भर्खरै :

क्रान्तिकारी महिला सङ्गठनको आवश्यकताबारे

      हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नजिकिएसँगैै महिला मुद्दामा निकै चर्को गन्थनमन्थन र बहस सुरु गरिन्छ । सो दिवस सकिएलगत्तै श्रमिक महिलाहरूको विषयमा चर्चा पनि सेलाउँछ ।
वर्गीय विभेद र सामाजिक उत्पीडनको चपेटामा परेका श्रमिक महिलाहरूको मुद्दामा त हरेक समय विचारविमर्श आवश्यक छ । अन्याय र शोषणबाट मुक्तिको बाटो केही दिनको छलफलले भेटिँदैन । महिलाहरूलाई आर्थिक, सामाजिक र राजनीतिकरूपमा सचेत बनाउने कार्य जीवनपद्धति बन्नुपर्दछ ।
महिलालाई सबैभन्दा पहिला आर्थिकरूपमा स्वाभिमान बनाउनुपर्छ र यसो गरिए महिला स्वतन्त्ररूपमा अगाडि बढ्न सक्षम हुन्छन् भन्ने एक किसिमको विचार छ । महिलालाई घरको चुलोचौका, सामाजिक जन्जिर, धार्मिक मूल्यमान्यताभन्दा बाहिर ल्याइए ती स्वतन्त्र बन्छन् भन्ने विचार पनि छ । वास्तवमा शोषणका सम्पूर्ण जन्जिर चुँडाल्न राजनैतिक सङ्घर्ष र आन्दोलन अपरिहार्य रहन्छ ।
मानव सभ्यताको विकासक्रम हेर्ने हो भने महिलालाई निकै पछाडि मात्रै मतदानको अधिकार दिइयो । दासताविरोधी आन्दोलन पछाडि उठेका आन्दोलनहरूमा मात्रै महिलालाई मतदानको अधिकारको मुद्दा अगाडि सारियो । त्यसको निम्ति विश्वका महिलाहरू एक भई लडे ।
महिलालाई राजनीतिकरूपमा पछाडि पार्नु सामाजिक र आर्थिकरूपमा पनि पछाडि पार्नु हो । महिलालाई राजनीतिकरूपमा सचेत बनाउने सवाल दैनिक उठ्न जरुरी छ । महिलालाई वर्गीय चेत, वैचारिक दृष्टिकोण र सङ्घर्षशील भावना दिनु समाज रूपान्तरणकै निम्ति सहयोगीसिद्ध हुन्छ । शोषणविरुद्ध महिलाहरूको सङ्गठित आवाज शताब्दिकै आवश्यकता पनि हो ।

नेता किम इल सङ एक दिन एउटा दक्षिण प्योनगन प्रदेशको ओन्ह्वारी गाउँ पुग्नुभयो । त्यो गाउँमा सबै मोही किसान थिए । ७० जोडी घरहरू थिए । अचम्मको कुरा त त्यहाँ मात्र केही पाका मानिस र महिलाहरू थिए । गाउँका महिला सङ्गठनमा कार्यरत अध्यक्षलगायतका महिलाहरू निकै तीक्ष्ण र बुद्धिमान थिए, चलाख थिए । ती असाध्यै मेहेनती र पार्टीप्रति इमानदार पनि थिए । तर, गाउँको पार्टी सेल र रीका जनताको सङ्घमा पाका पुरुषहरूको नेतृत्व थियो । ती उमेर पुगेका मान्छे पार्टीप्रति इमानदार थिए र असल पनि तर पार्टी विकास र गतिशीलताको निम्ति सक्रिय बन्न सक्दैनथे ।

इतिहासका महत्वपूर्ण क्रान्तिहरूमा महिलाहरूको सहभागिता र नेतृत्व उल्लेखनीय रह्यो । अक्टोबर समाजवादी क्रान्ति, क्युवाली क्रान्ति, चिनियाँ क्रान्ति र कोरियाली क्रान्तिहरूमा महिलाहरू सहभागी मात्रै थिएनन् वैचारिकरूपमा सुझबुझसहित नेतृृत्वमै बसेर काम गरेको इतिहास अध्ययन गर्न पाइन्छ । नेपालको हकमा महिलालाई वैचारिकरूपमा सबल र क्रान्तिकारी बनाउनु क्रान्तिको तयारी नै हो । क्रान्तिले नै महिलाहरूको साँचो मुक्ति सम्भव हुने हँुदा महिलालाई शिक्षासँगै राजनैतिक शिक्षा दिनु आजको आवश्यकता नै हो ।
कम्युनिस्ट पार्टी अर्थात् क्रान्तिकारी पार्टीले महिलालाई हरेक हिसाबले तयार गर्न महिला सङ्गठन बनाई तालिम दिएको हुन्छ । नेतृत्वको रूपमा विकास गर्न पार्टी नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । क्रान्तिकारी महिलालाई नेतृत्वमा ल्याउन सके समाजको छिटो परिवर्तन हुन्छ भन्ने इतिहासले नै सिकाएको छ । प्रगतिशील, क्रान्तिकारी र माक्र्सवादी साहित्य अध्ययन, राजनीतिक गतिविधिमा सक्रियता, नियमित समाजसँगको अन्तरक्रियाबाट शोषण सहितको समाजलाई शोषणरहित समाज बनाउने ऊर्जा प्राप्त हुन्छ ।
नेपालको राजनीतिक इतिहासमा भाद्र ९ अर्थात् कालो दिवसको रूपमा सम्झिइने दिन, नेपालको क्रान्तिकारी एवम् कम्युनिस्ट पार्टी नेमकिपाको राज्यस्तरबाट तेजोबध गर्न खोजिएको दिन र त्यस पछाडि नेमकिपाका नेता कार्यकर्तामाथि राज्यले गरेको दमनको विरुद्ध अग्रमोर्चामा उभिएर भक्तपुरका महिलाहरूले लडे । पार्टीका नेता नारायणमान बिजुक्छेँलगायत थुप्रै नेता कार्यकर्तालाई जेलमा लगियो । पुरुषहरूलाई पुलिसले धमाधम समात्दै थियो । अधिकांशले भूमिगत भएर काम गरे । त्यो समयमा बाहिर देखिने लडाइँमात्र होइन समाजको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि महिलाले नेतृत्व सम्हाले । समाज पूर्णतः साक्षर भइसकेको थिएन, महिलाहरू शिक्षित थिएनन् । तर, राजनीतिक सुझबुझ भने राख्थे । आफ्ना नेताहरू जेल र भूमिगत रहँदा त्यही राजनीतिक र वैचारिक सुझबुझको ऊर्जामा महिलाहरूले सत्यको निम्ति लडे । पञ्चायती व्यवस्थाविरुद्ध लडे, प्रजातन्त्रको निम्ति उर्लिए । यो एउटा दृष्टान्त ।
आज परिस्थिति फरक छ । समाज शिक्षित छ तर राजनीतिमा शिक्षित महिलाहरूको चासो र इच्छा उत्साहजनक देखिन्न । अहिलेको लडाइँ त पँुजीवादी व्यवस्थाविरुद्धकै हो । त्यसको निम्ति शिक्षित, विचारले खँदिला र लडाकू महिलाहरूको तयारी आवश्यक छ ।
कोरियाली क्रान्तिमा महिलाहरूको भूमिकाका सन्दर्भमा किम इल सङको कृति भाग ७ मा उल्लेख गरिएको परिवेश चर्चायोग्य छ । सन् १९५२ तिरको कुरा हो । कोरियाली पार्टी शक्तिशाली र बलियो बनाउने अभियान चल्दै थियो । पार्टीको जराको रूपमा रहेका सम्पूर्ण क्षेत्रीय र जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूमा लडाकू भावना र क्रान्तिकारी विचार प्रवाहको समय थियो । जापानी उपनिवेशको थिलथिलो भोगेका कोरियाली किसान र मजदुरहरूमा पुरानै सोच र व्यवहार नहोस् भन्ने हेतुले नेताहरू आफै गाउँ–गाउँ र जनताको बीच पुग्दै थिए । नेता किम इल सङ एक दिन एउटा दक्षिण प्योनगन प्रदेशको ओन्ह्वारी गाउँ पुग्नुभयो । त्यो गाउँमा सबै मोही किसान थिए । ७० जोडी घरहरू थिए । अचम्मको कुरा त त्यहाँ मात्र केही पाका मानिस र महिलाहरू थिए । गाउँका महिला सङ्गठनमा कार्यरत अध्यक्षलगायतका महिलाहरू निकै तीक्ष्ण र बुद्धिमान थिए, चलाख थिए । ती असाध्यै मेहेनती र पार्टीप्रति इमानदार पनि थिए । तर, गाउँको पार्टी सेल र रीका जनताको सङ्घमा पाका पुरुषहरूको नेतृत्व थियो । ती उमेर पुगेका मान्छे पार्टीप्रति इमानदार थिए र असल पनि तर पार्टी विकास र गतिशीलताको निम्ति सक्रिय बन्न सक्दैनथे । ती असल समर्थकको रूपमा रहन सक्थे तर जनतालाई शिक्षित बनाउन, नेतृत्व गर्न, सङ्गठित गर्न र जनतालाई सक्रिय बनाउन शारीरिकरूपमा सक्दैनथे । तिनको योगदानको कदर गर्दै आराम गर्न दिनुपर्ने समय थियो । साथै, पार्टी नीतिहरूलाई घर–घरसम्म पु¥याउनुपर्ने आवश्यकता पनि थियो र यसो गर्न सक्ने नै साँचो अर्थमा असल कार्यकर्ता साबित हुन्थे । गाउँ युद्ध अगाडि नै नमुना बन्न सक्थ्यो ।

सङ्कटमा पार्टी जोगाउने, देश जोगाउने उत्तिकै जिम्मेवारी महिलाको पनि रहन्छ । प्रगतिउन्मुख समाजका लागि श्रमिक महिलाहरूको सङ्गठन निर्माण, कामदार वर्गीय राजनीति र नेतृत्वमा महिलालाई अगाडि बढाउने कार्यमा कामदार वर्गीय पार्टीले नेतृत्व गर्छ । क्रान्तिको तयारी यही नै त हो !

त्यही गाउँमा दोस्रो पटकको भ्रमण बिनासूचना गरिएको थियो । री गाउँको महिला सङ्घका अध्यक्षलाई बोलाएर गाउँमा खेतीपातीको निम्ति सघाउँछौ भन्दा उनले जवाफ दिइन् — ‘हामी आफै गर्छौँ’ । उनले उत्पादकहरूको सहकारी र व्यापारीहरूले किसानसँग गरेका छलविरुद्ध तथ्य बोलिन् । तिनले गर्दा गाउँकै उत्पादन घटेकोे प्रति रोष र चिन्ता व्यक्त गरिन् ।
पार्टीप्रति इमानदार हुनुका साथै सरकार र देशप्रति जिम्मेवार थिए त्यहाँका महिलाहरू । देशका शत्रु र वर्गशत्रुहरूप्रति बलियो घृणा र आफ्नो स्पष्ट कार्यदिशा या उद्देश्यले युद्धमा गएका जवान पुरुषहरूको दायित्व पुरा गर्दै थिए । ज्येष्ठ नागरिकहरूको सेवा गर्दै पार्टी र गाउँकै आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको नेतृत्व गरिरहेका थिए ।
थुपै्र गाउँहरूको भ्रमणबाट फिर्ता भएपछि किम इल सङले आफ्नो विचार राख्नुभयो – “ग्रामीण भेगका मालिक अहिले महिलाहरू हुन् । अब महिलाहरूलाई पार्टीको नेतृत्व गर्ने तालिम दिन आवश्यक छ साथै नेतृत्वमा पनि ल्याउनु जरुरी छ ।” जनताबीच कसरी जाने, कसरी शिक्षित बनाउने, सङ्गठित र सक्रिय कसरी गर्ने भन्ने विषयमा तालिम दिइयो । पार्टी प्रकाशन, प्रगतिशील साहित्य अध्ययन र पार्टी कक्षाहरूमा महिलाहरूलाई प्राथमिकताका साथ राखियो । महिला सहभागिता र महिला नेतृत्व पार्टी सशक्तिकरणको निम्ति एउटा महत्वपूर्ण पाटो साबित भयो ।
एउटा महत्वपूर्ण कुरा के थियो भने पार्टी कार्यकर्ता बन्न असल र सोझो मान्छे या किसान परिवारबाट भएर पुग्दैन । ऊसँग क्षमता पनि हुन जरुरी हुन्छ । पार्टीप्रति इमानदार तर समय सुहाउँदो कार्यक्षमता छैन भने पार्टीलाई उसले योगदान गर्न सक्दैन भन्ने ठम्याइ थियोे । सक्षम र उच्च क्षमतावान् कार्यकर्ता जसले पार्टीका हरेक निर्देशन सहर्ष स्वीकार्छ ऊ नै वास्तवमा पार्टीको बफादार सिपाही मानिन्छ । महिलाहरूको सन्दर्भमा पनि यही नियम लागू गरियो । आज प्रजग कोरियाली समाजमा महिलालाई हरेक क्षेत्रमा नेतृत्व दिन सक्ने समाज बनेको छ ।
सङ्कटमा पार्टी जोगाउने, देश जोगाउने उत्तिकै जिम्मेवारी महिलाको पनि रहन्छ । प्रगतिउन्मुख समाजका लागि श्रमिक महिलाहरूको सङ्गठन निर्माण, कामदार वर्गीय राजनीति र नेतृत्वमा महिलालाई अगाडि बढाउने कार्यमा कामदार वर्गीय पार्टीले नेतृत्व गर्छ । क्रान्तिको तयारी यही नै त हो !

One response to “क्रान्तिकारी महिला सङ्गठनको आवश्यकताबारे”

  1. Pramod neupane dailekh says:

    Dherai ramro pratikriya

Leave a Reply

Your email address will not be published. Required fields are marked *