नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
–सीजीटीएनको टिप्पणी
जब संरा अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको स्थिति झन्झन् गम्भीर हुँदै आयो तब संरा अमेरिकाका मिसौरी र मिस्सिसीपी राज्यका महान्यायाधिवक्ताहरू इरिक स्मिट र लीन फिचले कोरोना भाइरसले पु¥याएको क्षतिको क्षतिपूर्ति माग गर्दै चीनविरुद्ध मुद्दा दायर गरे । तिनीहरूको बदनियतपूर्ण मुद्दा हाल्ने र बदनाम गर्ने प्रक्रिया कुनै कानुनी तथा तथ्यगत छैन । तिनीहरूका क्रियाकलापले – चोरले चोर आयो भनी चिच्याउने चिनियाँ लोकोक्ति स्मरण गराउँछ ।
कोरोना भाइरसको सङ्क्रमण जबदेखि सुरू भयो, त्यस समयमा वासिङ्टन डीसीमा रहेका संरा अमेरिकाका केही नैतिकताहीन राजनीतिज्ञहरू त्यस सङ्कटलाई आफ्नो राजनीतिक हितका निम्ति प्रयोग गर्न तल्लीन थिए । जनताको जीवनलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने विचार तिनीहरूको दिमागबाटै हराएको थियो । तिनीहरू खुट्टा तान्ने काममा सक्रिय तवरले लागेका थिए भने भाइरसविरूद्धको लडाइँमा निस्क्रिय थिए र भाइरसको सङ्क्रमण नियन्त्रण गर्ने महत्वपूर्ण मौकामा चुकेका थिए । तिनीहरूको त्यही गैरजिम्मेवारपूर्ण व्यवहारले संरा अमेरिका आज विश्वमै सबैभन्दा बढी कोरोना सङ्क्रमित देश बनेको छ ।
जनताको जीवन र हितलाई महत्व नदिएका र तिनीहरूको अनैतिक व्यवहारको लागि अन्तर्राष्ट्रिय समुदाय तथा अमेरिकी जनताले मुद्दा हाल्नुपर्नेहरू वास्तवमा अमेरिकी राजनीतिज्ञहरू नै हुन् । तिनीहरूको दाबी र प्रक्रिया कानुन, तथ्य अन्तर्राष्ट्रिय न्यायसित मेल खाँदैन ।
पहिलो र महत्वपूर्ण कुरा त चीनविरूद्ध तिनीहरूको मुद्दा कुनै कानुनमा आधारित छैन । राज्यको सार्वभौम उन्मुक्तिको अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार कुनै राज्यको सरकार र देशको सम्पत्ति अर्को कुनै देशको अदालतको क्षेत्राधिकार र कानुन कार्यान्वयनभित्र पर्दैन । ती मुद्दाहरू दायर गर्ने र सुनुवाई गर्ने क्षेत्राधिकार अमेरिकी अदालतहरूलाई छैन । यदि ती मुद्दा अन्तर्राष्ट्रिय न्यायालयमै दायर भए पनि चीनले आफू दोषमुक्त रहेको र आफ्नो कर्तव्य पहिल्यै पूरा गरेको तथ्य सजिलै साबित गर्नसक्छ ।
अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअनुसार सदस्य राष्ट्रहरूले अन्तर्राष्ट्रिय चासो बन्नसक्ने जनस्वास्थ्यसित सम्बन्धित घटना र विषयबारे विश्व स्वास्थ्य सङ्गठनलाई सूचना दिनुपर्छ र सूचनाहरू साझा गर्नुपर्छ । चीनले अज्ञात कारणले उहानमा फैलिएको निमोनियाबारे डिसेम्बर ३१, २०१९ कै दिन विश्व स्वास्थ्य सङ्गठनलाई सूचित गरेको थियो ।
जनवरी ३ का दिन अज्ञात निमोनियाका कारण ४४ जना बिरामी देखिएको औपचारिक जानकारी चीनले विश्व स्वास्थ्य सङ्गठनलाई दिएर रोग पत्ता लगाउनका लागि सहयोग माग गरेको थियो । रोग देखापरेको नौ दिनपछि नै जनवरी ७ का दिन चीनले नयाँ भाइरसको पूर्ण जेनेटिक सिक्वेन्स विश्व स्वास्थ्य सङ्गठनलाई दिएको थियो । त्यसपछि रोग सङ्क्रमितहरू र भाइरसको उत्परिवर्तनबारे प्रत्येक दिनको खबर विश्वका सबै देशहरूलाई दिएकै थियो र सार्वजनिक पनि भएको थियो । यसको अर्थ चीनले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका सबै प्रावधान समयमै पूरा गरेको थियो । यसबारेमा विश्व स्वास्थ्य सङ्गठनले पनि भनेकै थियो– चीनले अनेकौँ तवरले महामारी सङ्क्रमणको तत्काल प्रतिकारको नयाँ मापदण्ड स्थापित गरेको छ ।
त्यसबाहेक चीन र संरा अमेरिकाबीच जनस्वास्थ्य र महामारीबारेमा कुनै दुईपक्षीय सन्धि वा सम्झौता पनि भएको छैन । त्यसैले कुनै दुईपक्षीय सन्धि–सम्झौताको करारको उल्लङ्घनको कुरा पनि यहाँ छैन । शिकागो ल स्कूलका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक टम गिन्सवर्गले औँल्याउनुभएको छ– संरा अमेरिकी सरकारको आफ्नै गल्ती ढाकछोप गर्न राजनीतिकरूपले दक्षिणपन्थी धेरै मानिस चीनमाथि केन्द्रित भएका छन् ।
त्यतिमात्र होइन, अभियोगहरूमा कुनै तथ्यको आधार छैन । इरिक स्क्मिटले मुद्दा दायर गर्नुको दोहोरो कारण छ ः पहिलो, चीनले कोभिड–१९ को खतरा र सङ्क्रामक प्रकृतिबारे झूटो बोल्यो भन्ने चीनमाथिको आरोप र दोस्रो, चीन सरकारले पर्सनल व्यक्तिगत सुरक्षा सामग्री –पीपीई रोकेर राखी महामारीलाई खराब अवस्थामा पु¥याउन भूमिका खेल्यो भन्ने आरोप । तर, तथ्यहरूमाथि फर्केर हेर्दा दुईमध्ये कुनै पनि आरोप खडा रहन सक्दैनन् ।
जनवरी ३ देखि नै चीनले निरन्तररूपमा संरा अमेरिकालाई कोरोना भाइरस सङ्क्रमणसित सम्बन्धित सूचना दिँदै आएको हो । जनवरी ४ का दिन चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र– सीडीसीका प्रमुखले आफ्ना अमेरिकी समकक्षीलाई टेलिफोनमार्फत सङ्क्रमणका बारेमा सूचना दिँदै छलफल गरेका थिए । जनवरी २७ का दिन दुवै देशका स्वास्थ्य निकायका प्रमुखहरूले टेलिफोनमार्फत रोगबारे थप छलफल गरेका थिए । त्यसको तीन दिनपछि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले संरा अमेरिकी सरकारलाई रोग सङ्क्रमणबारे थप जानकारी दिँदै स्थलगत निरीक्षणमा जाने विश्व स्वास्थ्य सङ्गठन र चीनका स्वास्थ्य विज्ञहरू रहेको संयुक्त आयोगमा संरा अमेरिकी विज्ञहरूको सहभागिता गराइदिन औपचारिक पत्र पठाएर अनुरोध गरेको थियो । संरा अमेरिकी सङ्क्रामक रोग विशेषज्ञसहितको संयुक्त आयोगले फेब्रुअरीको पहिलो हप्ता चीनको हुपेईमा नौ दिने निरीक्षण भ्रमण गरेको थियो ।
यसबाट चिनियाँ पक्षबाट सूचना लिने संरा अमेरिकी च्यानलहरू प्रभावकारी थिए र छन् भन्नु समुचित हुन्छ । साथै, दुई देशबीच प्राविधिक सहयोग आदानप्रदान पनि निकै राम्रो छ । हालै, द वासिङ्टन पोस्ट र द न्युयोर्क टाइम्सले संरा अमेरिकामा कोभिड–१९ सङ्क्रमणसम्बन्धी समय क्रमणिकाको समीक्षासहितका कैयौँ लेख प्रकाशित गरेका थिए । ती लेखहरूमा संरा अमेरिकामा महामारी गुणात्मकरूपमा बढाउने गल्ती गर्ने ट्रम्प प्रशासन नै भएको स्पष्ट औँल्याइएका थिए ।
मिसौरी राज्यमा अप्रिल ३ का दिन मात्र ३ दिनपछिदेखि लागू हुने गरी त्यहाँका गभर्नर मायक पार्सनले घरमै बस्ने आदेश जारी गरेका थिए, महामारी फैलिएको महिना दिनपछि सबैभन्दा पछि महामारीको वास्ता गर्ने राज्यहरूमध्ये मिसौरी एक थियो । द कानसास सिटी स्टार अखबारले रोग रोकथाममा नेतृत्व नलिएका मिसौरी र राष्ट्रियरूपमै अरू गभर्नरहरूको आलोचना गर्दै टिप्पणी प्रकाशित गरेको थियो । त्यस अखबारले आदेशहरू निकै उदार रूपले मात्र लागू गरिएको र कम महत्वका व्यापार व्यवसायहरू समेत खोलिराख्न दिइएको उल्लेख गरेको थियो ।
जहाँसम्म चीन सरकारले चिकित्सा सामग्री रोकेको आरोप छ, त्यो पूर्णतयाः झूटा मात्र नभई त्यसले एक देशको (चीनको) सङ्क्रमण फैलिएका देशहरूलाई सहयोग गरिएको असल कार्य र उद्देश्यहरूको अवमूल्यन समेत गरेको छ । चिनियाँ भन्सार विभागको तथ्याङ्कअनुसार मार्च १ देखि अप्रिल १७ सम्ममा चीनले संरा अमेरिकालाई मात्र १ अर्ब ८६ करोड मास्क, २ करोड ५८ लाख जोडा चिकित्सा पञ्जा, २ करोड ९० लाख १९ हजार भन्दा बढी पीपीई, ३० लाख १३ हजार भन्दा बढी भाइरस सुरक्षा चश्मा, ४,२४५ वटा नन इन्भेसिभ भेन्टिलेटर र १५६ वटा इन्भेसिभ भेन्टिलेटर उपलब्ध गराएको छ ।
चीन सरकार र सबै क्षेत्रका चिनियाँ जनताले संरा अमेरिकाको रोग नियन्त्रण र रोकथामको लागि गरेको सहयोगका लागि चीनस्थित अमेरिकी कूटनीतिक मिसन, अमेरिकी समाजका विभिन्न क्षेत्र र सर्कलहरूले आभार प्रकट गर्दै प्रशंसा गरिरहेका छन् ।
अन्तमा, केही अमेरिकी राजनीतिज्ञहरूले व्यक्त गरेका अन्धाधुन्ध टिप्पणीहरू अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएका न्याय र सत्यताविरूद्धकै झूटा प्रचार भएकोमा कुनै शङ्का छैन । एचवानएनवान फ्लू व्यापकरूपमा संरा अमेरिकाबाट फैलिन सुरू भएको थियो, त्यसबारे संरा अमेरिकाले महिनौँ पछिमात्र जानकारी दिएको थियो र सङ्क्रमण नियन्त्रणमा लिउञ्जेलसम्ममा त्यसले विश्वका झण्डै दुई लाख मानिसको ज्यान लिएको थियो । एचआईभी÷एड्स पहिलोपटक संरा अमेरिकामै पत्ता लागेको र त्यहीँबाट विश्वभर फैलिन सुरू भएको थियो । संरा अमेरिकी वित्तीय संस्था लेहम्यान ब्रदर्स टाट पल्टिँदा विश्वव्यापी आर्थिक सङ्कट उत्पन्न भएको थियो र करोडौँ मानिसलाई असर पु¥याएको थियो ।
केही दिनअगाडि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले एउटा प्रश्न खडा गरेका थिए – के यी माथिका घटनालाई लिएर संरा अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्छ भनी कसैले माग गरेका थिए ? के संरा अमेरिका जवाफदेही हुनुपर्छ भनी कोही अगाडि आएका थिए ? के कसैले परिणामको निम्ति संरा अमेरिका जिम्मेवार छ भनी कसैले भनेका थिए ?
ठूलठूला जनस्वास्थ्य सङ्कट र सङ्क्रामक रोग फैलिँदा सबै मानव जाति नै पीडित हुन पुग्छन् । अन्तर्राष्ट्रिय समुदायमा सङ्क्रामक रोग सबैभन्दा अगाडि देखापरेको देशबाट क्षतिपूर्ति माग गर्ने र दिने नजिर आजसम्म छैन । यस्तो नजिर कायम भएमा त्यसले भविष्यमा झन् ठूलो घृणा र विश्वव्यापी स्तरमा दुःखान्तहरू निम्त्याउने छ ।
वर्तमानमा संरा अमेरिकामा सङ्क्रमितहरूको सङ्ख्या नौ लाख ६० हजारभन्दा बढी भइसकेको छ । तर, ती केही अमेरिकी राजनीतिज्ञहरू कसैमाथि आरोप लगाएर र जिम्मेवारी थोपरेर राजनीतिक खेल खेलिरहेका छन् । त्यसले अमेरिकी जनताको जीवनलाई झन् बढी जोखिममा पारिरहेको छ । राष्ट्रपति ट्रम्पले सञ्चारकर्मी पियर्स मोर्गानजस्ता आफ्ना पुराना साथीहरू र अमेरिकी जनताको कुरा सुन्नुपर्छ । मोर्गानले हालै भनेका छन् – “कोभिड–१९ को महामारीलाई लिएर छुद्र राजनीतिको खेल खेल्न बन्द गर । किनभने, तिम्रो आफ्नै लागि समेत अमेरिकी जनताको जीवन बचाउनु बढी महत्वपूर्ण छ ।”
Seeking coronavirus compensation from China is a political farce
CGTN
Leave a Reply