भर्खरै :

त्रिवि भौतिकशास्त्र विभागमा अनलाइन कक्षा :  एक अभ्यास

-जगत अधिकारी
  विश्व कोरोना भाइरसले तरङ्गित छ । विश्वले दिनप्रतिदिन आफ्ना केही हजार प्रियजनहरू गुमाइरहेको छ । यी प्रियजनहरू कोरोना भाइरससँग युद्ध लड्दालड्दै बिदा भएका हुन् । विश्वलाई रुवाउँदै प्रियजनहरू अस्ताएका छन् ।
            भनिन्छ नि  ‘आगोको झिल्का सानै हुन्छ तर सल्कियो भने निभाउन हमेहमे हुन्छ ।’ हो अहिले कोरोना भाइरसले आगोको झिल्काजस्तै रूप लिएको छ । नियन्त्रण गर्न निकै गार्‍हो भएको छ । विश्वमा सङ्कट निम्त्याएको छ । यो सङ्कटको घडीमा विश्व यतिबेला सङ्कटको भूमरीमा परेको छ । नोभेम्बरको अन्तिममा चीनको हुपेई प्रान्तको उहान सहरबाट फैलिएको भाइरसले विगत चार (४) महिना यता चीनका जनताहरूका दैनिकी पूरै ठप्पै पारेको छ भने विश्वविद्यालय, कलेज, स्कूल र अन्य शैक्षिक संस्थाहरू पूरै बन्द छन् । नयाँ भाइरस भएको कारणले चीनलाई जानकारी लिन तीन (३) हप्ता लागेकै हो ? तर, विडम्बना नै भन्नुपर्छ ? तीन हप्तामै भाइरस व्यापकरूपमा फैलिसकेको थियो ।
            चिनियाँ जनताको एकता राजनीतिक दलको राम्रो नेतृत्व र दिनरात नभनी आफ्नो ज्यानको पर्वाह नगरी खटिएका स्वास्थ्यकर्मीहरूको सङ्घर्षशील कामले चिनियाँ जनताले राहत पाएका छन् ।
            दुष्ट भाइरससँगको क्रान्तिमा चिनियाँ जनताको जित पूर्णरूपमा भएको छैन तर, जितको अन्तिम विन्दुमा भने चीन पुगिसकेको छ । सफलता हात पार्न अझै केही समय लाग्ने देखिन्छ ।
            चीनमा देखा परेको केही समयपछि विश्वका अन्य देशमा पनि निकै तीब्ररूपमा फैलिएको छ ?
            हालसम्म विश्वका २१३ वटा देशमा कोरोना भाइरस (कोभिड–१९) फैलिएको छ ।
            कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा पनि परेको छ । उक्त सङ्कटको घडीमा नेपाल सरकारले एक्सन त लिएकै हो तर अलि ढिला चाहिँ पक्कै गरेको हो ? महामारी रोकथाम गर्न नेपाल सरकारले गएको ११ चैतदेखि लकडाउन घोषणा गरेको छ । लकडाउनको समयमा अत्यावश्यक काम घर बाहिर निस्कन रोक लगाइएको छ ।
            नेपालमा पनि कोभिड–१९ भाइरस सङ्‍क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।
            गएको ५ चैतबाट शैक्षिक संस्थाहरू सम्पूर्ण बन्द भएका छन् भने बन्दाबन्दीकै कारण एसईईदेखि विश्वविद्यालयको पठनपाठनलगायत परीक्षाहरूसमेत स्थगित भएका छन् । तर, त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभाग (Central Department of Physics) कीर्तिपुर, काठमाडौँले भने गएको तीन हप्तायता नै अनलाइन कक्षामार्फत पठनपाठनलाई कायमै राखेको छ ।
            अमेरिका, युरोप, भारत, बङ्गलादेश र अन्य विश्वका धेरै विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् । त्यसको प्रत्यक्ष लाभ त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र केन्द्रीय विभागले पनि लिएको छ । विभागले सफ्टवेयरको प्रयोगमार्फत अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । विभागले अडियो र भिडियो कन्फ्रेन्स, स्क्रिन सेयरिङमार्फत कक्षा सञ्चालन गरेको छ । यसको प्रयोग मोबाइल, ल्यापटप र कम्प्युटरबाट प्रयोग गर्न सकिन्छ ।
            भनिन्छ नि “महामारीले सङ्कट निम्त्याउँछ सङ्कटले धेरै कुराहरू सिकाउँछ ।”
            विश्वका धेरै देशमा प्रविधिको राम्रो विकास भएको छ तर, अनलाइन पठनपाठन गराउन सकिरहेका छैन भने नेपालको लागि यो चुनौतीको विषय नै हो ? तर, भौतिकशास्त्र केन्द्रीय विभाग ले यसको सजिलै प्रयोग गरिरहेको छ । मेरो बुझाइमा भौतिकशास्त्र केन्द्रीय विभागका सम्पूर्ण विद्यार्थी साथीहरूले अनलाइन कक्षाको प्रयोगमा निकै उत्सुकता देखाएका छन् । म आफैले यसको लाभ लिइरहँदा, नयाँ अनुभवका साथै दैनिक पठनपाठनको निरन्तरता त चलिरहेकै छ ? भविष्यका लागि पनि यो निकै लाभदायक हुनेछ । 
            स्‍नातकोत्तर तहमा भौतिकशास्त्र पढाइ हुने देशभर नै (९) वटा क्याम्पस र कलेज रहेका छन् । गएको एक (१) हप्ता यता भौतिकशास्त्र केन्द्रीय विभागका विभाग प्रमुख  प्रोफेसर डा. बिनील अर्यालले स्नाकोत्तर तहमा भौतिकशास्त्र  पढाइ हुने सम्पूर्ण क्याम्पसरकलेजका प्रध्यापकहरूसँग अनलाइन कक्षा गराउने विषयमा छलफल गरिरहनुभएको छ ।  प्रो. डा. अर्यालले पाटन क्याम्पस, अमृत साइन्स क्याम्पसमा समेत आफैले कक्षा लिरहनुभएको छ भने अन्य क्याम्पस र कलेजमा पनि चाँडै नै कक्षा लिने प्रक्रिया अगाडि बढाइ रहनुभएको छ ।
            त्रिभुवन विश्वविद्यालयले अबको केही समयपछि स्नाकोत्तर तहमा २५ प्रतिशत कोर्ष अनलाइनमार्फत गराउने कामको थालनी पनि अगाडि बढाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *