युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
-दीपक अधिकारी
केही दिनदेखि मेरो घरमुलीले मलाई अलि बढी नियालिरहेका थिए । केही भन्न चाहन्थे भन्ने कुरा उनको आँखामा सहजै देखिन्थ्यो । तर किन हो उनले केही भनेका थिएनन् । बाहिरको चहलपहल प्रायः शून्य नै छ । कोरोनाको त्रास त छँदै छ, मौसमको परिर्वतनले चराचर जगत बन्दाबन्दीको गहिरो निन्द्रामा सुतेको जस्तो भान पर्दछ । बेलुकीपख ढोका ढक्ढकाएको आवाजले म झस्केँ । यस्तो बेलामा को आएको होला ? मैले सोधेँ, “को हुनुहुन्छ होला ?” म घरबेटी अङ्कल, बाबु उनले निकै मलिन स्वरमा भने । मैले भित्रै आउन अनुरोध गरे । उनलाई खाटमा बस्न आग्रह गरेर म खाना बनाउनतिर लागेँ । उनले सोधे, “खाना पाकेको छैन ?” खाना पाकेको भए किन बनाउनुपथ्र्यो भनेर म जिस्किएँ । कोठामा हाँसो फैलियो ।
ओहो ! औषधि किन्न नि पैसा छैन, राजधानीमा घर हुँदैमा सबथोक नहुँदोरहेछ, मैले मनमनै संोचेँ । घरबेटी निस्किए । परिवर्तन गाउँका गरिबलाई मात्र चाहिएको होइन रहेछ, सहरका गरिबलाई नि चाहिएको रहेछ । जहिलेसम्म धनी र गरिबको भेद मेटिँदैन तबसम्म परिवर्तन हुँदैन । मैले साथीको कोठामा गरिएका कुराहरू सम्झिएँ ।
उनलाई कुरा फुकाउन सायद निकै गाह्रो भएको थियो । अन्कनाउँदै उनले भने, “यसो अलिकति पैसा चाहिएको थियो, छ कि बाबु भनेर आएको ?” बन्दाबन्दीले उनलाई पनि निकै गाह्रो भएको थियो होला । यस्तो अवस्थामा घरबाट पैसा पठाउन पनि नमिल्ने । “बैङ्कहरू सबै बन्द छन् । अङ्कलले पो सहयोग गर्नुपर्ने बरु ।” मैले हाँसो गरेँ । हाम्रो हाँसोको सानो झोक्काले पनि उनको अनुहारमा त्यस्तो कुनै भाव देखिएन । उनले कुरा फुकाउँदै भने, “हुन त हो, तर यता पनि गाह्रो छ । काममा जान पनि पाएको छैन, एउटामात्र कोठा भाडामा छ । भएको पैसा पनि सकिसक्यो ।” उनी चुपचाप कोठामा आँखा घुमाउँदै हेर्न थाले । मैले शून्यतालाई तोड्दै भने, “तपाईँ काठमाडौँमा घर भएकालाई त यति गाह्रो छ भने मजदुरीका लागि राजधानी र अन्य सहरमा गएकालाई कति समस्या होला ?” उनले सहमतिमा टाउकोमात्र हल्लाए । तैपनि अलिकति पैसा हुने नहुनेबारे मैले सोधेँ । उनले अलिकतिमात्रै भए पनि हुने बताए । तर, मसँग त एक हजारमात्रै थियो त्यसैले बन्दाबन्दी खुलेपछि दिउला नि भने । उनले हँदैन भन्न सकेनन् । कुरा टुङ्गिएपछि उनी निस्कन थाले, मैले कतै मिल्यो भने हेरौला भनी बिदा गरेँ ।
बेलुकीपख साथीको फोन आयो । तीनजना साथीसँगै बस्ने कुरा भयो । बाहिर सिमसिम पानी परेको थियो । बाहिर निस्कन पनि कठिन थियो । कतै घरबेटीले बाहिर निस्केको देख्लान् कि भन्ने पिर थियो । मैले आँखा यसो घुमाएँ र लुसुक्क निस्किएँ । घरबेटीले देखेको भए कहाँ जाने ? कहिले आउने ? को साथी हो ? कति टाढा हो ? भनी हैरान पार्थे । कोरोना सारेर ल्याउने पो हो कि भन्ने शङ्का थियो उनीहरूमा पनि ।
त्यो साँझ हाम्रो समसामयिक विषयमा कुरा चल्यो । “जनता भोकै छन्, सयाँै किमि पैदलयात्रा गरेर घर जाँदै छन् । गर्भवती महिला, केटाकेटी, पुरुष सबै जना भोकभोकै छन् । जनता आक्रान्त भइसकेका छन् । सरकार असफल भइसक्यो । अब परिवर्तन आवश्यक छ । साथी भित्तामा अडेस लागेर बोल्दै थियो । हुन पनि स्कूलमा, पसलमा, चोक–चोकमा, चिया पसलमा जता पनि सरकारकै आलोचना सुनिन्छ । “अहिलेको अवस्थामा सरकारको लाचारी, व्याप्त भ्रष्टाचार, राहत वितरणमा अनियमितता आदिले सरकार कसको भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । तर परिवर्तन गर्ने कसरी ? के हुलदङ्गा सुरु गर्ने हो त ? कि जुलुस र आन्दोनल पो गर्ने हो ?” मैले पनि थपिहालँे । “होइन, पहिले परिवर्तन किन र कसका लागि गर्ने हो बुझाउनुपर्छ । त्यसपछि स·ठित बनाउनुपर्छ । तब बल्ल परिवर्तन हुन्छ । जनतालाई किन र कसरी परिवर्तन गर्ने चेतना दिनुपर्छ । नत्र योभन्दा पहिलेको परिवर्तनमा जस्तै जनताले बलिदानबाहेक केही पाउँदैनन् । परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन ल्याएन भने के फाइदा ? २००७ सालपछिका परिवर्तनमा जनताले निकै दुःख गरे तर परिवर्तन केका लागि र कसरी हुन्छ थाहा नभएकोले अहिले पनि समाज जस्ताको तस्तै छ ।” साथी एकनासले बोल्दै थियो । हामीले जोस भरिएको मन र उषाको प्रतिक्षामा त्यो रात बितायौँ । बिहान हामी औषधि पसलमा गयौँ । मैलै आज बिहान घरबेटीसँग भएको कुरा साथीलाई भनेँ, “घरबेटीले पैसा माग्दै थिए, तिमीसँग छ कि ! छ भने दिन्छौ भनी सोध्न नपाउँदै ऊ जङ्गी हाल्यो ।” यस्तो लकडाउनमा पनि केको पैसा रे ? सरकारले पनि एक महिनाको भाडा छुट गर्नुपर्ने भनेको छ । बैङ्क बन्द छ । उसलाई मैले रोक्दै भनेँ, “घरबेटी अलि गरिब छन् । कोठा पनि एउटामात्रै भाडामा छ । काम गर्ने पनि पाइँदैन । चार तलाको घर भएको भए म पनि कहाँ दिन्थेँ र ?” उसले कुरा बुझ्यो सायद । उसले मलाई हजार रुपैयाँ दियो । म कोठामा फर्केँ । छिमेकीसँग कुरा गरिरहेका घरबेटीलाई मैले कोठामा बोलाएँ । बेलुकीपख उनी कोठामा छिरे । अङ्कल पैसा त धेरै छैन यतिले हुन्छ भनी हजारको नोट उनलाई दिए । “भइहाल्छ नि, मेरो सुगर र प्रेसरको औषधि किन्ने पैसा नभएर”, उनले मेरो कुरा भुइँमा खस्नै नदिई भने ।
ओहो ! औषधि किन्न नि पैसा छैन, राजधानीमा घर हुँदैमा सबथोक नहुँदोरहेछ, मैले मनमनै संोचेँ । घरबेटी निस्किए । परिवर्तन गाउँका गरिबलाई मात्र चाहिएको होइन रहेछ, सहरका गरिबलाई नि चाहिएको रहेछ । जहिलेसम्म धनी र गरिबको भेद मेटिँदैन तबसम्म परिवर्तन हुँदैन । मैले साथीको कोठामा गरिएका कुराहरू सम्झिएँ ।
Leave a Reply