हो चि मिन्हको “जेल डायरी”
- जेष्ठ १२, २०८३
-एस. महर्जन
यतिखेर विश्वको ध्यान विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण, रोकथाम र नियन्त्रणमा तानिएको छ । सन् २०१९ को डिसेम्बरको अन्त्यमा चीनको हुवेई प्रान्तको उहान सहरबाट सुरु भई फैलिएको सङ्क्रमण २०८ भन्दा बढी देशमा फैलिसकेको छ । आजका दिनसम्म विभिन्न देशमा गरी १७,७९,००० सङ्क्रमितको सङ्ख्या पुगेको छ भने यसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०८७०० भन्दा बढी पुगेको छ । चीनपछि यस सङ्क्रमणबाट बढी आक्रान्त बनेको यूरोपका दुई देशहरू इटाली र स्पेनमा सङ्क्रमित र मृत्युको सङ्ख्यामा थोरै कमि आएपनि ती देशहरूमा कोरोना सङ्क्रमण सङ्कटले निकास पाइसकेको स्थिति छैन । विश्वव्यापीरूपमा मानव जीवनको ठूलो सङ्कट र चुनौतीको रूपमा खडा भएको कोरोना भाइरसका सङ्क्रमणको केन्द्र यतिबेला संयुक्त राज्य अमेरिका बनेको छ । संरा अमेरिका सङ्क्रमितको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या २०, ५०० भन्दा बढी पुगेको छ । कूल सङ्क्रमितको एकतिहाइ सङ्ख्या अमेरिकी नागरिक रहेका छन् भने मृत्यु हुनेको सङ्ख्याले कूल मृत्यु सङ्ख्याको करिब २० प्रतिशतले देखिन्छ । यतिखेर संरा अमेरिका कोरोना भाइरसको पहिलो अति आक्रान्त देश बनेको छ । विश्वका सबै देशहरू कोरोना भाइरसको सङ्क्रमणको विरुद्धमा सङ्घर्षरत छ ।
कोरोना भाइरसको सङ्क्रमणको दर एशियाली देशहरूमा पनि दिनानुदिन बढ्दो क्रममा रहेको छ । एशियाली देशहरूमा यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०,३०० भन्दा बढि पुगेको छ भने सङ्क्रमितको सङ्ख्या पनि दिन दिनै बढिरहेको छ । नेपालका छिमेकी देश भारतमा सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ ।
विश्वको आधा जनसङ्ख्या अहिले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि लकडाउनको पालना गरिरहेका छन् । अहिलेसम्म कोभिड–१९ को कुनै औषधी र खोपको विकास नभइसकेको हुँदा यसको रोकथाम, नियन्त्रणका लागि लकडाउन नै एउटा मात्र उपाय भएको यसका विज्ञहरूले सुझाउँदै आएका छन् ।
छिमेकी देश भारतमा बढ्दै गएको सङ्क्रमित र मृत्युका सङ्ख्याले नेपाल सरकार र नेपालीलाई थप जिम्मेवार र अनुशासित बन्न दबाब सिर्जना गरेको छ । यतिबेला दुवै देश लकडाउनमा नै रहेका छन् । भारत सरकार कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि अप्रिल १५ सम्म रहेको लकडाउन पुनः थप भएको छ । नेपालमा पनि जारी रहेको लकडाउन २०७७ वैशाख १५ गतेसम्मको पुनः थप भएको छ । विश्व स्वास्थ्य सङ्गठनका महा निर्देशक टेड्रोसले लक डाउन खुकुलो नगर्न र अझ केही समय लकडाउन कायम राख्न कडा चेतावनी दिनुभएको छ । यदि लकडाउन खुकुलो गरेमा स्थिति थप भयावह हुने चेतावनी उहाँले दिनुभएको छ ।
नेपालमा आज मात्र, विरगञ्जमा तीन भारतीयमा कोरोना सङ्क्रमण देखिएको छ र तिनीहरूलाई विरगञ्जको नारायणी अस्पताल राखिएको खबर छ । नेपालमा यो सहित सङ्क्रमित बिरामीको सङ्ख्या १२ पुगेको छ भने एक जना उपचारपछि सामान्य अवस्थामा आफ्नो दैनिक जीवनयापनमा फर्किसकेको छ । नेपाल भारतको खुला सीमानाका कारण दैनिकरूपमा लुकिछिपी अवैध बाटोबाट सयौँको सङ्ख्यामा नेपाल प्रवेश गरिरहेको छन् । नेपालमा अवैधरूपमा भारतीयहरूको प्रवेशले कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको सहजै अनुमान गर्न सकिन्छ ।
तीन भारतीयमा देखिएका कोरोना सङ्क्रमणले नेपाल सरकारलाई थप तयारी गर्न जिम्मेवारीपूर्वक भारतीयहरूको प्रवेशलाई कडाइपूर्वक रोक्न आवश्यक देखिन्छ । नेपालका राजनैतिक वृत्तमा धेरै वर्ष पहिले देखिनै नेपाल भारतको सीमा व्यवस्थित र नियमित गर्ने सवाल उठ्दै आएको हो ।
२०४६ पछि थुप्रै सरकारहरू बने तर ती कुनै पनि सरकारहरूले यसलाई गम्भीरतापूर्वक लिएको देखिएन । आज कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको यस घडीमा सीमाबाट नेपाल प्रवेशले नेपाल कोभिड–१९ को उच्च जोखिममा रहेको छ । नेपाल सरकारले सीमामा थप अस्थायी पोष्ट खडा गरी प्रवेशमा कडाइ गरेको बताएको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले आगामी दिनमा स्थायीरूपमा नै नेपालले भारत सीमा नियमित र व्यवस्थित गरी नेपाल प्रवेश गर्न र नेपालबाट भारत जाने सबैको व्यवस्थित रेकर्ड राख्नुपर्ने बताउनुहुन्छ । आम नेपाली र राजनैतिक दलहरू पनि नेपाल र भारत सीमा नियमित र व्यवस्थित हुनुपर्नेमा एकमत छन् ।
प्रधानमन्त्री केपी ओलीले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा चैत २५ गते देशवासीको नाममा दोस्रोपटक सम्बोधन गर्नुभयो । उहाँले सम्बोधनको क्रममा कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गरेको तयारीको सम्बन्धमा स्पष्ट पार्ने कोसिस त गर्नुभयो तर उहाँले सम्बोधनको क्रममा ओम्नी समूहबाट नेपाल सरकारले खरिद गर्ने एक अर्ब २४ करोडको स्वास्थ्य सामाग्रीको खरिदमा हुन लागेको करिब ५४ करोडको भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास पनि गर्नुभएको छ । उहाँले सम्बोधनमा भन्नुभयो, “सरकारलाई असफल देखाउन, आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजाजस्तै हो ।” प्रम भन्नुहुन्छ, “म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार पनि हुन दिँदैनौँ ।” उहाँको यो भनाइ व्यवहारमा ठीक उल्टो भएको सर्वत्र महसुस गरिँदैछ । ओम्नी समूहसँग सरकारले खरीद गर्न लागेको करिब सवा अर्ब बराबरको स्वास्थ्य सामग्री खरदमा गरिएका बदनियतपूर्ण प्रक्रियाका बारेमा धेरै तथ्य प्रमाण बाहिर प्रकाशित भैसकेका छन् । यस सम्बन्धमा सङ्घीय सांसदबाट अख्तियार दुरुपयोग निवारण आयोगमा उजुरीसमेत परिसकेको छ । यदि केपी ओली भ्रष्टाचारविरोधी नै हुनुहुन्छ भने यतिखेर ओम्नी समूहको मालिक, स्वास्थ्यमन्त्री र उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल जेलका चिसो छिँडीमा हुन्थे । प्रम केपी ओली भ्रष्टाचारको फोहोर आहालमा चुर्लुम्म डुबिसकेको स्थिति छ । सिंहदरबार र बालुवाटार ठग र भ्रष्टाचारीहरूको घेरामा रहेको थप प्रमाण ओम्नी समूहसित जोडिएको भ्रष्टाचार काण्ड हो ।
कोठामा रहेका कामदार, श्रमिकलाई गरिने राहत वितरणमा समेत व्यापकरूपमा पक्षपात भएको जनगुनासो रहेको छ । राहत आवश्यक नहुनेलाई राहत हात पारेको र राहत आवश्यक हुनेलाई राहत नपाएको व्यापक जनगुनासो छ । सङ्कटको यस अवस्थामा पनि जनप्रतिनिधिसमेत आर्थिक अनियमिततामा तानिएका छन् । रामग्राम नगरपालिका, बाराको कलैया नगरपालिकालगायत अन्यमा कुहिएको चामल, दाल राहतस्वरूप वितरण गर्दा ती अखाद्य सामाग्री नपाको गेटमा फालिदिएको समाचार बाहिर आएका छन् । राहतमा भ्रष्टाचार गर्ने जनप्रतिनिधि र अन्य व्यपारीलाई हदैसम्मको कानुनी कारबाही तत्काल गर्न आवश्यक छ । लकडाउनको सहिरूपमा पालना गर्न नै हामी सबैको सामाज र देशप्रतिको दायित्व हो । यसलाई नै हामी सबै कोरोना सङ्क्रमणबाट जोगिन सक्नेमा कसैको असहमति नहोला ।
Leave a Reply