युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
प्रभात पटनायक
सरल बुझाइमा दुई जना व्यक्तित्व–लेनिन र किन्सबीच कुनै खालको समानता देखिँदैन । (किन्स बेलायती अर्थशास्त्री हुन् जसले पुँजीवादी बजारका निश्चित क्षेत्रमा राज्यको हस्तक्षेपसम्बन्धी मिश्रित अर्थतन्त्रको विचार दिएका थिए ।) किन्स क्याम्ब्रिज विश्वविद्यालयका विशिष्ट अध्येता थिए । बेलायत सरकारमा उनको सहज पहुँच थियो । उनी उदार पार्टीका समर्थक र वोल्शेविक क्रान्तिका कट्टर आलोचक थिए । उनी सौन्दर्यशास्त्री र उदार पुँजीवाद पक्षधर ब्लुमवर्ग समूहका सदस्य थिए । बेलायत साम्राज्यका उनी आजीवन पक्षधर थिए ।
बेलायती सत्ताका उनी दृढ र संवदेनशील सदस्य पनि । अर्कोतिर लेनिन एक जना क्रान्तिकारी थिए । जसले हजारौँ प्रतिकूलताबीच वर्षाँै निर्वासन जीवन बिताएका थिए । राजनीतिक कारणले निर्वासित व्यक्तिहरूसँग रुसमा राजनीतिक परिवर्तनबारे उनको तीतो मतान्तर थियो । लेनिनले निकै प्रष्टताका साथ रुसमा क्रान्तिको सम्भावना देखे र उनले त्यही क्रान्तिको नेतृत्व पनि गरे । गृहयुद्धको सामना गरे । टाइफस महामारीको सामना गरे । उनको हत्या प्रयास भयो र अन्ततः त्यही कारणको उनको निधन पनि भयो । एकातिर किन्सले सुरक्षित जीवन बाँचे भने अर्कोतिर लेनिनको जीवनमा सधैं खतरा मडारिरहेको हुन्थ्यो । यसरी हेर्दा दुवैको जीवनबीच हेर्दा धेरै ठूलो अन्तर देखिन्छ । तथापि उनीहरूको जीवनमा केही रोचक समानता पनि छन् ।
दुवै जना चिन्तकबीच गम्भीर मतान्तर थिए । तथापि दुवै जनताको बौद्धिक गहिराइको कारण दुवै एकआपसमा आदर प्रकट गर्थे । कम्युनिष्ट अन्तर्राष्ट्रियको दोस्रो महाधिवेशनमा लेनिनको प्रतिवेदनमा जोन मिलार्ड किन्सलाई ‘बेलायती पुँजीवादी शान्तिवादी’, ‘उदार पुँजीवादी आदर्शवादी’ र ‘वोल्शेविकवादको अतुलनीय शत्रु’ भनेका थिए । किन्सको ‘शान्तिको आर्थिक परिणाम’ को खण्डन गर्दै क्रान्तिको परिस्थिति किन र कसरी तत्कालीन विश्व परिस्थितिमा तयार छ भन्ने विषयमा आफ्नो धारणा राख्ने क्रममा लेनिनले किन्सको लागि ती शब्दावली प्रयोग गरेका थिए । लेनिनले अझ अगाडि बढेर लेखेका छन्–‘पुँजीवादको अवस्थाबारे किन्सले जत्तिकै राम्ररी अरू कसैले लेखेका छैनन् ।’ किन्सले पनि धेरै सन्दर्भमा लेनिनको ‘विलक्षणता’ को कुरा गरेका थिए । आफ्नो सो पुस्तक ‘शान्तिको आर्थिक परिणाम’मा किन्सले मुद्रास्फीतिको कुरा गर्दा लेखेका छन्,“लेनिनले पुँजीवादी व्यवस्था ध्वस्त बनाउने सबभन्दा उपयुक्त तरिका भनेको मुद्रालाई भ्रष्ट बनाउनु हो लेखेका छन् ।…लेनिन वास्तवमै सही छन् ।”
तर, उनीहरूबीचको तीतो मतान्तरबीच आपसमा बौद्धिक सम्मान न त असामान्य हो न कुनै उल्लेख्य विषय नै हो । दुवै जना चिन्तकहरूबीच एउटा साझा मत थियो – पुँजीवाद परिपक्व चरणमा पुगेको अवस्थामा वित्तीय पुँजीको एकाधिकारले एउटा यस्तो परिस्थिति निम्त्याउँछ जहाँबाट पुँजीवादी व्यवस्था पहिलेजस्तै अघि बढ्न सक्दैन । वित्तीय बन्दोबस्तले पुँजीवादलाई कसरी अघि बढ्न असम्भव घुम्तीमा पु¥याइदिन्छ भन्ने कुरामा उनीहरू दुवैका आ–आफ्ना बुझाई छन् । त्यस्तो बिन्दुबाट कसरी अघि बढ्ने भन्ने विषयमा पनि उनीहरूका आ–आफ्ना मत छन् । तर, विद्यमान पुँजीवादी व्यवस्था अहिले जस्तो छ, त्यसरी नै अघि बढ्न असम्भव भएकोमा दुवैका मत समान छन् ।
किन्सले वित्तीय पुँजीको एकाधिकारलाई पुँजीवादी व्यवस्थाको ऊर्जाहीन अवस्थाको रूपमा व्याख्या गरेका छन् । त्यो चरणमा बेरोजगारी असामान्य उचाइमा पुगेको हुन्छ जसले गर्दा मानिस यस्तो अमानवीय व्यवस्था थप सहन गर्न सक्दैनन् । यस्तो एकाधिकारको चरणमा चुनौती साधारण अवस्थामा व्यापारिक निगममाथि आइपर्ने सानातिना समस्यामा सीमित हुँदैन । बरु यो चरणमा व्यापारिक निगममाथि चारैतिरबाट हमला हुन्छ । त्यसको अर्थ उन्नाइसौं शताब्दीको पुँजीवादलाई जोगाएका टेकाहरू पनि यो चरणमा पुगेर मक्किसकेका छन् ।
पुँजीपतिको आवेश र गलत निर्णयको कारणले मात्र अब बेरोजगारीको परिधि तय हुने होइन, बरु पहिले अर्थतन्त्रलाई टेवा दिइरहेका टेकाहरू समेत भाँचिंदा बेरोजगारीमा समस्या थप बल्झिन्छन् । त्यही अवस्थाले कालान्तरमा आर्थिक महामन्दी (द ग्रेट डिप्रेसन) को अवस्था निम्तियो । किन्स समाजवादको चुनौतीबीच पुँजीवादलाई जोगाउन त्यो व्यवस्थालाई मानवीय बनाउन चाहन्थे । उनको विचारमा राज्यको व्यवस्थित हस्तक्षेपमार्फत मागको व्यवस्थापन (म्यानेजमेन्ट अफ डिमान्ड) गर्न सके पुँजीवादी व्यवस्थालाई ‘मानवीय’ बनाउन सकिन्छ । वित्तीय खेलाडीहरूको गलत निर्णय र आवेशबाट रोजगारीको दायरालाई स्वतन्त्र वा निरपेक्ष बनाउन सकिन्छ ।
त्यसको अर्थ के किन्स र लेनिनका विचार दुवै असान्दर्भिक बनेका हुन् त ? यो प्रश्नको उत्तर प्रष्टतः ‘होइन’ हो । यसमा दुवै विचारधाराबीचको ठूलो भिन्नता निहीत छ । लेनिनको चिन्तन बृहत् छ । सम्पूर्णतः नयाँ विश्व व्यवस्था स्थापना निर्माणसँग लेनिनको विचारधारा आधारित छ । मानव जातिले सपना मात्र देखेको तर कहिल्यै वास्तविकतामा नदेखेको संसार निर्माण नै लेनिनको ध्येय हो । मालिक वर्गको सबभन्दा क्रुर दमनको सम्भावनाका कारण लेनिन आफ्नो प्रयोग असफल हुन सक्ने सम्भावनाप्रति पनि सजग थिए । सोभियत सङ्घ स्थापना भएको तीन महिनापछि उनले खुशीपूर्वक भनेका थिए,“हामी पेरिस कम्युनभन्दा लामो समय टिक्यौं ¤’ आफूले स्थापना गर्न खोजेको समाज व्यवस्थाको भव्यताको कारण लेनिनले आफू असफल पनि हुन सक्ने सम्भावना देखेका थिए । तर, किन्सको सन्दर्भमा त्यसो भएन ।
तर, लेनिनको विचारमा वित्तीय पुँजी जताततै आफ्ना प्रतिस्पर्धीलाई सिध्याएर(नष्ट पारेर)‘आर्थिक भूमि’ हड्प्न र हस्तक्षेप गर्न सदैव लालायित हुन्छ । त्यसकारण भिन्न भिन्न राज्यको आड भरोसा प्राप्त ‘राष्ट्रिय’ वित्तीय पुँजी (जो ठूला ‘राष्ट्र’को स्वामित्व वा संरक्षकत्वमा हुनेगर्छ) बीचको प्रतिस्पर्धाले अन्ततः रक्तपातपूर्ण साम्राज्यवादी लडाइँको रूप लिने गर्दछ । तत्कालीन परिस्थितिमा पहिलो विश्व युद्ध त्यसैको परिणाम थियो । यो अवस्थाको अन्त्य पुँजीवादको जगजगी चलेको सम्पूर्ण वित्तीय व्यवस्थालाई फालेर समाजवाद स्थापनाले मात्र सम्भव हुने लेनिनको विचार थियो ।
समयक्रममा दुवै चिन्तकका विचारधारा व्यवहारको कस्सीमा घोटियो । माग व्यवस्थापनसम्बन्धमा पुँजीवादी अर्थतन्त्रमा राज्यको हस्तक्षेपसम्बन्धी किन्सको प्रस्ताव सुरुमा थोरैले मात्र स्वीकारेका थिए । दोस्रो विश्वयुद्धभन्दा ठीक अघिसम्म फासीवादी देशबाहेक अन्य देशमा ठूलो आर्थिक विपत्तिको अवस्था थियो । फासीवादी खतराको प्रतिरोधको लागि थालिएका सैनिक तयारीले रोजगारी र अन्य आर्थिक गतिविधि बढ्यो । त्यसकारण, तत्क्षण किन्सको विचार ‘बिक्री’ भएन । तर, युद्धपछि भने वर्गहरूको शक्ति सन्तुलनमा परिवर्तन आयो । सबै पुँजीवादी देशहरूमा कामदार वर्ग शक्तिशाली देखिए । त्यस्तो अवस्थामा प्रजातान्त्रिक समाजवादको उदय भयो । त्यसै अन्तर्गत माग व्यवस्थापनको लागि राज्यको हस्तक्षेपको सिद्धान्त संस्थागत गरियो । त्यो समयलाई ‘पुँजीवादी व्यवस्थाको स्वर्ण युग’ को संज्ञा दिइयो ।
लेनिनको सन्दर्भमा उनले पुँजीवादी व्यवस्था ध्वस्त गर्न आह्वान गरे । वोल्शेविक क्रान्ति भयो । कम्युनिष्ट अन्तर्राष्ट्रियको स्थापना भयो । फासीवादविरुद्ध सोभियत सङ्घको सङ्घर्ष अघि बढ्यो । संसारलाई उपनिवेशवादबाट मुक्त बनाउन, समाजवादको प्रचार गर्न र बीसौं शताब्दीको ऐतिहासिक युग आरम्भको लागि साझा योगदान ग¥यो । आजको परिस्थिति हेर्दा दुवै चिन्तकको चिन्तनअनुसारको ऐतिहासिक प्रयोगले सुरुमा भनिएजस्तै नतिजा दिन सकेको छैन । वित्तीय पुँजीको आवेश र गलत निर्णत्न्दा माथि रहने ठानिएको राज्यलाई अहिलेको परिस्थितिमा वित्तीय पुँजीको विश्वव्यापीकरणको प्रक्रियाले आफ्नो मातहतमा ल्याएको छ । फलतः हामी आज पुँजीवादी देशहरूमा भयावह आर्थिक विषम अवस्थाको सामना गरिरहेका छौं । ती देशमा आर्थिक मन्दी छाएको छ । आर्थिक मन्दीबीच सामाजिक क्षेत्रमा लगानी कटौती (अस्टरिटी मिजर्स) लागू गरिएको छ । सामाजिक क्षेत्रमा लगानी कटौतीले अन्ततः थप मन्दीकै अवस्था निम्तिने हो । पुँजीवादी देशको यस्तो अवस्था देखेर किन्स निकै रिसाएका होलान् । त्यस्तै लेनिनको नेतृत्वमा स्थापना भएको सोभियत सङ्घ पनि अहिले अस्तित्वमा छैन । केहीलाई छोडेर कम्युनिष्ट पार्टीहरू आज निष्प्रभावी छन् । चीन र भियतनाममा समाजवादी विरासतबारे सकारात्मक र नकारात्मक कोणबाट बहस चलेकै छ । साम्राज्यवादले लगातार हमला गरिरहेको क्युवाको भविष्यबारे पनि छलफल जारी छ । किन्स र लेनिनको विषयमा कुरा गर्ने मानिसको सङ्ख्या घटिरहेको देखिन्छ ।
तर, त्यसको अर्थ के किन्स र लेनिनका विचार दुवै असान्दर्भिक बनेका हुन् त ? यो प्रश्नको उत्तर प्रष्टतः ‘होइन’ हो । यसमा दुवै विचारधाराबीचको ठूलो भिन्नता निहीत छ । लेनिनको चिन्तन बृहत् छ । सम्पूर्णतः नयाँ विश्व व्यवस्था स्थापना निर्माणसँग लेनिनको विचारधारा आधारित छ । मानव जातिले सपना मात्र देखेको तर कहिल्यै वास्तविकतामा नदेखेको संसार निर्माण नै लेनिनको ध्येय हो । मालिक वर्गको सबभन्दा क्रुर दमनको सम्भावनाका कारण लेनिन आफ्नो प्रयोग असफल हुन सक्ने सम्भावनाप्रति पनि सजग थिए । सोभियत सङ्घ स्थापना भएको तीन महिनापछि उनले खुशीपूर्वक भनेका थिए,“हामी पेरिस कम्युनभन्दा लामो समय टिक्यौं ¤’ आफूले स्थापना गर्न खोजेको समाज व्यवस्थाको भव्यताको कारण लेनिनले आफू असफल पनि हुन सक्ने सम्भावना देखेका थिए । तर, किन्सको सन्दर्भमा त्यसो भएन ।
किन्सको लक्ष्य समाजवादको विरोधमा निजी सम्पत्तिमा आधारित राजनीतिक व्यवस्था रक्षा गर्नु थियो । उनले मालिक वर्गको संस्थागत विरोध सामना गर्नुपरेन । बरु मालिक वर्गबाट उनले सामना गर्नुपरेको विरोधसमेत उनीहरूको बौद्धिक पछौटेपनको रुपमा मात्र लिइयो । अर्थतन्त्रमा आर्थिक गतिविधि र रोजगारी बढाउन राज्यले माग व्यवस्थापन गरे त्यसले (रोजगारी बढाएर) मजदुरको र (नाफा बढाएर) पुँजीपति वर्गलाई फाइदा पुग्ने उनको तर्क थियो । किन्सले सोचेको जस्तो पुँजीवादी व्यवस्थाको सबभन्दा अमिल्दो अवस्था भनेको यसले ‘सबैको हित गर्न खोजेको’ हुन्छ । किन्स पुँजीवादमा राज्यको हस्तक्षेप आफैमा विरोधाभासपूर्ण कुरा भएको देख्दैनन् । त्यसले अन्ततः श्रममाथि पुँजीकै जगजगी बलियो बनाउने गर्छ । पुँजीवादको लागि आर्थिक महामन्दीको जस्तो बृहत् बेरोजगारीको अवस्था अनिवार्य होइन । राज्यको हस्तक्षेपबाट केही तहको आम बेरोजगारीले मात्र पनि त्यो व्यवस्थाको सामाजिक वैधता नष्ट गर्छ । आफ्नो चिन्तनले अस्थायी हार खाएकोमा लेनिनलाई आश्चर्य लाग्नेछैन । तर, किन्सलाई भने आफ्नो परियोजनाको असफलताले आश्चर्य बनाउनेछ । लेनिनको चिन्तन अन्ततः साकार हुनेछ । तर, किन्सको परियोजना व्युँतिन सम्भव छैन । बरु लेनिनले गोल(समाजवादी क्रान्ति) गर्न खोज्दा किन्स गोलरक्षकको भूमिकामा मात्र रहनेछन् ।
(प्रभात पटनायक भारतका अर्थशास्त्री हुनुहुन्छ । यो लेख सन् २०११ को अप्रिल १४ मा द टेलिग्राफमा प्रकाशित भएको हो । अक्टोबर समाजवादी क्रान्तिका नेता लेनिनको १५० औं स्थापना दिवसको अवसरमा यो लेख मन्थ्ली रिभ्युबाट अनुवाद गरिएको छ ।)
अनुवादः नीरज
Leave a Reply