युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
राकस्था
युरोपेली सङ्घको प्रस्तावित एक सदस्य देश सर्बिया । कोरोना भाइरसको महामारीले सर्बियालाई पनि गाँज्न थालेको थियो । सर्बियाले युरोपका विभिन्न देशसँग सहयोगको याचना ग¥यो । तर, पनि यथोचित सहयोग पाएन । अन्ततः चीनसँग सहयोग माग्यो । कोभिड–१९ बाट भर्खर तङ्ग्रिन थालेको चीनले सर्बियालाई औषधी र स्वास्थ्य सामग्री उपलब्ध गरायो । चीन सङ्कटको मित्र प्रमाणित भयो । अनि मार्च १५ मा सङ्कटकाल घोषणा गर्दै सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुसिसले एउटा हृदयको आवाज बोले, ‘सर्बियालाई सहयोग गर्नसक्ने देश चीन एउटैमात्र रहेछ ।’ उनको कथन थियो, ‘युरोपेली ऐक्यबद्धता अब रहेन । यो एउटा परिकथामात्र हो ।’ उनले चीनका राष्ट्रपति सी चिङफिङलाई ‘साथी एवम् दाइ’ भनेर सम्बोधन गरे । सर्बियाली राष्ट्रपतिले ‘अ फ्रेन्ड इन निड इज अ फ्रेन्ड इन्डिड’ अर्थात् अप्ठेरोको साथी नै सच्चा साथी हुन्छ भन्ने उपमा हालेर चीनको सराहना गरे ।
ग्यालिलियो, लियोनार्दो दा भिन्चि, जुलियस सिजर, मार्कोपोलोजस्ता महान् व्यक्तिहरूको जन्मभूमि इटालीको जनमानसलाई पनि कोरोनाको व्याधिले हायलकायल पारेको छ । यो पनि युरोपेली सङ्घको सदस्य देश नै हो । स्थिति अत्यन्तै गम्भीर भएपछि इटालीले पनि युरोपका विभिन्न देशसँग हारगुहार माग्यो । कहिँबाट ठोस सहयोग आएन । तर, महामना चीन सहयोगको निम्ति तत्पर भयो । चीनको अनुभव सबभन्दा महत्वको पक्ष त छँदै थियो । चीनले इटालीलाई चिकित्सक र स्वास्थ्य सामग्री पुग्दो मात्रामा उपलब्ध गरायो । स्पेन, इरान, अफगानिस्तानमात्र होइन संयुक्त राज्य अमेरिकाले समेत चीनसँग सहयोग माग्यो । चीनले कुनै राजनीतिक आग्रह एवम् पूर्वाग्रह नराखी सिङ्गो मानव जगतको अस्तित्वमाथिको चुनौती सामना गर्न सहकार्य एवम् सहयोग ग¥यो ।
मार्च १८ मा कोभिड–१९ सङ्क्रमित यात्रु बोकेको बेलायती क्रुज सिप (यात्रु बोकेको जहाज) लाई कुनै पनि क्यारिबियाली देशले उत्रिन नदिएपछि क्युवाले नै सहयोगको हात अगाडि बढायो । बेलायती पानीजहाजका ६८० यात्रुलाई बेलायतसम्म उड्न क्युवाले सघायो । अप्ठेरोमा परेको क्युवाले कुनै राजनीतिक प्रतिशोधको भावना राखेन, न त कोरोना सङ्क्रमणको डरले कर्तव्य पथबाट विचलित भयो । उद्धार गरिएका बेलायतीहरूले पनि क्युवामा मानवता जिउँदो रहेकोमा सन्तोषको सास फेरे ।
कोभिड–१९ विरुद्ध लड्न ल्याटिन अमेरिकी एक सानो समाजवादी देश क्युवाले विश्वका विभिन्न २० देशमा एक हजारभन्दा बढी चिकित्सक र स्वास्थ्य प्राविधिकहरू पठाएको छ । कोभिड–१९ को चुनौतीसँग लडिरहेको क्युवाले मार्च २१ मा सबभन्दा पहिलो चिकित्सा समूह इटाली पठायो (क्युवामा वर्षमा करिब ४५ लाख अन्तर्राष्ट्रिय पर्यटक पुग्ने कुरा यहाँ बिर्सनुहुन्न) । कोरोना भाइरसले ग्रस्त इटालियाली नागरिकको सेवामा क्युवाली चिकित्सक खट्दा विश्वले आशा र सन्तोषको निःश्वास लिएको थियो । नेपालीमा एउटा गीत छ, ‘चोट मलाई पर्दामा दुख्छ भने यदि तिम्रो ज्यान…’ । अरूलाई घाउ लाग्दा आफूलाई चह¥याउनु नै मानवीय संवेदना हो । युद्धमा गम्भीर घाइतेलाई अर्को योद्धाले बोक्नु अनिवार्य हुन्छ, नत्र आफै पनि त्यसको सिकार भइन्छ । आफै कोभिड–१९ को कहर काटिरहेको क्युवाले इटाली, ग्रेनाडा, एन्डोरा, भेनेजुयला, निकारागुवा, सुरिनाम, जमैका, हाइटी, वेलिस, डोमिनिकालगायत देशमा स्वास्थ्योपचारको निम्ति चिकित्सकहरू पठाएको छ । जबकि क्युवामा सोमबारसम्म ९ सत्न्दा बढी कोरोना सङ्क्रमित भएका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ । अरू दर्जनौँ देशले क्युवासँग सहयोगको लागि अनुरोध गरेका छन् । यसै क्रममा सन् २०१४ को इबोला महामारीलगायत सन् २००५ देखि २०१७ सम्म भएका बाढी, भूकम्प, आँधी र महामारीमा २१ देशका ३५ लाख मानिसको उद्धारमा क्युवाको प्रत्यक्ष सहयोग रहेको तथ्य अहिले चर्चाको विषय बनेको छ ।
विश्व कोभिड–१९ को महामारीसँग जुझिरहेको बेला माथि उद्धृत केही घटना वा भनौँ उदाहरणहरूकोे सन्दर्भमा विश्वका अर्बौँ मानिसले चीन र क्युवाको मुक्तकण्ठले प्रशंसा गरे । डुब्न लागेको मानिसलाई एउटा त्यान्द्रोले पनि आशा जगाउँछ । चीन र क्युवाको सहयोगले गर्दा मरुभूमिका यात्रुले मरुद्यान भेट्दा जसरी खुशी र सन्तोषको अनुभव गर्छन्, त्यसरी नै कोरोना भाइरसबाट आहत विश्वजनमा आशाको सञ्चार हुनु स्वाभाविक हो ।
प्रतिव्यक्ति आयको तथ्याङ्क देखाई निर्धन एवम् गरिब जनताको रूपमा प्रस्तुत गरिएका क्युवाली जनताको धनी मनलाई विश्वले मन पराइरहेका छन् । पुँजीवादी सञ्चारमाध्यमका भ्रमजाल च्यातिँदै छ । आज झन् विश्वमा सबभन्दा कम शिशु तथा मातृ मृत्युदर रहेको क्युवा अहिले चर्चाको विषय बनेको छ । उपलब्ध चिकित्सक सङ्ख्यालाई क्युवाली नागरिकबीच भागबन्डा लगाउने हो भने विश्वमै सबभन्दा बढी चिकित्सक क्युवामै छन् । क्युवामा करिव ११० नागरिकको निम्ति एक चिकित्सक उपलब्ध छ । विश्वभरका हजारौँ युवा क्युवामा चिकित्साशास्त्र अध्ययन गर्दै छन् । जनस्वास्थ्यकै ख्याल गरी क्युवाले कृषि उपजलाई पूर्णतः जैविक (अर्गानिक) बनाएको छ । व्यक्तित्व विकासमा समान अवसर, आर्थिक समानताका विषय त छँदै छन् ।
असल कुराको ढिलो नै भए पनि प्रचार हुँदोरहेछ । यद्यपि निःस्वार्थ सहयोगको भावना राख्ने पक्षले प्रचारलाई महत्व दिँदैन । ‘दायाँ हातले दिएको सहयोग बायाँ हातलाई पनि थाहा नहोस्’ भन्ने भावनाप्रति क्युवा र चीन सचेत भएको पनि अनुभूति हुन्छ । समाजवादबारे भएका दुष्प्रचारको खण्डन शब्दले भन्दा व्यवहारले राम्ररी गर्दो रहेछ । भनिन्छ, ‘याक्सन स्पिक्स लाउडर द््यान वर्डस्’ अर्थात् ‘कल्ले के भन्छ भन्दा कल्ले के गर्छ भन्ने कुरा’ मुख्य हो ।
स्वाभाविकै रूपमा यतिबेला समाजवाद र पुँजीवादबारेको पुस्तौँदेखिको बहस सघन भएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लागू नवउदारवादी नीतिको कारण लाखौँ मानिस मृत्युको मुखमा पुगेको अत्यन्तै चर्को पीडा भोगिरहेका युरोपेली देशका नागरिकहरू समाजवादी देशहरूले जनस्वास्थ्य क्षेत्रमा हासिल गरेको सफलता तथा प्रगतिका आधारहरूको विश्लेषण गरिरहेका छन् । चीन र क्युवा समाजवादी देश भएकोले ती देशमा सबभन्दा बलियो विधिको शासन छ । समाजवादी देशमा कानुनप्रतिको आदर सबभन्दा उँचो हुन्छ । जनताप्रति सरकार पूर्णतः जिम्मेवार हुन्छ । जनता अनुशासित हुन्छन्, भ्रष्टाचार हुँदैन वा अत्यन्त न्यून हुन्छ । मुख्यतः नागरिकको स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिएको हुन्छ ।
यदि कोरोना भाइरसको महामारी चीनबाहेक अन्य देशमा सुरु भएको भए के हुन्थ्यो होला भन्ने प्रश्न पनि उठेको पाइन्छ । जवाफ सरल छ, विश्वले आजको भन्दा कैयौँ गुणा बढी मूल्य चुकाउनुपथ्र्यो । चीनको विकसित चिकित्सा विज्ञान र अत्याधुनिक प्रविधिको कारण थोरै समयमा चीनले कोरोना भाइरसमाथि विजय प्राप्त गरेको हो । गत डिसेम्बरको २५ मा सार्सजस्तो न्युमोनियाको लक्षण भएका केही बिरामी चीनको उहानमा भेटिए, एक हप्तामा केही बिरामी थपिए तर कोरोना भाइरसको पहिचान हुन सकेन । करिब एक महिनापछि अर्थात् जनवरी २३ मा अकस्मात् धेरै रोगी देखिएपछि चिनियाँ नयाँ वर्ष मनाउने उल्लासमा रहेको चीनले देशैभर लकडाउन ग¥यो । लगभग साढे दुई महिनाको लकडाउनपछि बल्ल कोभिड–१९ नियन्त्रणमा आयो । यसैबीच लकडाउन नीतिप्रति इङ्गित गर्दै मानवअधिकार र स्वतन्त्रताको प्रश्न उठाई अमेरिकी राष्ट्रपति ट्रम्पलगायतले चीनलाई निकै गाली गरे तर लकडाउनको चिनियाँ नीतिकै कारण चीनले अत्यन्तै सङ्क्रामक नयाँ भाइरल रोगमाथि विजय प्राप्त गरिछाड्यो । रातारात अस्पतालहरू बने, कोभिड–१९ को इपिसेन्टर (केन्द्रबिन्दु) बनेको उहानमा अन्य प्रान्तका हजारौँ स्वास्थ्यकर्मीले सेवा प्रदान गरे । अथक सङ्घर्षविना त्यो सफलता प्राप्त गर्न सम्भव थिएन ।
साथै, चीनमाथि सूचना लुकाएको भन्ने झूटो आरोप लगाएर आफ्नो कमजोरी लुकाउन अमेरिकी राष्ट्रपति पानीमाथिको ओभानो बनिरहेका छन् । कुनै पनि सूचना लुकाएको भए चीनले त्यस्तो तिलस्मी सफलता प्राप्त गर्न सक्दैनथ्यो । सारा जनता सचेत नबनाई त्यस्तो महामारीको नियन्त्रण गर्न सम्भव हुँदैहुँदैन । चीनमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको निम्ति विश्व स्वास्थ्य सङ्गठनको पनि महत्वपूर्ण भूमिका रह्यो । डब्ल्युएचओका विशेषज्ञहरूको रायसुझावले धेरै सहयोग ग¥यो । हो, नयाँ रोग भएकोले सुरुआतमा केही कमजोरी देखिए, सुरुमा चिकित्सकहरू अलमल पनि भए । रोग नियन्त्रण गर्न नसकेपछि उहानका अधिकारीहरूलाई बर्खास्त पनि गरियो, गल्तीप्रति क्षमा याचना पनि गरियो ।
हुन त ‘चीनमा अधिनायकवादी व्यवस्था भएकैले कोभिड–१९ माथि विजय प्राप्त गरेको’ भनी चीनबारे गलत टिप्पणी गरी फेरि विश्वलाई अन्धकारमै राख्ने प्रयास पनि भएको छ । सैद्धान्तिकरूपमा कुनै पनि राज्य व्यवस्था निरङ्कुश हुन्छ, पुँजीवादी होस् वा समाजवादी । राजतन्त्र होस् वा गणतन्त्र । मात्र कसको अधिनायकत्व भन्नेमा फरक पर्छ । पुँजीवादी व्यवस्थामा पुँजीपतिवर्गको हालीमुहाली वा निरङ्कुशता हुन्छ । यस्तो व्यवस्थामा मुठ्ठीभर शोषक तथा पुँजीपतिहरूको रजगज हुन्छ । बहुमतको शासन वा प्रजातन्त्रको नाममा अल्पमतको शासन भइरहेको कुरा संरा अमेरिकी राष्ट्रपतिले पाइआएको मत प्रतिशतले नै प्रस्ट पार्छ ।
प्रतिव्यक्ति आयको तथ्याङ्क देखाई निर्धन एवम् गरिब जनताको रूपमा प्रस्तुत गरिएका क्युवाली जनताको धनी मनलाई विश्वले मन पराइरहेका छन् । पुँजीवादी सञ्चारमाध्यमका भ्रमजाल च्यातिँदै छ । आज झन् विश्वमा सबभन्दा कम शिशु तथा मातृ मृत्युदर रहेको क्युवा अहिले चर्चाको विषय बनेको छ । उपलब्ध चिकित्सक सङ्ख्यालाई क्युवाली नागरिकबीच भागबन्डा लगाउने हो भने विश्वमै सबभन्दा बढी चिकित्सक क्युवामै छन् । क्युवामा करिव ११० नागरिकको निम्ति एक चिकित्सक उपलब्ध छ । विश्वभरका हजारौँ युवा क्युवामा चिकित्साशास्त्र अध्ययन गर्दै छन् । जनस्वास्थ्यकै ख्याल गरी क्युवाले कृषि उपजलाई पूर्णतः जैविक (अर्गानिक) बनाएको छ । व्यक्तित्व विकासमा समान अवसर, आर्थिक समानताका विषय त छँदै छन् । सम्पूर्ण स्वास्थ्य उपचार पूर्णतः निःशुल्क गर्न सक्ने सो देशका नागरिक कसरी गरिब हुनसक्छन् ? कोभिड–१९ ले ‘आदर्श समाज’ स्थापनाको आवश्यकता बोध गराइरहेको छ ।
Leave a Reply