युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
सुनिता गाइसी
शिक्षा एक महत्वपूर्ण पक्ष हो । शिक्षाको ज्योतिले मात्र सम्पूर्ण संसारलाई अँध्यारोबाट उज्यालोतिर लैजान सक्दछ । शिक्षाको उज्यालोे घामबाट कोही पनि वञ्चित हुन नपरोस् भनी सबै लागिरहेका छन् । जसको फलस्वरूप हाल नेपालको साक्षरता प्रतिशत ६५.९ प्रतिशत पुगेको छ । नयाँ शैक्षिक सत्रको सुरुआत हुन लाग्दै गर्दा धेरै अभिभावकलाई आफ्ना बालबालिका कस्तो स्कूलमा राख्ने भन्ने कुराले पिरोलेको हुन्छ । यो चिन्ता पनि जायजै हो । हरेक अभिभावक आफ्ना बालबालिकालाई राम्रो शिक्षादीक्षा दिन चाहन्छन् । परम्परागत शिक्षा पद्धतिलाई हेर्ने हो भने सुरुमा पढाइ गुरुकुलमा हुनेगथ्र्याे, उच्च जात वा उच्च कुलघरानाका बालबालिकाले मात्र शिक्षा लिने अवसर पाउँथे । गुरुकुलमा एक जना गुरुले आफ्ना शिष्यहरूलाई सम्पूर्ण विषयबारे ज्ञान दिएर दीक्षित पार्ने गरिन्थ्यो । जब नेपालमा प्रजातन्त्रको आगमन भयो त्यसपछि सर्वसाधारण जनताका छोराछोरीले पनि लेखपढ गर्ने मौका पाए । त्यसैले त २००७ साल अगाडि नेपालको साक्षरता प्रतिशत करिब २ प्रतिशतमात्र थियो । परम्परागत शैक्षिक विधिमा बालबालिकालाई बढी अनुशासनमा राख्ने, पाठहरू बढी घोक्न लगाउने वा कण्ठ गर्न लगाउने, कक्षाभित्र रहेमात्र बालबालिकाले पढद्छन् भन्ने कुरामा विश्वास गर्ने गरिन्छ । यस विधिमा शिक्षक बढी सक्रिय रहने तर बालबालिका कममात्र सक्रिय हुन्छ । बालबालिकाले पनि शिक्षक शिक्षिकालाई मन नपराउने प्रवृत्ति बढ्दै गएको छ । जसको कारणले बालबालिकाले पढाइमा ध्यान नदिने, कक्षामा नियमित नहुने, शिक्षकहरूको अगाडि ज्ञानीजस्तो देखाउने तर पढाइमा खासै रुचि नदिने समस्याहरूको उत्पन्न हुन्छ । आफूले अध्ययन गर्ने कुरा बुझ्नुभन्दा पनि रटनमा विद्यार्थी व्यस्त रहन्छन् । त्यसैले पहिला उखानै बनेको थियो “घोकन्ते विद्या धावन्ती खेती” । यस्ता समस्या बढ्दै गए ती बालबालिकाहरू विभिन्न सामाजिक कुलतमा फस्न सक्छन् । समाजमा विभिन्न विकृतिहरू देखिन थाल्छ । हाल आएर चाहे ग्रामीण भेग वा सहरी क्षेत्र सबैले शिक्षाको महत्व बुझिसकेकाले आफू पनि शिक्षित हुने र आफ्ना बालबालिकालाई पनि शिक्षित बनाउन सबै लागिपरेका छन् । शिक्षाको महत्व सबैले बुझेसँगै दिनानुदिन शैक्षिक क्षेत्र महँगो बन्दै गएको देखिन्छ । शिक्षालाई पनि व्यापारको रूपमा लिने प्रवृत्ति बढ्दो छ । जसले गर्दा अभिभावकहरू मारमा परेका छन् । शिक्षण संस्थाले मनपरि शुल्क उठाउने गर्नाले कम आय भएका व्यक्तिहरूले आफ्ना बालबालिकालाई भनेजस्तो स्कूलमा भर्ना गर्न सकेका छैनन् ।
शैक्षिक संस्थासँगै शिक्षण विधिबारे पनि अभिभावकले राम्रोसँग बुझ्नु आवश्यक छ । हाल धेरै नै चर्चा हुने शिक्षण पद्धति मन्टेश्वरीबारे केही चर्चा गरिन्छ । मन्टेश्वरी शिक्षण पद्धतिबारे कुरा गर्दा मारिया मन्टेश्वरीलाई सम्झनैपर्दछ । उनी इटालियन नागरिक थिइन् । उनले ल्याएको मन्टेश्वरी पद्धति हाल विश्वभर फैलिएको छ । सुरुमा चिकित्सकीय क्षेत्रमा संलग्न उनले मानसिकरूपमा कमजोर अशक्त बालबालिकाहरूलाई रेखदेख गर्ने गरी रोम युनिभर्सिटीको मनोविज्ञान शाखामा इन्टन गरिन् । त्यही इन्टर्न गर्दा गर्दै उनमा फरक पद्धतिको आवश्यकता रहेको महसुस गरिन् । उनको यो उत्साहमा उनकी आमाको पनि विशेष भूमिका रहेको छ । त्यतिबेला इटलीमा महिलाको अवस्था त्यति राम्रो थिएन । मारियाले एक सुकुमबासी बस्तीका बालबालिकालाई जम्मा गरी सोही पद्धतिको अभ्यास थालिन् । सुरुमा यो पद्धतिअनुसार शिक्षण गर्ने क्रममा केही गा¥हो भयो तर उनले बालबालिकाको लागि आवश्यक शैक्षिक सामग्री आफ्नै वरपरबाट जम्मा गरिन् । मारियाले यो शैक्षिक विधिमा विभिन्न वैज्ञानिक पद्धतिहरूको अवलोकन र अध्ययन गरिन् । त्यसैअनुरूप अध्ययन सामग्रीहरू तयार गरिन् जुन बालबालिकाको लागि प्रयोग गरिन् । उनी त्यतिबेला अचम्ममा परिन् कि उनले प्रयोग गरेको विधिअनुसार बालबालिकाहरू ध्यान दिएर सुन्ने, सृजनात्मक व्यवहारहरूको विकास भएको, बालबालिकाहरू बढी आत्म अनुशासित भएका थिए । उनले सन् १९०७ मा ‘चिल्डे«न हाउस” नामको मन्टेश्वरी स्कूल रोममा स्थापना गरिन् । उनले यस विधिमार्फत बालबालिकाले प्राकृतिकरूपमा सिक्ने पद्धतिको विकास गरेकी थिइन् ।
बालबालिकालाई पढ्ने र पढाउनेभन्दा पनि सिक्ने र सिकाउने शिक्षण विधि नै मन्टेश्वरी शिक्षण विधि हो । आधुनिक र बालमनोविज्ञानलाई केन्द्रमा राखेर शिक्षण गराइने हुनाले यो विधि दिनानुदिन लोकप्रिय हुँदै गएको छ । बालबालिका प्रकृतिका सुन्दर रचना हुन् । उनीहरू जन्मजात नै कुनै न कुनै विशिष्ट गुण लिएर यस धर्तीमा पाइला टेकेका हुन्छन् उनीहरू आफूलाई अरूसँग दाँजेको पटक्कै मन पराउँदैनन् । यस विधिले बालबालिकामा आत्मविश्वास जगाउनु, परिवर्तित समाज एवम् अन्य व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्नु, चुनौती, बाधा तथा सफलतामा संवेगात्मक सन्तुलन कायम गर्न मद्दत पु¥याएको हुन्छ । यसै विधिले बालबालिकामा सामाजिक तथा व्यवहारिक मूल्य मान्यताबारे ज्ञान प्रदान गर्दछ । आजको शिक्षाको आवश्यकता भन्नु नै हरेक बालबालिकालाई व्यवहारिक ज्ञान प्रदान गर्नु र असल योग्य नागरिक बनाउनु हो जुन कुरा यस शैक्षिक विधिले जोड दिएको छ । यस विधिअन्तर्गत विविध किसिमका मनोरञ्जक शिक्षण सिकाइलाई क्रियाकलापको माध्यमबाट बालबालिकाको सर्वाङ्गीण विकास गराउने गर्दछ । यस प्रकारको आधुनिक विधिमा शिक्षक सहयोगीको रूपमा रहन्छ भने विद्यार्थीको सक्रिय भूमिका रहेको हुन्छ । उसले हरेक सिकाइको कारणबारे बुझ्दै सिक्नेगर्दछ । यस विधिमा स्कुल एक बगैँचाको रूपमा रहेको हुन्छ । यसका सुन्दर फूल बालबालिका हुन् र मालीको रूपमा शिक्षक शिक्षिकाहरू रहेका छन् । स्वतन्त्र र स्वतः स्फुरितरूपमा बालबालिकाहरूलाई उनीहरूको मनोविज्ञानअनुसार विभिन्न कुराहरू सिकाइन्छ ।
यसरी मन्टेश्वरी शिक्षण विधिको कुरा गर्दा आजकल व्यवसायजस्तै भएको छ । विभिन्न स्कूलले मनपरीरूपमा शुल्क उठाउने गर्नाले निम्न आय भएका अभिभावकहरू समस्यामा परेका छन् ।
आजका बालबालिका भनेका भोलिका कर्णधार हुन् । त्यसैले उनीहरूलाई समयअनुकूल शिक्षादीक्षा दिनु आजको आवश्यकता हो । यहाँ परम्परागत र आधुनिक शिक्षाबारे चर्चा गरिरहँदा पहिलेको शिक्षा प्रणाली ठीक थिएन भन्न खोजेको होइन । त्यतिबेला समाज आधुनिक परिवेशको रङ्गमा रङ्गिएको थिएन हरेक कुरा सरल र सहज थियो तर हाल आएर समाज दिन प्रतिदिन जटिल बन्दै गएको छ । त्यसैले बदलिँदो परिवेशअनुसार हरेक कुरामा सकारात्मक परिवर्तन हुनु जरुरी छ ।
Leave a Reply