भर्खरै :

महामारीमा विचार विमर्श

 यशराज
संवत् २०७२ को महाभूकम्प र त्यसले पु¥याएको क्षति व्यहोरेको चार वर्ष बित्दा नबित्दै नेपाली समाजले अर्को विपत्तिसँग जम्काभेट ग¥यो । यस हिसाबले महामारी अन्य देशको भन्दा नेपालको सन्दर्भमा केही फरक हो । भूकम्पको मारबाट तङ्ग्रिन नपाउँदै अर्को अत्यन्त प्रतिकूल स्थिति सामना गर्न ज्यादै कठिन हुनु स्वभाविक पनि हो । तर, विपत्तिले सधैँ–सधैँ विनाशमात्र होइन केही अवसर, केही सन्देश र केही शिक्षा ल्याएकै हुन्छ । विपत्तिले सुध्रिने, हेरफेर गर्ने र सतर्क हुने मौका पनि प्रदान गर्छ । सक्षम शासक र मेहिनती जनता चुनौतीलाई स्वीकार्छन् र नवनिर्माणतर्फ अग्रसर हुन्छन् । जनतालाई एक ढिक्का बनाई समस्या समाधानमा अगुवाइ गर्दछन् ।
वैशाख १२ को भूकम्पपश्चात् जनताको मानसिकता र शासकहरूको कार्यशैलीमा केही परिवर्तन आउने व्यापक अपेक्षा गरिएको थियो । विशेषगरी भौतिक संरचना निर्माणको क्षेत्रमा हेरफेर अत्यावश्यक भएको महसुस गरिएको थियो र गर्ने केही–केही प्रयास भए तापनि आशातीतरूपमा प्राप्त हुन सकेन । यो महामारीले पनि केही सन्देश दिँदै छ, पाठ सिकाउँदै छ । तर, आत्मसात्को पाटो भने हेर्नै बाँकी छ । यद्यपि, दुईवटै विपत्तिको साझा सन्देश र सबैको साझा बुझाइ हो – सुरक्षा प्रथम (Safety First) । सबै सुरक्षित बनौँ र सुरक्षालाई पहिलो प्राथमिकतामा राखौँ भन्ने आह्वान समय परिस्थितिले गर्दै छ । साथै, शारीरिक र मानसिकरूपमा स्वस्थ बनौँ ! यो अर्को महत्वपूर्ण सन्देश हो । थप्नैपर्दा छुटाउन नमिल्ने – सक्रिय बनौँ, सहयोगी बनौँ र अनुशासित बनौँ ! दुवै विपत्तिको क्रममा मिलेको शिक्षा सारमा यिनै हुन् । विपत्तिको अर्को महत्वपूर्ण सन्देश पनि छ – एकता, ऐक्यबद्धता, सहयोग र सहकार्य महामारीविरुद्धको लडाइँमा विजय हासिल गर्न मानवजातिको लागि पहिलो आवश्यकता हो ।
विपत्तिकै बेलामा फर्केर हेर्ने, आत्मसमीक्षा गर्ने र आवश्यक परिवर्तनको निम्ति तयार हुने संस्कार या पद्धतिको विकास जसले गर्छ, जुन समाजले गर्छ त्यस–त्यसले भावी विपत्तिमा अकल्पनीय क्षति या थप बर्वादी व्यहोर्न नपर्ला, पश्चाताप गर्न नपर्ला ¤ विपत्तिमै बुद्धि नफिरे त कसको के लाग्छ ? विपत्ति सकिने बित्तिकै फेरि सबै बिर्सिने बानीले भोली महाविपत्ति निम्त्याउने निश्चित हुन्छ । उदाहरणको लागि, महाभूकम्प र त्यसपश्चात् सुरक्षित निर्माणका कुरा व्यापक ढङ्गमा उठे तर समय सँगसँगै मानिस नानीदेखि लागेको बानीमै रम्न थाले ! यो लापरबाहीको मूल्य भोलि कति व्यहोर्नुपर्ने हो, त्यो भविष्यले नै बताउला ¤ विपत्तिभन्दा मानिसको लघु–दृष्टि, स्वार्थी मनोवृत्ति झन् प्रलयकारी हुन्छ !
मानव समाजको विकास विपत्ति, महाविपत्तिबीच नै गुज्रिँदै आएको र त्यही मार्ग भई नै अगाडि बढ्ने यथार्थ कसैले नकार्न सक्दैन । एक किसिमले भनौँ, यो एक प्रकारको प्राकृतिक नियम नै हो ! जो तयार हुन्छ, जो पूर्वतयारी गर्छ र कडा सङ्घर्ष गर्छ त्यसले विजय हासिल गर्छ, बाँकी त अवशेष या शेषमा फेरिने हुन् ! डार्बिनको ‘बाँच्नको लागि सङ्घर्ष’ को नियमले पनि यही भन्छ । तर, त्यो सङ्घर्षमा आधुनिक ज्ञान–विज्ञानले आविष्कार गरेका यन्त्र, प्रविधि या चिजबिजको मात्र प्रयोग भएमा अब अपर्याप्त हुनेछ । त्यसको निम्ति त प्रकृतिप्रदत्त चेतना, बुद्धि, विवेक प्रयोगको समेत जरूरत पर्दछ  । त्यसको निम्ति त हजारौँ–हजार वर्षको प्रयोग तथा व्यवहारबाट हासिल बहुमूल्य ज्ञान, अनुभवको व्यवस्थित कार्यान्वयन महत्वपूर्ण हुन्छ ।
धेरैलाई सम्झना हुनुपर्छ, विद्यालयका कक्षा कोठामा वादविवाद हुन्थे, लामा–लामा निबन्धहरू लेखिन्थे, बलभन्दा बुद्धि ठूलो, धनभन्दा स्वास्थ्य ठूलो, सहरिया जीवनभन्दा गाउँले जीवन राम्रो, पराइ भूमिभन्दा मातृभूमि प्यारो आदि – आदि । तर, दूर्भाग्य ती परीक्षामुखी सोच र पुरस्कार प्राप्तिमा सीमित हुनाले त्यसको व्यहारमा प्रतिफल न्यून देखियो । व्यवहारमा त्यसको ठिकविपरीत गरियो । त्यसैलाई नै सफलता र महानता ठानियो । ढोङ्गी संस्कृति विकास भयो । यही नै दूर्भाग्य साबित हुँदै छ । यसमा सुधार कहिले, कसरी र कहाँबाट कसले थाल्ने ? आजको यक्ष प्रश्न यही नै हो । पढ्ने, पढाउने र प्रयोग गर्ने जबसम्म विरोधाभासपूर्ण भइरहन्छ तबसम्म परिस्थिति जहिल्यै प्रतिकूल बनिरहने छ । संस्कार र चिन्तनमा वास्तविक परिवर्तन नै आजको आवश्यकता हो । समाज रूपान्तरण नै मुख्य सवाल हो ।
जनगुनासो सुनिन्छ कि शिक्षक, अभिभावकले धनलाई प्राथमिकता दिए र विद्यार्थीले विदेशलाई ¤ गाउँबाट सहर जान र सहरबाट विदेश जान उक्साउनेहरूको कमी कहिल्यै भएन । मानसिक या शारीरिक स्वास्थ्य, कहिल्यै उच्च प्राथमिकतामा परेन । शिक्षा नीति तथा पद्धति स्वयम् गलत हुनाले राज्य स्वयम् यी विषयमा असंवेदनशील, उदासिन या गैरजिम्मेवार बनिदिनाले आज विष्फोटक स्थिति आँखै अगाडि छ । शासकहरूको गलत सोच, चिन्तन र नीतिको कारण जनता मारमा छन् । आजको यो दुर्भाग्यपूर्ण परिस्थितिको पहिलो जिम्मेवार अहिलेसम्मका शिक्षामन्त्री, स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीहरू नै हुन् । समग्रमा भन्नुपर्दा अहिलेसम्मका शासक दल र तिनका नेताहरू जिम्मेवार छन् । तिनीहरू यस अपराधको निम्ति सजायका भागीदार हुन् ।
हरेक निर्वाचन क्षेत्रबाट दुई–दुई सय युवा वैदेशिक रोजगारीमा पठाउने नीति ल्याउने तात्कालीन नेकाको सरकारका अर्थमन्त्री डा. रामशरण महतदेखि त्यही बाटोमा हिँड्ने अरू अर्थमन्त्रीहरू, म्यानपावर कम्पनी चलाउने नेताहरू र तिनीहरूको पैसामा सञ्चालित शासक दलहरूलाई यो महामारीको बेला अझ बढी आलोचना गर्न आवश्यक छ । मलेसिया र खाडी मुलुकका १५ लाख नेपालीको रोजगारी जोखिममा परेको समाचार ताजै हो । चालू आर्थिक वर्षमा मात्र रेमिट्यान्स झन्डै १ खर्ब घट्ने अनुमान भर्खरै गरिएको छ । वैदेशिक रोजगारीमा गएका सयौँ कोरोना भाइरस सङ्क्रमित भएका खबर दैनिक आउँदै छन् ।
यसरी वलिष्ठ पाखुरालाई विदेश पठाएर तराई मरूभूमि, पहाड नाङ्गो र हिमाल उजाड बनाई जनतालाई बर्बाद पार्ने तथा देश कङ्गाल बनाउने शासक नेताहरूलाई अब बीच सडकमा उभ्याई सोधिनुपर्छ – लाखौँ दाजु–भाइ तथा दिदीबहिनी आज विदेशमा अलपत्र पर्दै छन् । ती बेरोजगार भए । ती देशभित्र आउन चाहन्छन् । अब कसरी ल्याउँछौ ? के खुवाउँछौ ? के गराउँछौ ? तिनीहरूको जिम्मा लिन्छौ कि लिँदैनौ ? देशले अहिलेसम्म व्यहोरेको क्षतिको जिम्मा लिन तयार छौ कि छैनौ ?
यो महामारीले आत्मनिर्भरता कुनैपनि समाज या देशको प्राण हो भन्ने सन्देशलाई फेरि एकचोटि बलियो ढङ्गमा प्रवाह गर्दै छ । आज औषधी, मास्क, पन्जा, पीपीई र अन्य स्वास्थ्यसामग्रीको अभावले देशहरू अकल्पनीय मानवीय क्षति भोग्दै छन् । आवश्यक स्वास्थ्य जनशक्तिको कमीका कारण हजारौँले दुःख, कष्ट भोग्दै छन् र मृत्युवरणसमेत गर्दै छन् । जर्मनीले आयात गर्दै गरेको स्वास्थ्य सामग्री संरा अमेरिकाले डकैती गरेको र अरू देश–देशबीच डकैतीका यस्ता घट्नाले स्थितिको वास्तविकता र गम्भीरता बोध गराउँदै छ । नेपालले चीनबाट ल्याएका स्वास्थ्यसामग्रीमा भएको कमिसन, भ्रष्टाचारका काण्ड र विभिन्न दृश्य–अदृश्य खेल तथा स्वार्थको टकरावका साथै भारतले अति आवश्यकीय औषधीहरू यही घडीमा निर्यात बन्द गरेका घटनाबाट समेत नेपालले पाठ नसिकेमा भोलिको स्थिति थप भयावह नहोला भन्न सकिन्न । संवत् २०७२ को भारतीय नाकाबन्दीबाट पाठ नसिक्दा जुन दुर्भाग्य भोग्नु पर्दै छ, यो महामारीबाट पाठ नसिकेमा भोली परिस्थिति काबुभन्दा बाहिर नजाला भन्न सकिन्न । खाद्यवस्तुलगायत दैनिक उपभोग्य वस्तुसमेत निर्यातमा भारतले आफ्नै देशको निम्ति अभाव भएको कारण देखाउँदै नरोकेसम्म कुरेर बस्नु मूर्खताबाहेक केही हुने छैन ।
राज्य आफैले अतिआवश्यकीय वस्तु उत्पादन तथा वितरण गर्नुपर्दछ भन्ने आवाज बारम्बार उठेकै हो । छयालीस सालपछिका सरकारहरूले धमाधम निजीकरण तथा उदारीकरणको नाउँमा उद्योगधन्दा, कलकारखाना ध्वस्त पार्दा चर्को विरोध भएको थियो । भएका सार्वजनिक संस्थानसमेत विघटन गरिइँदा परिणाम गम्भीर हुने अनुमान तथा विश्लेषण भएकै हो । ती सम्पूर्ण गम्भीर सवालमाथि बेवास्ता गरिनाले आज सङ्कटमा राज्य झन् कमजोर तथा निरीह साबित हुँदै छ । हिजो चालिएका ती कदम राज्य कमजोर पार्न र असफल बनाउन गरिएका षड्यन्त्र थिए भन्ने आज पुस्टि हुँदै छ । त्यो गल्तीको कारण महामारी नेपाली जनताका निम्ति झन् बढी सकसपूर्ण तथा पीडादायी बन्दै छ । तसर्थ, यतिखेर ढिलै भएपनि परनिर्भरता महामारीभन्दा पनि खतरनाक हुन्छ भन्ने बुझ्न सके कल्याण नै होला !

कुनै पनि विपत्ति, महामारीविरूद्ध लड्न आवश्यक अति महत्वपूर्ण तथा पहिलो उपाय भनेको शिक्षा तथा स्वास्थ्य राज्यको दायित्वअन्तर्गत ल्याई निःशुल्क बनाउने हो । अब यसमा कुनै विवाद आवश्यक छैन । डाक्टर, नर्स, स्वास्थ्यकर्मी भनेका सेता पोशाकका सेना हुन्, मानिसको जीवन जोगाउने सिपाही हुन् भन्ने उदाहरण चीन र क्युवाले प्रस्तुत गर्दै छन् । महामारीको बेला अग्रमोर्चामा बसेर लडिरहेका विश्वका स्वास्थ्यकर्मीहरूले यो सेतो पोशाकको पल्टनको महत्व विश्वलाई बताउँदै छन् । यो आधुनिक विश्वको पहिलो आवश्यकता हतियारधारी सेनाभन्दा पनि स्टेथेस्कोपधारी सेना हो भन्ने मान्यता सर्वसाधारणमा विकास हुँदै छ । यतातर्फ सरकार अझै बढी उदासिन हुनु भनेको आत्मघाती साबित हुनेछ ।

राज्य स्वयम्ले शिक्षा तथा स्वास्थ्यको जिम्मेवारी लिनुपर्छ भन्दा कतिपय नेता तथा बौद्धिकले ‘उत्तर कोरिया’ बनाउन दिँदैनौँ भनी आक्रोश पोखे, कतिले ‘म्याद नाघेको ओखती’ भनी उपहास गरे त कतिले ठट्टाको रूपमा लिए । राज्य स्वयम्ले वीर अस्पतालहरू प्रदेश–प्रदेशमा, बुढानीलकण्ठ स्कूलहरू जिल्ला–जिल्लामा र शिशुशाला तथा बालोद्यानहरू हरेक वडामा सञ्चालनको माग सडक र सदनमा गर्दा शासकहरू कानमा तेल हालेर बसे । ख्वप विश्वविद्यालयको निम्ति सङ्घर्ष गर्दा चरम पक्षपाती व्यवहार दर्शाए । कम शुल्कमा चिकित्साशास्त्र पढाउने कुरा गर्दा ती भत्ीत भए र आप्mनो लूटको संसारमा धावा बोल्न लागेको ठानी त्यसको विरुद्धमा न्वारानदेखिको बल प्रयोग गरे । जनताका नर्सिङ कलेजलाई अनेकौँ बाधा–व्यवधान तेस्र्याए । आज यो महामारीको स्थितिले ती शासकहरू कति जनविरोधी छन्, कति सङ््कीर्ण छन् र कति अल्पदृष्टि राख्छन् भन्ने छर्लङ्ग पार्दै छ । तिनको दम्भ, भेदभाव, विदेशी पँुजीपरस्त प्रवृत्ति, नवउदारवादी नीतिकै कारण साँच्चिकै महामारी आइहालेको खण्डमा सामना गर्ने तागत देखाउन सक्ने स्थितिमा शासकहरू नरहेको जगजाहेर भइसकेको छ । महामारीबाट भन्दा पनि स्वास्थ्य क्षेत्रको दयालाग्दो स्थिति र सरकारी तयारीको नाजुक अवस्थाका कारण जनता आतङ्कित छन् । सङ्क्रमण नियन्त्रण गर्न सक्रिय स्वास्थ्यकर्मीहरूको माथि नउठाइएको मनोबलबारे जानकार जनता आपैm त्रसित छन् । जनता सरकारप्रति पटक्कै विश्वस्त छैनन् । सरकारप्रति भरोसा गर्न जनताले छोडिसकेका छन् । शासकमा सामान्य मानवीय गुण भएको भए लज्जाबोध गर्नुपथ्र्यो ¤
कुनै पनि विपत्ति, महामारीविरूद्ध लड्न आवश्यक अति महत्वपूर्ण तथा पहिलो उपाय भनेको शिक्षा तथा स्वास्थ्य राज्यको दायित्वअन्तर्गत ल्याई निःशुल्क बनाउने हो । अब यसमा कुनै विवाद आवश्यक छैन । डाक्टर, नर्स, स्वास्थ्यकर्मी भनेका सेता पोशाकका सेना हुन्, मानिसको जीवन जोगाउने सिपाही हुन् भन्ने उदाहरण चीन र क्युवाले प्रस्तुत गर्दै छन् । महामारीको बेला अग्रमोर्चामा बसेर लडिरहेका विश्वका स्वास्थ्यकर्मीहरूले यो सेतो पोशाकको पल्टनको महत्व विश्वलाई बताउँदै छन् । यो आधुनिक विश्वको पहिलो आवश्यकता हतियारधारी सेनाभन्दा पनि स्टेथेस्कोपधारी सेना हो भन्ने मान्यता सर्वसाधारणमा विकास हुँदै छ । यतातर्फ सरकार अझै बढी उदासिन हुनु भनेको आत्मघाती साबित हुनेछ ।
कोरोना (कोभिड–१९) सङ्क्रमणको महामारीबीच जनताले उठाइरहेका यी गम्भीर सवालमा सरकार र सरोकारवाला सबैको यथोचित ध्यान बेलैमा पुगेको खण्डमा सङ्कटमा भएपनि प्राप्त उपलब्धि र ठक्कर खाएरै भएपनि ल्याएको परिवर्तन देखेर इतिहासले खुसी व्यक्त गर्दै स्यावासी दिने छ । भावी पुस्ताले आप्mनो पूर्खाप्रति आभार व्यक्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *