ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
अनुदीप
कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि देशव्यापी लकडाउन जारी छ । लकडाउनको कारण जनजीवन झन्–झन् कष्टकर बन्दै छ । सरकारले लकडाउन घोषणा गर्नेबाहेक त्यसबाट उत्पन्न भएका चुनौतीबारे तयारी गरेन । त्यसैले तेस्रो लकडाउनको अवधि सकिन लाग्दा समेत आफ्नो गाउँठाउँ खोज्दै सयौँ किलोमिटर सुनसान बाटोमा हिँड्ने मानिस रोकिएका छैनन् । लकडाउनमा जो–जहाँ छ, त्यहीँ बस्नुपर्नेे हो । दैनिक ज्यालादारी काम गर्ने र निश्चित बस्ने ठाउँ नभएका मजदुरलाई खाने र बस्ने व्यवस्था गर्नुपर्ने हो । सरकारले कुनै वास्ता नगरेपछि ‘भोकभोकै मर्नुभन्दा बहुलाउनु जाती’ भन्दै बेखर्ची मजदुरहरू लुसुलुसु आफ्नै घरतिर पैदलै हिँड्न बाध्य छन् । काठमाडौँदेखि नेपालगञ्ज, बर्दिया पुग्ने होऊन् या बर्दिबास, सुनसरी पुग्ने होउन् सबै दुख, कष्ट आफैभित्र गुम्स्याएर आँशु पुछ्दै बसेका छन् । निर्मम पीडालाई छातीभित्र लुकाएर लकडाउनमा सरकारलाई निःसर्त समर्थन गर्नु सानो धैर्यता, त्याग र समर्पण होइन । तर, शासक दलहरूले नेपाली जनताको सहनशीलता र कोरोना सङ्क्रमण रोकथामको लागि देखाएको प्रतिबद्धतालाई बोध गरेको देखिएन । शासक दलका नेताहरूको बोली र गतिविधि हेर्दा उनीहरू अझै पनि आगामी निर्वाचनलाई मात्र मध्यनजर गर्दै प्रस्तुत भइरहेको देखिन्छ ।
कोरोना भाइरस सङ्क्रमणको महामारी विश्वव्यापी मानवीय सङ्कटको रूपमा आइसकेको छ । यो मानवीय सङ्कटको बेला सरोकारवाला सबै पक्ष इमानदारीपूर्वक हातेमालो गरेर अगाडि बढ्नुपर्ने हो । कोरोना भाइरसविरूद्धको यो मानवीय युद्धमा सबै नेपाली जनतालाई एकमनले एकजुट बनाउनुपर्ने हो । सरकारका मन्त्रीहरू आफै मौकामा चौका हानी यो मानवीय सङ्कटको बेलामै चुनाव खर्च उठाउन भ्रष्टाचारमा लिप्त हुँदा नेपाली जनताको मन कुँडिएको छ । कोरोना भाइरसविरूद्ध युद्धको अग्रमोर्चामा बस्ने चिकित्सकहरूले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायत स्वास्थ्य सामग्री खरिद प्रक्रियामै हाकाहाकी भ्रष्टाचार गर्ने सरकार व्यापक जनदबाबपछि पछि हट्न बाध्य भएको छ । भ्रष्टाचारको विरोध गर्नुलाई बेमौसमी बाजा भनेर उम्किन खोज्ने प्रधानमन्त्री केपी ओली वा हिजो भ्रष्टाचार गरिरहेकाहरूले भाग नपाएर मात्र विरोध गरेको भनी प्रतिवादमा आउने सत्तारूढ दलको पनि एमालेवालाहरूको रूवाईले यिनीहरूको इमानदारितामाथिको सन्देह मेट्न सक्दैन । नेपाली जनताको अगाडि इमानदारीपूर्वक सत्यतथ्य उजागर गर्नुभन्दा पनि सरकार ढाकछोप गर्न मरिहत्ते गर्दै छ । कोरोना भाइरस सङ्क्रमित बिरामी वा शङ्कास्पद बिरामी र लकडाउनका कारण प्रत्यक्ष मर्कामा परेका बेखर्ची जनतालाई साँच्चिकै उद्धार गर्नु, सहयोग गर्नु र आवश्यक व्यवस्था मिलाउनुभन्दा पनि प्रचारबाजीमा मात्र सरकार उद्दत रहेको छ । सस्तो लोकप्रियताको लागि गरिएका प्रचारबाजीले झन् क्षति हुँदै छ ।
उहानमा कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिन थालेको चाल पाउनासाथ चीनले एक करोड दश लाख जनसङ्ख्या भएको सहरलाई लकडाउन ग¥यो । जनवरी २४ तारिखदेखि एक सातामा एक हजार शैय्याको ‘हो शन शान’ अस्पताल बनायो । २५ हजार वर्गमिटर क्षेत्रफलको उक्त अस्पताल बनाउन ४५ वटा डोजर र ४ हजार कामदार दुई शिफ्टमा परिचालन गरिएको थियो । सँगसँगै जनवरी २६ बाट नै १२ दिनमा ७८ हजार ७ सय वर्गमिटरमा १ हजार ६ सय शैय्याको ‘लै शन शान’ अस्पताल बनायो । त्यसपछि पनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारको लागि कति अस्पताल बनायो फेहरिस्त बनाउँदा लामै हुनेछ । चिनियाँ जनताको अनुशासन र चिनियाँ कम्युनिस्ट पार्टीको देश र जनताप्रतिको समर्पण र सबल नेतृत्वको कारण नै चीनमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आयो । सारमा चिनियाँ प्रविधि र चिनियाँ जनताको अनुशासित परिचालन विश्वमै प्रशंसनीय र चर्चाको विषय बन्यो । चिनियाँ जनताको सफलताको कथाबाट विश्वका अन्य न्यायप्रेमी जनताजस्तै नेपाली जनतामा पनि प्रभाव पर्नु स्वाभाविक छ ।
विगतदेखि नै चिनियाँ जनताका महान् नेता अध्यक्ष माओको नेपाली कामदार जनतामा गहिरो प्रभाव छ । माओप्रतिको यही प्रभाव मेट्न भारतीय शासकवर्गको सहयोगमा नेपालमा ‘माओवादी’को नाममा १० वर्षे द्वन्द्व चर्काइयो । यही माओवादी सशस्त्र द्वन्द्व मच्चाउने अध्यक्ष प्रचण्डकी छोरी भरतपुरका मेयर रेणु दाहाल पनि के कम ७२ घण्टामै ७२ शैय्याको अस्पताल बनाउने उद्घोष गरिन् ¤ ७२ घण्टामै बनेको भरतपुरको कोरोना विशेष अस्पतालमा एक बिरामीको मृत्यु भयो, जसको मृत्युपछि कोरोना भाइरस नेगेटिभ रिपोर्ट आयो ।
प्रचारबाजीको लागि नक्कल गर्न प्रधानमन्त्री केपी ओलीलाई एमालेको अध्यक्ष बनाउन नवौँ महाधिवेशनमा प्रस्ताव गर्ने बुटवलका मेयर शिव सुवेदी झन् किन पछाडि पर्नु ? २४ घण्टामै १ सय शैय्याको अस्पताल बनाउने उद्घोष गरे । २४ घण्टाभित्र बनाउने भनिएको अस्पतालमा पनि चैत १६ गते कोरोना शङ्कास्पद बिरामी बाबुराम थापाको मृत्यु भयो । अस्पतालको लापरवाहीकै कारण थापाको मृत्यु भएको भन्दै परिवारले न्याय खोज्दा ११ दिनपछि मात्र लाश उठ्यो । मृतक थापाकी श्रीमती रीता थापालाई उनी डेरा गरी बसेको सैनामैना नपाले योग्यताअनुसारको रोजगारी दिने, प्रदेश सरकारले दुई छोरालाई उच्च शिक्षासम्म पढाउने र पाल्पाली, ससुराली तथा घरतिरको समाजले संयुक्तरूपमा साढे ८ लाख रूपैयाँ जम्मा गरी श्रीमती थापालाई दिने सहमतिमा लास उठाइएको हो ।
बुटवल धागो कारखानामा कोरोना विशेष अस्पताल २४ घण्टामा बनाउने उद्घोष गरी साइनबोर्ड टाँगे पनि घाँस – झाडी उखेल्नेबाहेक केही दिनसम्म केही काम अगाडि बढाइएको थिएन । कोरोना शङ्कास्पद बिरामीलाई राख्ने शैय्याको अभावमा नवलपरासीका बिरामी बुटवल आएर पनि भौँतारिनुपरेको समाचार आएपछि बल्ल सो अस्पताल निर्माणमा चैत ९ गते बुटवलका मेयर कस्सिएर लागे । १ सय शैय्या राख्न त ठाउँ पनि पुगेन ! चैत ११ गतेदेखि सञ्चालनमा ल्याइएको अस्पतालमा आईसीयू पनि बनाएको हल्ला भयो । फेरि थापाको मृत्युपछि मात्र एक सामुदायिक अस्पतालबाट आईसीयू सार्ने खबर बाहिरियो । आजको मितिसम्म पनि आईसीयू कक्ष सञ्चालन गर्न तयार भइसकेको छैन । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा थापाको मृत्यु भएको दिनमै पनि चिकित्सकहरूको लागि आवश्यक पीपीई सुट पर्याप्त व्यवस्था गरेको व्यवस्थापन पक्षको दाबी रह्यो भने थापाको लाश उठाएको अर्को दिनसम्म पनि अस्पतालका चिकित्सकहरूले पीपीई सेट पूरा नभएको गुनासो गर्दै थिए । यसरी कामभन्दा धेरै हल्ला गर्ने प्रवृत्तिकै कारण सरकारप्रतिको विश्वसनीयतामा ¥हास हुँदै छ । अनि व्यापक जनतामा कोरोना विरूद्धको लडाइँं एकसाथ जित्नेभन्दा पनि सरकारले झन् कुन भड्खालोमा जाक्ने हो भन्ने त्रास बढेको छ ।
लकडाउनमा नेपाली जनताले सरकारलाई अपार सहयोग ग¥यो । र पनि दुईतिहाईको सरकार आफै कुहिरोमा हराएको कागजस्तै एकै ठाउँमा चक्कर काट्दै छ । सरकार एउटा गलत काम गर्छ अनि त्यो गलत काम ढाक्न अर्को गलत काम दोहो¥याइरहन्छ । सरकार यतिबिघ्न किन अतालिएको होला ? अनुभवको कमी र समर्पणको अभाव ¤ सरकारी कदमको बचाऊ गर्न सत्तारूद्ध पार्टीभित्रको पनि एमालेका कार्यकर्ताहरूलाई धौधौ छ । लकडाउनमा पनि दुई दिन काठमाडौँ उपत्यकाबाहिर जान दिने तर भित्र आउन नदिने निर्णय त एउटा पछिल्लो उदाहरण मात्रै हो । व्यापक जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाले भन्दा पनि अर्को निर्वाचनको लागि साख जोगाउने उद्देश्यले मात्र सस्तो लोकप्रियताको लागि पाइला चालिरहेसम्म देश र जनतालाई उँभो लगाउन सकिँदैन । विश्वव्यापी महामारीको यो भयावह अवस्थामा पनि दुई चार किलो चामल र दुई चार वटा मास्क बाँडेर ‘नेता’ हुने पुँजीवादी चरित्र नत्यागेसम्म न त कोरोनाविरूद्ध लड्न जनताको मन जित्न सकिन्छ न त समाजमा आमूल परिवर्तन नै ल्याउन सकिन्छ ।
राहतको वितरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल नेकाका कार्यकर्ताहरू आफ्ना सम्पन्न मतदाताहरूलाई राहत वितरणमा अगाडि छन् । गरिब जनता कहाँ छन् कहाँ ! काठमाडौँको एउटा नगरपालिकाको दुई वडामा २२ हजार राहत लिने सूची तयार भयो । उपत्यकाकै एउटा नगरपालिकामा २२ सय मात्रै सूची ! यो के हो ? सत्तापक्षले उत्तर दिनु उचित होला ? किनभने सरकारलाई सबै थाहा हुन्छ !!
Leave a Reply