भर्खरै :

लेनिन जिन्दावाद !

 ब्रटोल्ट ब्रेख्ट
पहिलो विश्वयुद्धको बेला
इटालीको साना कार्लाेस जेलको एक
अँध्यारो कोठामा
एक मुक्ति योद्धालाई पनि कोचिएको थियो ।
जड्याहा, चोर हुल्याहाहरूसँग ।
सीसाकलम घोटेर मुक्ति योद्धाले भित्तामा
ठूलठूला अक्षरहरू लेखे–लेनिन जिन्दावाद !
भित्ताको माथिल्लो भागमा अँध्यारो
देखिन्न केही
तर पनि चम्किँदै थिए ती अक्षरहरू प्रस्ट
आँखा त्यसमा पर्नासाथै जेलका
अधिकारीहरूले तुरुन्तै एक रन्जितकारलाई
पठाए पोत्न त्यसलाई
एक बाल्टिन कमेरोले पोत्न लगाए
ती डरलाल्दा अक्षरहरू
अक्षरकै माथि सेतो पोटिँदा
भित्तामा झन् स्पष्ट भयो कमेरोको
अक्षर
लेनिन जिन्दावाद !
अनि फेरि अर्काे रन्जितकार पठाइयो
एउटा ठूलो पोत्ने कुचो लिएर
भित्तामा बारम्बार पोत्यो धेरै बेरसम्म
अक्षरहरू देख्न नछाडेसम्म ।
तर भोलि बिहानै, जसै कमेरो सुक्यो
अक्षरहरू चम्के फेरि तलैसम्म
लेनिन जिन्दावाद !
अनि पठाए एक राम्रो कालिगढ
जेल अधिकारीहरूले
एक एक अक्षर उसलाई खुर्कन
लगाए ।
चुपीको सहाराले एक घन्टासम्म
आफ्ना खप्पिस हातबाट
काम सिधिँदा नसिधिँदै
कोठाको भित्ताको माथिल्लो भागमा
झन् स्पष्ट भयो
धमिलो तर जित्न नसकिने अक्षर–
लेनिन जिन्दावाद !
मुक्ति योद्धाले तब भने –
अब तिमी सारा भित्तैलाई भत्काइ देऊ

One response to “लेनिन जिन्दावाद !”

  1. Sunil Suwal says:

    लेनिन जिन्दावाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *