भर्खरै :

लकडाउन र श्रमिक जनता

तुल्सी कठायत
आज विश्व कोरोना भाइरस (कोभिड–१९) को कारणले आक्रान्त छ । यो भाइरस सन् २०१९ डिसेम्बर ३१ मा चीनको हुपेई प्रान्तको उहान सहरबाट सङ्क्रमण सुरु भएको हो । यो भाइरस सूक्ष्म विषाणु हो । यो मानिसको शरीरमा छिरेपछि मुख्यरूपमा घाँटी र फोक्सोको कार्यमा अवरुद्ध गर्दछ । कोरोना भाइरस (कोभिड–१९) को उपचारको लागि अहिलेसम्म औषधि बनेको छैन । समयमै उपचार गर्न सकिएन भने यो भाइरसले मानिसको ज्यान लिन्छ । यो भाइरसको उपचारका लागि वैज्ञानिकहरूले अहिलेसम्म औषधि पत्ता लगाउन सकेका छैनन् तर, वैज्ञानिकहरू निरन्तर खोज अनुसन्धानमा लागिरहेका छन् ।
पछिको तथ्याङ्कअनुसार हाल विश्वमा २४ लाख ९९ हजार ६ सत्न्दा बढी सङ्क्रमित भएका छन् र १ लाख ७१ हजार ३ सत्न्दा बढीको मृत्यु भइसकेको छ । ६ लाख ५८ हजारभन्दा बढीलाई निको भएको छ । चीनमा देखापरेको कोभिड–१९ बाट चीनमा ८२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् र ४ हजार ६ सयको हाराहारीमा मृत्यु भइसकेको छ । त्यस्तै चीनमा ७७ हजारभन्दा बढीलाई निको भएको छ । आफूलाई खुबै शक्तिशाली ठान्ने साम्राज्यवादी देश अमेरिका पहिलो उच्च जोखिममा रहेको छ । जसमा ७ लाख ९२ हजार ९ सत्न्दा बढी सङ्क्रमित भएका छन् र ४२ हजार ५ सय जनाको मृत्यु भइसकेको छ । त्यसपछि इटालीमा मृत्यु हुनेको सङ्ख्या २४ हजार १ सत्न्दा बढी छ भने १ लाख ८१ हजार २ सत्न्दा बढी सङ्क्रमित रहेका छन् । त्यस्तै स्पेनमा २१ हजार २ सत्न्दा बढीको मृत्यु भइसकेको छ र २ लाख ४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा हालसम्म १८ हजार ६ सत्न्दा बढी सङ्क्रमित भएका छन् र ५ सय ९२ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म (शुक्रबार) ३० जनामा सङ्क्रमित पुष्टि भएको छ, जसमा १ जनालाई पूर्णरूपमा निको भएको छ भने २९ जना नेपालका विभिन्न अस्पतालमा उपचाररत छन् ।
विश्वभरका मानिसहरू कोरोनासँगको युद्ध लड्दै छन् । विश्वमा दिनप्रतिदिन कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसहरूको तथ्याङ्क हेर्दा कसको मन नै सिरिङ्ग हुँदैन होला र ?
अस्पतालका डाक्टर, नर्सहरू आफ्नो ज्यानको प्रवाह नगरी उपचारमा खटिरहेका छन, साथै सुरक्षाकर्मीहरू दिनरात नभनी जनताको सुरक्षामा खटिरहेका छन । तर, विगतको जस्तै कालाबजारी, भ्रष्टाचारी र बिचौलिया भाइरसहरूको बिगबिगी झनै बढिरहेको छ । सर्वसाधारणलाई के भन्नु सरकार आफैँ भष्टाचारीहरूको ठेकेदार भएको छ ? यो सङ्कटको घडीमा सबै मिलेर हातेमालो गर्दै कोरोना भाइरससँगको युद्वमा विजय प्राप्ति गर्नुबाहेक अरू केही विकल्प छैन ?
विगत केही महिना यता कोरोना
भाइरसको कारणले विश्व नै लकडाउनमा छ । झण्डै एक महिना यता नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को असरले लकडाउन भएको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्ने भएकोले सरकारले लकडाउन गर्नु एकदमै राम्रो काम हो भने सर्वसाधारणले लकडाउनको पालना गर्नु आवश्यक छ । लकडाउनको कारणले गर्दा अधिकांश जनताको जनजीवन अस्तव्यस्त भएको छ । दिनभरि काम गरेर बिहान बेलुकाको छाक टार्नेहरूको लागि लकडाउन मृत्यु नै बनिरहेको छ । धेरै नेपाली अलपत्र परेका छन् । हजारौँ नेपाली सिमानामा रोकिएका छन् । उनीहरूको उद्धार गर्नतिर सरकारको ध्यान जानुपर्ने होइन र ? जुन मानिसहरू आफ्नो रोजिरोटीको लागि भारतमा मजदुरी गर्न गएका थिए । घर फर्किने क्रममा उनीहरू लकडाउनमा परेर सिमाना पारी लालाबालासहित बिचल्लीमा परेका छन् । के उनीहरू नेपाली नागरिक हैनन् र सरकार ? समाजवादको खोक्रो नारा लगाउने दुईतिहाइ कम्युनिस्टको सरकार के हुनेखानेहरूको लागि मात्रै हो र ? यो विपत्को बेला सरकारले उनीहरूको स्वास्थ्य परीक्षण गरी उचित बन्दोबस्त गर्नुपर्ने हो ? तर, सरकारको ध्यान त्यतातिर गएको छैन ।
कामदार वर्गको हकहितको निम्ति सरकारमा गएकाहरूले आज देश बन्दाबन्दीमा भएको बेला श्रमजीवीहरूको लागि किन भरिलो राहतको व्यवस्था गर्नसक्दैन ? घरबाट बाहिर ननिस्कने बेला, बाध्यताले काखमा नानी बाबु बोकेर कोशौँ टाढा हिँडिरहेका मानिसहरूको लागि किन केही सोच्दैन सरकार ? जसको कारणले नेतृत्व तहमा पुगे, आज उनीहरूकै बिचल्ली हुँदा कसरी हेर्न सकेको होला ? धिक्कार ¤ छ मेरो देशको सरकारलाई ?
राहतको नाममा करोडौँ रकम छुट्याउँदै छन्, तर जनतालाई भरिलो राहतको व्यवस्था किन हुन सकिराखेको छैन ? चरालाई चारो दिएजस्तो राहतको वितरण गरेर हुनेवाला छैन । हुने खानेलाई हैन हुँदा खानेको लागि उचित किसिमले राहतको व्यवस्था होस् ? दिनप्रतिदिन नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै छ ।
यतिबेला हरेक नागरिक सचेत हुन जरुरी छ । लकडाउनको पालना गर्नु हामी सबै नागरिकको कर्तव्य हो । सरसफाइमा यतिबेला विशेष ध्यान दिनुपर्ने कुरा कसैले बिर्सिनु हुँदैन । लकडाउनको राम्रो व्यवस्था नभएकोले मानवीय जनजीवनमा नराम्रो असर नपर्ला भन्न सकिन्न ? लकडाउनले भोकमरी ननिम्त्याओस् । बिहान बेलुकाको छाक टार्न मुस्किल भएकाहरूलाई राहतको उचित बन्दोबस्त सरकारले चाँडै गरोस् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *