भर्खरै :

कोभिड–१९, पहिलो विश्व युद्ध र भविष्यको सम्भावना

ग्लोबल मोबाइल इन्टरनेट सम्मेलन (जीएमआईसी) को सन् २०२० को संस्करण कोभिड–१९ महामारीविरुद्धको युद्धबीच हुँदै छ । जीएमआईसी सबभन्दा बढी सहभागिता हुने ठूलो इन्टरनेट सम्मेलनमध्ये पर्दछ । विश्वव्यापी महाव्याधिको कारण यो वर्ष पूर्णतः अनलाइनमार्फत हुने भएको छ ।
यो वर्षको सम्मेलन एकातिर चालू युद्धका चुनौतीको प्रतीक हो भने अर्कोतिर अहिलेको ऐतिहासिक द्वन्द्वबीच स्थापित मान्यताको पुनः गठनको लागि कसरी प्रविधिले सहयोगी भूमिका खेल्न सक्छ भनी बुझ्ने अवसर पनि हो ।
पहिलो विश्वयुद्धले जसरी युद्धअघिका महाशक्तिहरू रुस, टर्की, अस्ट्रिया–हङ्गेरी र जर्मनीलाई कमजोर बनाएर संसारलाई पुनः गठन गरेको थियो, त्यसरी नै कोभिड–१९ सिङ्गो मानव समुदायमा हलचल ल्याउने सामथ्र्य राख्ने हो–हल्ला नगर्ने तर रोकेर रोक्न नसकिने खतरनाक जीवाणु हो । पहिलो विश्व युद्धमा दैनिक मृत्यु दर ५ हजारदेखि ५० हजारसम्म पुगेको थियो । आज कोभिड–१९ को कारण धेरै चाँडै मर्नेको सङ्ख्या त्यतिबेलाको न्यूनतम सङ्ख्या पुग्ने देखिन्छ ।
स्थापित मूल्य मान्यता क्षत्विक्षत् बनाउनुका साथै पहिलो विश्वयुद्धले संसारभरका मानिसलाई रुसमा बोल्सेविकवाद र इटाली तथा जर्मनीमा फासीवादजस्ता नयाँ – नयाँ राजनीतिक विचारको उदयले प्रभावित बनाएको थियो ।
विश्वयुद्धले युरोपदेखि संरा अमेरिकासम्मको आर्थिक सन्तुलनमा हलचल ल्याएको थियो । युरोप र संरा अमेरिका नै त्यतिबेलाको विश्वका प्रमुख औद्योगिक एवम् धनी देशहरू थिए ।
त्यस्तै गरी कोभिड–१९ ले आज संसारभरका देशलाई हमला गरेको छ । यसले आज स्थापित मान्यतामाथि धावा बोलेको छ ।
सन् २००८ को आर्थिक महाविपत्तिदेखि नै अमेरिकी शक्तिको आधारमा खलल सुरु भएको हो । कोभिड–१९ महामारीविरुद्धको लडाइँसम्म पुग्दा अमेरिकी शक्तिको क्षीणता उत्कर्षमा पुगेको हो । अमेरिकी वैचारिकीको नैतिक पतन र आफ्ना नागरिकका आधारभूत सरोकारसमेत सम्बोधन गर्न अमेरिकी सरकार असफल भएसँगै अमेरिकी आदर्शप्रतिको विश्वसनीयता घरभित्र र बाहिर दुवैतिर कमजोर बनेको छ ।
कुनै पनि युद्धमा जस्तै कोभिड–१९ विरुद्धको युद्धमा पनि स्वास्थ्यकर्मीहरू नै सबभन्दा जटिल अवस्थामा छन् । सङ्क्रमितको सङ्ख्या बढेसँगै स्वास्थ्यकर्मीको व्यस्तता बढेको छ । जनशक्ति र अत्यावश्यक सामग्रीको अभावबीच पनि उनीहरू अहिलेको जटिलता सामना गर्न बाध्य छन् । यसअघि कहिल्यै सामना नगरिएको रोग भएको हुनाले स्वास्थ्यकर्मीहरू पनि आफ्नो उपचार विधिप्रति ढुक्क हुने अवस्थामा छैनन् ।
तथापि, दीर्घकालीनरूपमा हेर्दा आशाको किरण भने देखिन्छ । स्वास्थ्यकर्मी, सामग्री र उपचार विधिको अभावको कारण अनुसन्धान र प्रयोग आवश्यक बनेको छ । अहिले अस्पतालमा तैनाथ स्वास्थ्यकर्मी मात्र होइनन् बरु समग्र आपूर्ति प्रणाली र अध्ययन–अनुसन्धान क्षेत्रकाले पनि दिनरात मिहिनेत गरिरहेका छन् ।
नयाँ प्रविधि र सैनिक चिन्तनले सुसज्जित युद्ध जस्तै यो युद्धले पनि स्वास्थ्य उपचारमा ठूलो फड्को मार्ने सम्भावना प्रबल छ ।
नेपोलियनको युद्धताका फ्रान्सेली सेनाका चिकित्सक डोमिनिक जिन लारीले आकस्मिक उपचार प्रणालीको विकास गरे । त्यतिबेला देखि नै एम्बुलेन्स सेवाको सुरुआत भएको थियो । युद्धमा लडेका घाइते सिपाहीलाई उपचारको लागि एम्बुलेन्समा लाने चलन त्यही बेलाबाट सुरु भएको थियो ।
क्रिमिया युद्धको समयमा बेलायती सेनाका चिकित्सकहरूले पहिलोपटक शल्यक्रियाको समयमा एनेस्थेसियाको प्रयोग थालेका थिए । एनेस्थेसियाको प्रयोगले सामान्य शल्यक्रियामा निको हुने मानिसको सङ्ख्यामात्र बढेन । बरु त्यसअघि शरीरको कुनै भाग फाल्नुपर्ने अवस्थामा घाइतेको निधनसमेत हुने अवस्था क्रमशः न्यून हुँदै गयो ।

ह्वावे, अलिबाबा, सिङ्ह्वा विश्वविद्यालयलगायत अन्य चिनियाँप्राविधिक संस्थाको साझा प्रयासमा चीनले कोभिड–१९ माथिको लडाइँमा विजय हासिल गर्न सम्भव भएको छ । चीनको यो उपलब्धि संसारका अन्य देशको लागि समेत उपयोगी बनेको छ ।

स्पेनको गृहयुद्धमा सर्वसाधारणमाथि पहिलो पटक हवाई बम हमला भएको थियो । त्यसबाट अकल्पनीय मात्रामा हताहती भएको थियो । त्यस्तो परिस्थितिमा डा. जोसेप ट्रुटा रसपलले गम्भीर घाइतेको आपतकालीन उपचारको निम्ति विभिन्न अनुसन्धानमूलक अभ्यास गरेका थिए । तत्काल शल्यक्रिया, घाऊ सफाइ, स्टेरेलाइजेसन र प्लास्टरले शल्यक्रियापछि हुने सङ्क्रमण कम भयो । यसले निको हुने घाइतेको सङ्ख्या बढ्यो ।
कोभिड–१९ विरुद्धको लडाइँ पनि अनुसन्धानको लागि निकै उपयोगी हुने देखिन्छ । अहिले भइरहेको अनुसन्धान प्रत्यक्ष रोकथाममा मात्र सीमित छैन, बरु खोपको विकासमा जस्तो रोगको पहिचान र उपचारमा समेत महत्वपूर्ण अनुसन्धान कार्य भइरहेको छ ।
जस्तै – ह्वावे जस्ता कम्पनी कोभिड–१९ रोकथामको लागि उपयोगी अत्याधुनिक प्रविधिको विकासमा लागिपरेको छ । विमानस्थल, रेल स्टेसन र धेरै मानिसको आवतजावत हुने स्थानमा कृत्रिम उच्च प्राविधिक रोबोट र ५ जी प्रयोगमा ल्याइएको छ । त्यस्ता औजारले प्रति मिनेट २ सत्न्दा बढी मानिसको ज्वरो मापन गर्न सक्छ । ज्वरो नाप्न मानिस रोकिएर लाइन बस्नु पर्दैन । हिँड्दा हिँड्दै मानिसको ज्वरो मापन हुने गरेको छ । क्वाङतोङ प्रादेशिक अस्पतालका उपप्रमुख याङ स्याओहोङले त्यस्ता अत्याधुनिक औजारले कामको प्रभावकारिता मात्र बढाएको छैन बरु सङ्क्रमणको सम्भावना पनि उल्लेख्यरूपमा घटाएको बताएका छन् ।
पछिल्लो समय सीटी स्क्यानको रेडियोलोजिस्ट विश्लेषणमा सहयोग गरेर कृत्रिम बौद्धिक प्रविधि (एआई) ले कोभिड–१९ रोगको पहिचानमा सहयोग गरेको छ । यसैबीच अरू कृत्रिम बौद्धिक प्रविधिले बिरामीको उपचारमा प्रभावकारी पद्धतिको विकास गरेको छ । त्यस्ता प्रविधिले बिरामीको लागि उपयुक्त औषधीको समेत सिफारिस गर्न मद्दत गरेको छ ।
कृत्रिम बौद्धिक र ५ जी औजारहरूले कोभिड–१९ को पहिचान र उपचारको लागि टेलिमेडिसिनलाई वास्तविकतामा परिणत गरेको छ । जस्तै उदाहरणको लागि चिकित्सकहरूले गम्भीररूपमा बिरामीको उपचारको लागि ५ जी प्रविधिमा आधारित रोबोटको प्रयोग गरेका थिए । उच्च क्षमताको भिडियोमार्फत कार्यस्थलमा खटिएका चिकित्सकलाई उही समयमा उपचारको विधिबारे सल्लाह र निर्देशन दिइयो । ५ जीको उच्च ब्यान्डविथ र शीघ्रता नभएसम्म त्यस्तो पद्धतिको विकास सम्भव छैन ।
कोभिड–१९ विरुद्धको लडाइँ बहुमोर्चाको लडाइँ हो । यो लडाइँमा भाइरसलाई पराजित गरेर मात्र पुग्नेछैन । आर्थिक मोर्चाको लडाइँ पनि समानरूपमा महत्वपूर्ण छ ।
यसले तेर्साउने चुनौतीबारे चीनका राष्ट्रपति सी चिनफिङले फेबु्रअरी २३ मा भन्नुभएको थियो, “यो जनताको लडाइँ लड्न र जित्न, महामारी रोकथाम र नियन्त्रणको लागि प्रतिरोध युद्ध जित्न चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वलाई अझ बलियो बनाउनु जरुरी छ । समन्वयात्मक तरिकामा आर्थिक र सामाजिक विकासलाई पनि अघि बढाउन जरुरी छ ।”
चिनियाँ कम्युनिस्ट पार्टीको प्रस्ट, आक्रामक र एकीकृत नेतृत्वको कारण चीनले जनस्वास्थ्यको मोर्चामा मात्र अहिलेको महत्वपूर्ण विजय हासिल गरेको होइन । बरु १ अर्ब ४० करोड जनसङ्ख्या भएको देशमा स्थायित्व कायम गरेर एवम् सशक्त मौद्रिक तथा वित्तीय नीति लागू गरेर आर्थिक मोर्चामा पनि विजय हासिल गर्न सम्भव बनाएको छ ।
ह्वावे, अलिबाबा, सिङ्ह्वा विश्वविद्यालयलगायत अन्य चिनियाँप्राविधिक संस्थाको साझा प्रयासमा चीनले कोभिड–१९ माथिको लडाइँमा विजय हासिल गर्न सम्भव भएको छ । चीनको यो उपलब्धि संसारका अन्य देशको लागि समेत उपयोगी बनेको छ ।
प्रथम विश्व युद्धले संसारको भूराजनीतिक परिवेशमा परिवर्तन ल्यायो । कोभिड–१९ विरुद्धको लडाइँले आजको संसारको रूप रङ्गमा परिवर्तन निम्त्याइरहेको छ । प्रविधिको कारण यो परिवर्तनको गति निकै तीव्र बनेको छ ।
यो नयाँ विश्वलाई अझ अघि बढाउन संसारका नेताहरूले समस्त मानव जातिको पक्षमा बोल्न सक्ने जबरजस्त दृष्टिकोणको विकास गर्न जरुरी छ । साझा भविष्यको लागि सुरक्षित र समृद्धिको बाटो तय गर्नुपर्छ । तर, राज्यव्यवस्थाको कारण यस्तो दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्न चुनौती हुन सक्छ । दृष्टिकोण निर्माण र कार्यान्वयनमा चीनले भने महत्वपूर्ण सफलता हासिल गरेको छ ।
स्रोत: सीजीटीएन
नेपाली अनुवाद :नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *