास्क, पन्जालगायतका वस्तुहरू उपलब्ध गराउन नसक्नु, निजी अस्पतालहरूले बिरामी जाँच्ने सेवा बन्द गर्दासमेत कारबाही गर्न नसक्नु, अस्पतालहरूमा आवश्यक सङ्ख्यामा भेन्टिलेटरहरूको व्यवस्थामा ध्यान दिन नसक्नु सरकारको कमजोरी हो । सम्भाव्यता अध्ययनै नगरी बिना कुनै तयारी र आवश्यक उपकरणहरू उपलब्ध नगरी हचुवाको भरमा स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन वार्डको व्यवस्था गर्न पत्राचार गर्नु उपयुक्त होइन । यस्तो सङ्कटको बेला चीनबाट ल्याइएको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको कुरा सार्वजनिक भएपछि अर्को समस्या निम्तिएको छ ।
आर्थिक अनियमितता भएको भए विवादितहरूलाई अलग गरेर त्यसबारे नयाँ प्रक्रियाबाट भए पनि स्वास्थ्य सामग्री छिटोभन्दा छिटो सबै अस्पताल र स्वास्थ्यकर्मीहरूबीच पु¥याउनु आवश्यक छ । स्वास्थ्य सामग्री कहिले निजी क्षेत्रलाई, कहिले सरकार आफैँ ल्याउने त कहिले सेनालाई जिम्मेवारी दिनेजस्ता अलमलका कुराहरू बाहिर आउँदै छन् । हामी समय भएसम्म यसरी नै अलमल गरेर के इटालीको अवस्था कुरिरहेका त छैनौँ ? हामी सबै गम्भीर हुुनु आवश्यक छ । रोगको महामारी फैलिएपछि केन्द्र, प्रदेश र स्थानीय सरकार एकले अर्कोलाई दोष दिएर कोही पार लाग्नेवाला छैन । सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न जरूरी छ ।
नेपाल–भारत खुला सीमाको फाइदा उठाएर चैत १ गतेपछि मात्रै लाखौँ नेपाली भारतबाट नेपाल प्रवेश गरेका छन् । लकडाउनपछि नै हजारौँको सङ्ख्यामा प्रवेश गरेको विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन् । समयमै सरकारले हवाई मार्गबाट नेपाल प्रवेश गरेका जतिलाई सुरक्षितसाथ क्वारेन्टिनमा राख्ने र दक्षिणको खुला सिमानाबाट प्रवेश गर्नेहरूका लागि ठाउँ–ठाउँमा क्वारेन्टिनको व्यवस्था मिलाएको भए यो स्थिति आउने थिएन । क्वारेन्टिनमा बसेका कति नागरिक भागे, अहिले पनि सिमानामा बसेर सयौँको सङ्ख्यामा देश प्रवेशको लागि पर्खिरहेका छन् । तिनीहरूमध्ये कुनै एक जनामात्रै कोरोना सङ्क्रमित भए के हुन्थ्यो ? सहजै अनुमान गर्न सकिन्छ । आफ्नो नागरिकको सुरक्षा गर्ने पहिलो जिम्मेवारी राज्यको हो । अन्य नागरिकहरूको स्वास्थ्यमा असर नपर्ने गरी सुरक्षामा ध्यान दिनु पनि त्यत्तिकै आवश्यक छ ।
यस्तो महामारी वा सङ्कटको बेला नागरिकको अनुशासन झनै महत्वपूर्ण हुन्छ । सरकारले लकडाउन घोषणा गरेको बेला अति आवश्यक भएमा बाहेक बाहिर ननिस्केमा नागरिक आफैँ सुरक्षित हुने हो । कतिपय नागरिकहरूमा अनुशासनमा नबस्ने र सरकारको आदेश वा निर्देशनकोे बेवास्ता गर्ने बानी छ । आफू असुरक्षित होइन्छ भन्ने जानीबुझी बिनाकाम बाहिर आउने, मोटरसाइकल चलाउने, अरूलाई आफ्नो फूर्ति देखाउने, तरकारी वा खाद्यान्न खरिद गर्दा १ मिटरको दूरीमा नबस्ने, राहत वितरणमा भीडभाड गर्नेजस्ता लापरबाहीको कारण भोलि समाज र देशले ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।
तरकारी, खाद्यान्न वा औषधी खरिदको बहानामा हुलका हुल घरबाहिर आउने, सार्वजनिक पाटी—पौवाहरूमा गफ गरेर बस्नेजस्ता व्यवहारमा नागरिकहरूले सुधार ल्याउनु आवश्यक छ । यसरी लकडाउनको उल्लङ्घन गर्नेहरूमा सञ्चार र सामाजिक सञ्जालमा पहुँच नपुगेका ज्येष्ठ नागरिकहरू धेरै भएको पाइएको छ । जनप्रतिनिधि, राजनैतिक र सामाजिक कार्यकर्ताहरूले घरघरमा गएर सम्झाइ–बुझाइ नगरेका पनि होइनन् । विभिन्न सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार गर्दा पनि किन हेलचेक्र्याइँ ? के नागरिकको कुनै उत्तरदायित्व हुँदैन ? प्रहरी प्रशासनको कारबाहीले मात्र सबै ठीक हुन्छ भन्ने पनि होइन । नागरिकहरूमा स्वअनुशासनमा बस्ने बानीको विकास गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो ।
ठूलाठूला र विकसित देशहरूले समेत कोरोनाविरूद्ध लड्न गा¥हो मानिरहेको बेला साँच्चै नेपालमा त्यस्तो भयावह स्थिति आयो भने के होला ? आजैबाट हामी सबैले सोच्नु जरूरी छ । लकडाउनको अवधिभर कोही पनि नागरिक घरबाट ननिस्केर कोरोनाविरूद्धको महामारी फैलिनबाट जोगाउन सकिन्छ । यो नै कारोनाबाट बच्ने सहज उपाय हो । केन्द्र, प्रदेश र स्थानीय तहका सरकार र नागरिकहरू सबैले समाज र देशप्रतिको आ—आफ्नो दायित्व निर्वाह गरे कोरोना भाइरसको सम्भावित जोखिमबाट नेपाल र नेपालीहरूलाई सुरक्षित राख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *