बालेन र रवि के राजनीतिक प्राणी हुन् !
- श्रावण ४, २०८३
वाङ वेन
इथियोपियाको राष्ट्रिय सङ्ग्रहालयमा राखिएका सबभन्दा लोकप्रिय ऐतिहासिक वस्तुमध्येमा पर्दछ–लुसी । लुसी अर्थात् ३२ लाख वर्ष पुरानो मानिसको पुर्खाको अस्थिरपञ्जर । म त्यो अस्थिरपञ्जर हेर्न तीन पटक पुगेँ । हरेक पटक म लुसीको अघि उभिँदा आफूलाई सहृदयी बन्न सम्झाइरहेको जस्तो भान हुन्छ ।
तपाईँले यदि ४ अर्ब ६० करोड वर्ष पुरानो पृथ्वीको इतिहासलाई चौबीस घण्टामा ल्याउनुभयो भने मानिस भने सबभन्दा पछि दुई सेकेन्डमा मात्र आएको देख्नुहुनेछ । दुःखको कुरा मानिसको व्यवहार भने यति आक्रामक छ, मानौँ ऊ पृथ्वीको विजेता हो । मानिसले सायद आफू पृथ्वीको परजीवी भएको कुरा बिर्से । मानिसले आफ्नै शरीरभित्रको परजीवीबारे पनि सायद बिर्से जसले मानिसलाई नै ध्वस्त बनाउन सक्छन् ।
पेलोपोनेसियन युद्धदेखि रोमन साम्राज्यको पतनसम्म, चौधौँ शताब्दीमा युरोपेली धर्मको दिशा निर्देशन गरेको कालो मृत्युको महामारीदेखि सत्रौँ शताब्दीको तीसवर्षे लडाइँसम्म, सन् १८१२ मा रुस कब्जा गर्न नेपोलियनको असफलतादेखि १० करोड मानिसको निधन भएको सन् १९१८ को स्पेनिस फ्ल्युसम्मका सबै प्रमुख ऐतिहासिक घटनाले देशहरूको उदय र पतन हुँदै सभ्यताहरूको पुनःनिर्माण र अन्ततः कुनै अदृश्य भाइरसमा गएर टुङ्गिएका छन् । बेलायती माक्र्सवादी एरिक हबस्बनले ‘अतिवादको युग’ विशेषण दिएको बीसौँ शताब्दीमा युद्धको कारण ११ करोड मानिस मारिएका थिए । तर, सङ्क्रामक रोगको कारण त्यो शताब्दीमा मर्नेको सङ्ख्या १ अर्ब ४० करोडभन्दा बढी थिए ।
विडम्बना! सारा संसारका एकसेएक दिमागहरू परिवर्तित विश्वको ढाँचाबारे चिन्तन गर्दा राजनीति, अर्थतन्त्र, समाजशास्त्र र सेना आदि विषयमा ध्यान केन्द्रित गर्छन् । तर, उनीहरू सङ्क्रामक रोगहरूलाई प्रमुख विषयको रूपमा सोच्दैनन् । विद्वानहरूले प्रायशः रूपान्तरणको कारण बनेका पक्षलाई सार सङ्क्षेपमा पेश गर्छन् । तर, त्यस्तो रूपान्तरणको अकल्पनीय पक्ष बनेका सङ्क्रामक रोगको अन्तर्निहित चरित्रबारे बेवास्ता गर्छन् ।
महाव्याधिको कारण आश्चर्यजनकरूपमा मानवतावादी भावना देखिने मैले आशा गरेको थिएँ । साथै सङ्क्रामक रोगको प्रभावबारे अनुसन्धानको नयाँ पक्ष उजागर हुने विश्वास गरेको थिएँ । बीसौँ शताब्दीयता आर्थिक विकासको लागि मानिसले प्रकृतिको अत्याधिक दोहन गरेको छ । त्यसले मानिसका आवश्यकता र चाहनाबीच ठूलो असन्तुलन देखियो । पृथ्वीले प्रदान गर्ने कुरा र मानिसको चाहनाबीच ठूलो असन्तुलन ल्यायो । प्राकृतिक वातावरणमाथि निर्मम लुटपाट भयो । पर्या–पर्यावरणको हिस्सा रहेका केही व्याक्टेरिया बाहिर आए र मानिसमाथि प्रतिशोध साँधिरहेका छन् ।
बितेका दसकमा देखापरेका दर्जनौँ नयाँ नयाँ सङ्क्रामक रोगले ठूलो परिमाणमा विश्वव्यापी आर्थिक क्षति सामना गर्नुपर्यो । विभिन्न वित्तीय, आर्थिक र लगानी नीति प्रयोग गरेर धेरै देशले हासिल गरेका आर्थिक वृद्धि ती व्याधिहरूले तहसनहस बनाइदिए ।
विडम्बना ! जनसङ्ख्या विस्फोटन र मानिसको यात्रा गर्न सक्ने बढ्दो क्षमताले सङ्क्रमण फैलाउन अझ टेवा पुर्याएको छ । लाखौँ मानिसहरू हरेक दिन राष्ट्रिय सिमाना नाघेर अर्को देशमा पसिरहेका छन् । त्यसले कसैले कल्पना गर्नसक्ने क्षमताभन्दा बढी भाइरस सङक्रमण बढाएको छ । सन् १९१८ को महामारी संसारभर फैलिन आधा वर्ष लागेको थियो । तर, एक सय वर्षपछि कोरोना भाइरस संसारभर फैलिन केही सातामात्र लाग्यो । आज संसारका सबै कुनामा यो भाइरसको सङ्क्रमण फैलिएको छ ।
धेरैलाई विज्ञानको विकासले त्यस्ता सङ्क्रामक रोग हराएर जाने विश्वास गरेका थिए । तर, भाइरसको रूपान्तरण भएर मानिसले बनाएका नयाँ नयाँ एन्टीबायोटिकको प्रतिरोध गरिरहेका छन् । आज दसौँ लाख स्वास्थ्यकर्मी र वैज्ञानिकहरू कोरोना भाइरसको प्रतिरोधमा दिलोज्यान दिएर लागिपरेका छन् । उनीहरू भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको देखेर जिल्ल परेका छन् । रूप परिवर्तन गरिरहने स्वभावको कारण त्यो रोगको खोप र कुनै विशेष औषधि उत्पादन गर्न हम्मेहम्मे भइरहेको छ ।
धेरै चाँडो कोभिड–१९ को तेस्रो केन्द्र बन्न सक्नेमा म चिन्तित छु । कोभिड–१९ को पहिलो केन्द्र पूर्वी एसिया थियो । त्यहाँ मूलतः यो रोग नियन्त्रणमा आइसकेको छ । दोस्रो केन्द्र संरा अमेरिका बन्यो । भाइरसको सङ्क्रमण आज त्यहाँ उत्कर्षमा छ । ३ अर्बभन्दा बढी जनसङ्ख्या भएको अफ्रिका र दक्षिण एसिया अबको केन्द्र बन्न सक्छ । गरिब जनता, बाक्लो जनसङ्ख्या र न्यून चिकित्सकीय स्रोत भएका विकासशील देश र क्षेत्रमा यति बृहत् स्तरमा यो रोगको महामारी फैलिए त्यसको निवारण कसरी हुने हो, कल्पना गर्न पनि गाह्रो छ ।
मानव समाजलाई आजको आवश्यकता सरकार सञ्चालन गर्ने क्षमतामा वृद्धिमात्र हुनसक्दैन । जनस्वास्थ्य सङ्कट सामना गर्न सरकारको तरिका र स्थानीय सरकारको भूमिकामा रूपान्तरण र समायोजन आवश्यक छ । गरिब क्षेत्रलाई भाइरस सङ्क्रमणको केन्द्र नबनाउन त्यस्ता क्षेत्रमा अझ बढी जोड दिनुपर्छ । त्यसबाहेक विश्वव्यापी शासनबारे हाम्रो सोचाइमा परिवर्तनको खाँचो छ ।
निःसन्देह कुनै एउटा देशको राष्ट्रिय सिमानामा मात्र जोड दिनु उपयुक्त हुनेछैन । विश्वव्यापी महामारीको समयमा आरोप–प्रत्यारोपको खेल खेल्नु अल्पबुद्धि हुनेछ । सङ्क्रामक रोगहरू अब सामान्य चिकित्सकीय समस्यामात्र रहेनन् । न यो कुनै एउटा देशको मात्र समस्या हो । वास्तवमा यो विश्वव्यापी विचारधारात्मक समस्या बनेको छ । कालो मृत्यु (Black Death)को महामारी फैलिँदा मानिसले संसारसँग आफ्नो सम्बन्धबारे पुनःविचार गरेको थियो । फलतः पुनःजागरण काल सुरु भएको थियो । आधुनिक सभ्यताको आरम्भ भएको थियो ।
कोभिड–१९ बाट पनि मानिसले राम्रो पाठ सिक्नेमा म आशावादी छु । अहिलेको महाव्याधिले नयाँ पुनःजागरण निम्त्याउनेछ । जसले स्थापना गर्ने नयाँ सभ्यताले पर्यावरण र मानिसको सुरक्षालाई जोड दिनेछ ।
(लेखक रेनमिन विश्वविद्यालयको केन्द्रीय वित्तीय अध्ययन प्रतिष्ठानका प्राध्यापक हुनुहुन्छ । )
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन
Leave a Reply