भर्खरै :

लेनिनवादी विचार युगयुगसम्म बाँच्नेछ

‘लेनिन जिन्दावाद !’ को आवाज आजको विश्वमा कामदार जनता घन्काइरहेका छन् । लेनिनवादको रातो झन्डा आज पनि उत्तिकै गौरवसाथ फर्फराइरहेको छ । मानिसले मानिसलाई गर्ने शोषण कायम रहेसम्म ‘लेनिन जिन्दावाद !’ को स्वर गुन्जिरहनेछ । कुनै न कुनै रूपमा पुँजीवाद र साम्राज्यवादको अवशेष बाँकी रहेसम्म लेनिनवादको रातो झन्डा फहरिरहनेछ । विश्व मजदुर वर्गीय आन्दोलनको इतिहासले यही भन्छ ।
हो, लेनिन सिद्धान्त र विचारमा चट्टानजस्तै दृढ हुनुहुन्थ्यो । लेनिनको बौद्धिक व्यक्तित्व पहाडजस्तो अग्लो थियो । रुसी जनतामात्र होइन संसारका सम्पूर्ण सर्वहारावर्गका अत्यन्त आदरणीय गुरु बन्नुभयो । हरेक वर्षको अप्रिल २२ का दिन लेनिनका योगदान तथा विचारबारे छलफल अझ सघन बन्छ । सो दिन कामदार जनता उल्लासपूर्वक लेनिन दिवस मनाउँछन् । यो वर्ष अझ विषेश वर्ष अर्थात् लेनिनको १५० औँ वार्षिकोत्सव । विगतका वर्षहरूमा झँै सडकमा ठूलठूला ¥याली र प्रदर्शनी, सभासम्मेलन यो पटक सम्भव भएन । उहाँको सङ्घर्षशील जीवनका पानाहरू र क्रान्तिकारी विचारबारे अध्ययन, बहस तथा छलफलहरू भएको खबरले बताउँछ । तसर्थ, लेनिनको जीवनसङ्घर्षका थुप्रै अध्यायहरू उजिल्याउने पुस्तक ‘भ्ला.इ.लेनिन–सङ्क्षिप्त जीवनी’ बारे चर्चा गर्नु सामयिक होला । पाँच जना रुसी लेखकहरूले सामूहिकरूपमा तयार पारेको यस कृतिलाई नेपालीमा अनुवादपश्चात् आजभन्दा ४१ वर्ष अगाडि नेपाली साहित्य जगतले प्राप्त ग¥योे ।
यो पुस्तक लेनिनको जन्म, बाल्यावस्था र युवा छँदाका रोचक प्रसङ्गबाट सुरु हुन्छ । सुसंस्कृत परिवारमा हुर्कनुभएका लेनिन सानैदेखि साहसी, हँसिला र नरम मिजासका हुनुहुन्थ्यो । सानैदेखि किताब पढ्नमा उहाँको औधि रुचि तथा लगन थियो । लेनिनलाई उहाँका दाजुले माक्र्सवादी साहित्य अध्ययनमा हौस्याउनुभयो । जारशाहीविरुद्ध लड्दालड्दै सहिद बन्नुभएका उहाँका दाजुको बलिदानीले उहाँलाई सङ्घर्षको बाटो रोज्न घच्घच्यायो । विश्वविद्यालय प्रवेश गर्दासम्म जारविरोधी तथा प्रगतिशील गतिविधिमा सक्रियता सुरु भयो । १७ वर्षको उमेरमै उहाँ जारशाहीको आँखाको तारो बन्नुभयो र निष्काशित हुनुभयो । काजानको गाँउमा निर्वासनको त्यो अवधि अध्ययनको लागि सबैभन्दा उर्वर अवधि सिद्ध भयो । माक्र्स र एङ्गेल्सका रचनाहरू पढ्नुभयो । माक्र्सले देखाउनुभएको वर्गसङ्घर्ष र सशस्त्र सङ्घर्षको बाटोबारे प्रस्ट हुनुभयो । समाजवादी क्रान्ति र सर्वहारा अधिनायकवादको विचारले सुसज्जित हुनुभयो । कम्युनिस्ट घोषणापत्रको अनुवाद गर्नुभयो । त्यतिबेला रुसमा पुँजीवादको विकास हुन सक्दैन भन्ने नरोदवादी विचार व्यापक थियो । नरोदवादीहरू मजदुरहरूको ऐतिहासिक भूमिका स्वीकार्दैनथे र किसानलाई नै क्रान्तिकारी शक्ति मान्थे । जारशाहीको निरङ्कुशताविरुद्ध ती उग्र तरिका अपनाउँथे । तिनको आलोचना लेनिनले युवा छँदै गर्नुभयो ।
सन् १८९२ मा लेनिनले सामारामा पहिलो माक्र्सवादी अध्ययन मण्डल खडा गर्नुभयो ।
माक्र्सवादी अध्ययन मण्डलकै एउटा राजनीतिक संस्था ‘मुक्ति सङ्घ’ को नेतृत्वमा सन् १८९६ मा पिटर्सवर्गका कपडा कारखानाहरूमा मजदुर हडताल भयो । ३० हजारभन्दा बढी मील मजदुरहरूको सहभागिता थियो । उहाँलाई गिरप्mतार गरियो । जेलभित्रै ‘रुसमा पुँजीवादको विकास’ पुस्तक लेख्न सुरु गर्नुभयो । पिटर्सवर्गमा लेनिन मजदुरवर्गको नेता र सङ्गठनकर्ताको रूपमा देखापरेपछि जारशाहीले लेनिनलाई साइबेरिया निर्वासनमा पठाउने दण्ड सुनायो । साइबेरियाको निर्वासन लेनिनका लागि अत्यन्त कठिन समय थियो । सम्पूर्ण प्रतिकूलताबीच पनि उहाँले साइबेरियाको ग्रामीण जीवन र किसानहरूको अवस्थाबारे अध्ययन गर्नुभयो । उहाँले क्रान्तिकारी महिला नादेज्दा क्रुप्स्कायासँग जीवनयात्रा अगाडि बढाउनुभयो । क्रुप्स्काया लेनिनको मृत्युपर्यन्त असल कामरेड, सहयात्री तथा सहयोगी रहनुभयो । साथै, क्रान्तिमा उल्लेखनीय योगदान गर्नुभयो ।
रसियाली सामाजिक जनवादी मजदुर पार्टीभित्रका अर्थवादी तथा अवसरवादीहरूसँग लेनिनले वैचारिक सङ्घर्ष गर्नुभयो । पार्टीको दोस्रो महाधिवेशनमा बोल्सेभिक पार्टीको स्थापना विश्व मजदुर आन्दोलनकै निम्ति महत्वपूर्ण मोड साबित भयो । पार्टीभित्र पराजित अर्थवादीहरूको ठाउँ मेन्सेविकले लिन थालेपछिको परिस्थितिमा लेनिन माक्र्सवादी शिक्षालाई अझ विकसित बनाउँदै हुनुहुन्थ्यो । उहाँ कर्तव्यनिष्ठ, अनुशासित र विचारले खारिएका कार्यकर्तामाझ क्रान्तिमा योगदान गर्न सक्ने विचार राख्नुहुन्थ्यो । सङ्गठनबारे उहाँको विचार यस्तो छ – “सत्ताको लागि हुने सङ्घर्षमा सर्वहारावर्गसँग आप्mनो सङ्गठनबाहेक अन्य हतियार हुन्न ।”
जारशाही व्यवस्थामाथि पहिलो प्रहार १९०५ जनवरी ९ को दिन भयो । सो शान्तिपूर्ण प्रदर्शनीमा जारशाहीले निर्मम गोली प्रहार ग¥यो । हडताल दबाइयो । सन् १९०५ मै पहिलो पटक बोल्सेविकहरूको छुट्टै पार्टीको पहिलो महाधिवेशन भयो । यो महाधिवेशनले विश्व कम्युनिस्ट आन्दोलनमा मेन्सेविकहरूको गलत विचारविरुद्ध लेनिनले निरन्तर सङ्घर्ष गर्नुभयो । रुसको ग्रामीण क्षेत्रमा किसान सङ्घर्ष सुरु भयो । लेनिन युवाहरूको माझमा जानुहोस् भन्नुहुन्थ्यो । युवा विद्यार्थी मजदुरले नै उच्च क्रान्तिकारी भावनासाथ लड्ने विश्वास राख्नुहुन्थ्यो ।
लेनिन प्रकाशनमा जोड दिनुहुन्थ्यो । इस्क्रादेखि प्राभ्दासम्मको प्रकाशनमा थुप्रै कठिनाइको सामना गर्नुभयो । लेनिन माक्र्सवादी साहित्य अध्ययन र लेखनमा जोड दिनुहुन्थ्यो । मजदुर, किसानलाई विचार दिने विचारप्रधान पत्रिका प्रकाशन आवश्यक छ भन्नुहुन्थ्यो । साहित्य पार्टीगत हुनुपर्छ भन्ने विचार लेनिनको हो । पार्टीको क्रान्तिकारी विचार प्रवाह गर्ने माध्यम पत्रिका भएको हुँदा यो व्यापक जनताको हितमा प्रकाशित हुनुपर्ने तर्क राख्नुहुन्थ्यो । व्यवस्थाप्रतिको विरोध र उहाँको क्रान्तिकारी विचारले उहाँलाई प्रतिक्रियावादी, जारशाही र मेन्सेविकहरू सहँदैनथे ।
उहाँ कहिले निर्वासन, कहिले जेल, कहिले गुप्तवास त कहिले जनताबीच सक्रिय रहनुहुन्थ्यो । अत्यन्त कष्टसाध्य परिस्थितिमा पनि मजदुर र आप्mना कामरेडहरूलाई उद्देश्यप्रति विचलित नहुन हौस्याइरहनुहुन्थ्यो । कहिले लन्डन, कहिले स्वीट्जरल्यान्ड, कहिले फिनल्यान्ड त कहिले पेरिसबाट क्रान्तिको खाका तयार पार्नुहुन्थ्यो । पार्टीको कार्यनीति तय गर्नुहुन्थ्यो ।
लेनिनका नीतिअनुसार प्रतिक्रियावादी संस्था राष्ट्रिय ड्युमामा गएर रुसी जनताको सेवामा बोल्सेविकहरू अग्रसर भए । मेन्सेविकहरू लेनिनको नेतृत्वको पार्टी विघटन गरी अवसरवादी पार्टी गठन गर्न चाहन्थे । त्यस्तै पार्टीभित्रै केही अराजकतावादीहरू राष्ट्रिय ड्युमाका सदस्यहरूलाई फिर्ता डाक्नुपर्छ भन्थे । ती गलत विचारसँग लेनिनले सदा वैचारिक सङ्घर्ष गर्नुभयो । पार्टीभित्र वैचारिकरूपमा फितला शान्तिपूर्ण तरिकाले समाजवाद आउँछ भन्ने संशोधनवादीहरूसँग पनि लड्नुभयो । लेनिन बाहिरी शत्रुहरूसँग लड्दै हुनुहुन्थ्यो, साथै पार्टीभित्रका सुषुप्त शत्रुहरूको पहिचान गर्दै मिल्काउँदै पनि हुनुुहुन्थ्यो । ट्राट्स्की, बुखारिन, बुबुनोभ, लोमभजस्ता संशोधनवादीहरूसँग सङ्घर्ष गर्नुभयो । पार्टीभित्रको अराजकतावादलाई परास्त पार्नुभयो ।
सन् १९१० मा रुसमा मजदुर आन्दोलन चर्किन थाल्यो । पार्टी कार्यकर्तालाई सैद्धान्तिकरूपले बलियो बनाउन पार्टी स्कुल सञ्चालन भयो । उहाँले लेख्नुभएको थियो – “क्रान्तिका लागि काम गर्नु प्रत्येक पार्टी सदस्यको मूख्य कर्तव्य हो ।”
सन् १९१४ मा साम्राज्यवादी विश्वयुद्ध सुरु भयो । लेनिनले सो युद्धको चर्को विरोध गर्नुभयो । युद्धको सम्पूर्ण भार र क्षति मजदुरहरूको काँधमा आउने हुँदा लडाइँ अभिशाप हो भनी युद्धले जन्माएको अन्धर्राष्ट्रवादी विचारको भत्र्सना गर्नुभयो । सदा अन्तर्राष्ट्रवादप्रति बफादार रहनुभयो र साम्राज्यवादविरुद्ध निरन्तर सङ्घर्ष गर्नुभयो ।
लेनिनले एउटै देशमा पनि समाजवादी क्रान्ति सम्भव छ र समाजवाद स्थापना गर्न सकिने विचार अगाडि सार्नुभयो ।

लेनिनवादलाई साम्राज्यवाद तथा सर्वहारा क्रान्तिहरूको युगको माक्र्सवादको रूपमा व्याख्या गरिन्छ । पुँजीवादको पतन, औपनिवेशिक व्यवस्थाको उन्मूलन तथा राष्ट्रिय मुक्ति आन्दोलनको विजयको उपाय लेनिनवादले विश्वलाई प्रदान ग¥यो । मानवजातिद्वारा पुँजीवादबाट साम्यवादमा सङ्क्रमण, साम्यवादी समाजको निर्माणको युगको माक्र्सवाद समेत मानिन्छ, लेनिनवाद । लेनिनवाद विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने सिद्धान्त र उपाय हो । लेनिनवाद आधुनिक विश्वमा प्रगतिशील तथा प्रभावशाली विचार हो ।

सन् १९१७ फेब्रुअरीमा मजदुरहरू जारविरुद्ध एक भई लडे । रुसमा पुँुजीवादी जनवादी क्रान्ति सफलताको समय थियो । त्यतिबेला मेन्सेविकहरूले मजदुरहरूमाथि विश्वासघात गरे र सत्ता हातमा लिए । मजदुरहरूको जीवनमा फेब्रुअरी क्रान्तिले कुनै परिवर्तन ल्याएन । तर, फेब्रुअरी क्रान्तिको सुरुआत सँगै बोल्सेविक पार्टीले भूमिगत सङ्घर्ष अगाडि बढायो । मेन्सेविकहरूसँग कदापि मेलमिलाप गर्न नहुने र सर्वहारावर्गको निम्ति अर्को क्रान्तिको आवश्यकताबारे लेनिनले मजदुरहरूलाई बताउनुभयो । अर्को क्रान्ति लेनिनको नेतृत्वमा २५ अक्टोबरका दिन सफल भयो । त्यो दिन बोल्सेविक पार्टीको नेतृत्वमा सारा रुसी सर्वहारा जनताले स्वतन्त्रता र मुक्तिको स्वास फेरेको दिन थियो । सर्वहारा क्रान्तिको नेतृत्व बहुमत सर्वहारा मजदुरले नै गर्छन् भन्ने पुष्टि त्यो दिन भयो । लेनिनले ठिक समयमा ठिक निर्णय गर्नुभएकै कारण सर्वहारावर्गले ऐतिहासिक जित हासिल ग¥यो ।
त्यसपछिका दिनमा रुसमा समाजवाद निर्माणको अध्याय सुरु भयो । लेनिन विश्वमै पहिलोपटक समाजवादको स्थापना गर्ने नेता बन्नुभयो । मजदुरवर्गकोे मन मुटुमा लेनिन रहनुभयो । सशस्त्र क्रान्ति जस्तै समाजवाद निर्माणको क्रान्ति पनि कठिन थियो । अत्यन्त गरिब तथा पिछडिएको रुसको आर्थिक अवस्था सुधार्न नयाँ आर्थिक नीति बनाउनुभयो । समाजवादी अर्थतन्त्रको त्यो आधारशिला बन्यो । सन् १९१८ मा फेरि जर्मन सेनाले सोभियत सत्तामाथि आक्रमण ग¥यो । त्यो साम्राज्यवादी आक्रमण थियो । मातृभूमि रक्षाको निम्ति सोभियत जनताले बहादुरीपूर्वक लडे । साम्राज्यवादी हमलाविरुद्ध लड्ने सेना तयार गर्नुभयो ।
जनताले उहाँलाई असाध्यै मनपराउँथे । उहाँलाई ‘हाम्रो इलीच’ भनी सम्बोधन गर्थे । रुसमा क्रान्तिको सफलताले सारा संसारमा समाजवादी क्रान्तिको उभार उठ्यो । पूर्वबाट पनि क्रान्तिको सन्देश दिन सकिन्छ भन्ने दृष्टान्त बन्यो, रुस । लेनिन समाजवादी निर्माणका प्रणेता र सङ्गठनकर्ताका रूपमा सुपरिचित हुनुभयोे ।
सन् १९१८ अगस्टमा एक प्रतिक्रियावादी पार्टीका महिला सदस्य काप्लानले लेनिनमाथि गोली प्रहार गरिन् । लेनिन गम्भीर घाइते हुनुभयो । त्यही गोली उहाँको मृत्युको कारण बन्न पुग्यो । लेनिनको हत्या प्रतिक्रियावादी पार्टीले गरेको भन्न सकिन्छ । घाइते हुनुभएका लेनिनले आप्mनो राजनीतिक काम कहिल्यै छोड्नुभएन । उहाँले त्यही अवधिमा ‘वामपन्थी साम्यवाद एक केटाकेटी रोग’ पुस्तक तयार गर्नुभयो ।
लेनिनको मृत्युको ९६ वर्षपछि पनि सर्वहारावर्ग अत्यन्त श्रद्धा व्यक्त गर्दछन् । माक्र्सवादका सच्चा अनुयायी तथा व्याख्याता लेनिनले माक्र्सको वैज्ञानिक समाजवादलाई व्यवहारमा लागू गर्नुभयो । साथै, नयाँ ऐतिहासिक अवस्थाअनुसार माक्र्सवाद विकसित पार्नुभयो । दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक साम्यवादको थप विकास गर्नुभयो ।
लेनिनवादलाई साम्राज्यवाद तथा सर्वहारा क्रान्तिहरूको युगको माक्र्सवादको रूपमा व्याख्या गरिन्छ । पुँजीवादको पतन, औपनिवेशिक व्यवस्थाको उन्मूलन तथा राष्ट्रिय मुक्ति आन्दोलनको विजयको उपाय लेनिनवादले विश्वलाई प्रदान ग¥यो । मानवजातिद्वारा पुँजीवादबाट साम्यवादमा सङ्क्रमण, साम्यवादी समाजको निर्माणको युगको माक्र्सवाद समेत मानिन्छ, लेनिनवाद । लेनिनवाद विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने सिद्धान्त र उपाय हो । लेनिनवाद आधुनिक विश्वमा प्रगतिशील तथा प्रभावशाली विचार हो ।
माक्र्सवादी–लेनिनवादी शिक्षा विश्वका सम्पूर्ण कम्युनिस्टहरूको र क्रान्तिकारी मजदुरवर्गको साझा सम्पत्ति र मार्गदर्शक हो । माक्र्सवादी साहित्य र लेनिनका कृतिहरूको अध्ययन गर्न लेनिनको जीवनीले उत्साह प्रदान गर्छ । लेनिनको अध्ययन, जीवन, लेखनले जोकोहीलाई प्रभावित तथा आकर्षित गर्दछ । एकजना असल पार्टी कार्यकर्ता, सङ्गठनकर्तालाई अध्ययन, व्यवहार र सङ्गठन निर्माणमा सक्रियताको महत्वबारे लेनिनले सधँै जोड दिनुुभयो । पार्टी सिद्धान्तमा अडिग रहने, कडा अनुशासनमा बस्ने र बोल्सेविक भावना हुर्काउनमा लेनिनले जोड दिनुभयो । त्यसकारण, सन् १९०५ सम्म अल्पमतमा रहेका माक्र्सवादीहरू १९१७ अक्टोबरमा सोभियत सत्ता स्थापना गर्न सफल भए ।
लेनिनको जीवन अध्ययन आपैmमा बोल्सेविक पार्टी र रुसी क्रान्तिको इतिहासको अध्ययन हो । लेनिनको विचार आउने हजारौँ वर्षसम्म बाँचिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *